सेयर बजार २६०० अंकभन्दा माथि, तीव्र उतारचढावका बीच अन्तिममा १५ अंकले बढ्यो बजार 

बिजमाण्डू
२०७७ फागुन ४ गते १५:२३ | Feb 16, 2021
सेयर बजार २६०० अंकभन्दा माथि, तीव्र उतारचढावका बीच अन्तिममा १५ अंकले बढ्यो बजार 

Tata
GBIME

काठमाडौं। बजारमा तीव्र उतारचढावका बीच मंगलबार नेप्से सूचक १५ अंकले बढेर बन्द भएको छ।

नेप्से सूचक २६३० अंकसम्म पुगे पनि कुनै समय २५८४ अंकसम्म आएको थियो। अन्तिम १० मिनेटमा भने सूचक १८ अंकले बढेपछि समग्रमा १५ अंकको वृद्धिसहित सूचक २६०१ अंकमा रोकिएको छ।

चन्द्रागिरी हिल्स, निफ्रा, मिर्मिरे माइक्रोफाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढ्दा साधना लघुवित्त र पाँचथर पावर कम्पनीको मूल्य भने ५/६ प्रतिशतले घटेको छ।

नबिल बैंकको सर्वाधिक ५४ करोड रुपैयाँको किनबेच हुँदा ग्लोबल आइएमई बैंकको ४२ करोड, नेपाल बैंकको ३९ करोड, नेको इन्स्योरेन्सको ३७ करोड र एनआइसी एसिया बैंकको ३३ करोड रुपैयाँको कारोबार भएको छ।

म्याचुअल फण्ड बाहेक बैंकिङ समूह ३८, विकास बैंक समूह ६ र अन्य समूह ५ अंकले बढ्नु बाहेक सबै उपसूचक रातो भएका छन्। उत्पादन समूह १११ अंकले घट्दा जीवन बीमा समूह ५४ र निर्जीवन बीमा समूह ३७ अंकले घटेको छ।

२०८ कम्पनीका एक करोड ७७ लाख कित्ता सेयर १० अर्ब तीन करोड रुपैयाँमा किनबेच भएका छन्। कारोबारमा आएका २०८ कम्पनी मध्ये ७ कम्पनीको मूल्य स्थिर रहँदा ५३ कम्पनीको मूल्य बढेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।