ग्लोबल बैंकको शाखारहित बैंकिङ सेवा कञ्चनपुरमा, शाखारहित बैंकिङ सेवा २४४ पुग्यो

बिजमाण्डू
२०७७ पुष २८ गते १०:०३ | Jan 12, 2021

Tata
GBIME

काठमाडौं। ग्लोबल आइएमई बैंकले कञ्चनपुरको कलुवापुर बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

यस शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २४४ पुगेको छ ।

बैंकले कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका ७  कलुवापुर बजारमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको कलुवापुर बजार व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर गैराल तथा बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले  संयुक्त रुपमा उद्घाटन गरे ।

उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधि गंगाराम रानालाई नियुक्त गरिएको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत  बैंकिङ सेवा लिन सक्ने भएकाले यसको बिस्तार गरिएको बैंकले जनाएको छ।  

बैंकका अनुसार यसबाट ग्राहकले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, बिभिन्न किसिमका महसुल भुक्तानी गर्ने तथा  मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथापर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नकालागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको बताएको छ ।

ग्लोबल आइएमई बैंकले हालसम्म ७३ वटा जिल्लाका २ सय ६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २ सय ४४ शाखारहित बैंकिङ र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि सम्पर्क कार्यालय मार्फत बैंकिङ सेवा दिँदै आएको जनाएको छ।