दराजको हाट बजार भोलिदेखि, शून्य ब्याज र किस्ताबन्दीमा सामान किन्न सकिने, अरु केके छन् अफर?

बिजमाण्डू
२०७७ फागुन १० गते १३:३७ | Feb 22, 2021
दराजको हाट बजार भोलिदेखि, शून्य ब्याज र किस्ताबन्दीमा सामान किन्न सकिने, अरु केके छन् अफर?

Tata
GBIME
Nepal Life

काठमाडौं। दराजले भोलि फागुन ११ देखि 'दराज हाटबजार' सुरु गर्ने भएको छ। दराजले ग्राहकहरुका लागि महाडील, शून्य ब्याजमा मासिक किस्ता (इएमआई), खेल १ रूपैयाँको, निःशुल्क वितरण, निःशुल्क भौचरजस्ता अफरहरु ल्याएको दराजले जनाएको छ। 

दराज हाट बजारमा पाँच लाखभन्दा बढी उत्पादनहरू उपलब्ध हुने दराजले जनाएको छ। दराजले हाट बजारमा लुत्ता कपडा, ग्याजेट्स, किराना, इत्यादि सामानहरू बिक्रीमा राख्ने बताइएको छ। दराज हाट बजारमा 'खेल १ रुपैयाँको' गेममा भाग लिने ग्राहकहरुले १९ हजार ९९९ रुपैयाँमा नयाँ 'मोटोरोला जी प्ले' जित्न सक्ने छन्।

यसबाहेक ग्राहकहरुले १५ हजार ९९० रुपैयाँमा पर्ने 'अनर वाच म्याजिक' घडी र २१ हजार ७२५ रुपैयाँ पर्ने 'तीन सेटको कामिलियन्ट जक सफ्ट साइड स्पिनर सुटकेस' जित्न सक्ने दराजले जनाएको छ। 

यस्तै, सात हजार ८४५ रुपैयाँ पर्ने '६ महिनाको डिसहोम इन्टरनेट प्याकेज' पनि जित्न सक्ने दराजले जनाएको छ। प्रतियोगितामा भाग लिन ग्राहकहरूले बैंकको एटीएम कार्ड मार्फत् तोकिएका समानहरुलाई दराज एपमा दिइएको भौचर कोड प्रयोग गरी एक रुपैयाँमा भुक्तानी गर्न सक्ने दराजले जनाएको छ। 

दाराजले एनआईसी एसिया, सनराइज, सिटिजन्स र माछापुच्छ्रे बैंकसँग साझेदारी गर्दै मासिक किस्ता सेवा (इएमआइ) मार्फत् सामान खरिद गर्न सक्ने जनाएको छ। यी बैंकहरुका ग्राहकहरूले क्रेडिट कार्डको प्रयोग गरी शून्य ब्याज र डाउन पेमेन्टमा सामान खरिद गर्न सक्ने छन्।

यस्तै ग्राहकहरूलाई बैंक डेज छुट अफर मार्फत डेबिट र क्रेडिट कार्डबाट प्रि-पेमेन्ट गर्दा थप १५ प्रतिशत (५ सय रुपैयाँसम्म) छुट दिने पनि दराजले जनाएको छ।