नबिल बैंकमा फेरि फर्किए उदयकृष्ण उपाध्याय, संस्थापक सेयरधनीका तर्फबाट सञ्चालकमा चयन

बिजमाण्डू
२०७७ फागुन ११ गते १३:३५ | Feb 23, 2021
नबिल बैंकमा फेरि फर्किए उदयकृष्ण उपाध्याय, संस्थापक सेयरधनीका तर्फबाट सञ्चालकमा चयन

Tata
GBIME
Nepal Life

काठमाडौं। नबिल बैंकको सञ्चालकमा उदयकृष्ण उपाध्याय नियुक्त भएका छन्। दुई वर्षअघि पनि उनी नबिलको सञ्चालक थिए।

त्यहाँ केही समयपछि छाडेका थिए। उनी युनाइटेड इन्स्यारेन्स कम्पनी नेपालको अध्यक्ष थिए। 

उदय बैंकिङ क्षेत्रमा परिचित नाम हो। उनी कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए। कुमारी बैंक छाडेको केही समयमा उनी बीमा क्षेत्रमा गएका थिए।

नबिल बैंकले निजी क्षेत्रबाट प्रवर्द्धित पुरानो बैंक हो। नबिल नेपालको पहिलो विदेशी संयुक्त लगानीको बैंकसमेत हो। उपाध्याय संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक भएका हुन्। 

नबिलको सञ्चालक समितिमा उदयसँगै तीन जना पूर्व बैंकर हुने छन्। अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी भइसकेका उपेन्द्र पौडेल छन् भने अर्को सञ्चालकमा सनराइज बैंकको कामु प्रमुख कार्यकारी भइसकेकी आशा राणा अधिकारी छिन्।