होटल माउण्टेनका रवीन्द्र मल्लको एक अर्ब ३५ करोड र थापाको ५१ करोडको सम्पत्ति लिलामीमा




काठमाडौं। कृषि विकास बैंकले द ल्याण्डमार्क अपार्टमेन्ट प्रालि र होटल माउण्टेन प्रालि लिलामीमा राखेको छ। बैंकले फागुन २ गतेसम्म ऋण चुक्ता नगरे फागुन ३ गते सम्पत्ति लिलाम गर्ने भएको छ।

कम्पनीको सञ्चालक रवीन्द्रमान मल्ल हुन्। ब्यवसायिक भवन निर्माणका लागि लिएको ऋण लामो समयदेखि नतिरेपछि बैंकले लिलामीमा चढाएको हो।

TaTa
Sunrise Bank
TVS

बैंकले लिलामीबाट कम्तिमा एक अर्ब ३५ करोड ३९ लाख रुपैयाँ उठाउने छ। सबै धितो सम्पत्ति काठमाडौंस्थि दरबारमार्ग वरपर छ। पाँच वटा कित्ताको जग्गामा दुई वटा घर छन्।

बैंकका अनुसार, एउटा जग्गा २ रोपनी १५ आनाको छ भने अर्को एक रोपनी ४ आनाको छ। बाँकी जमिन चानचुन चार आनाको छ। एउटा घरको क्षेत्रफल ५५ हजार ५३७ वर्ग फिटको छ भने अर्को १६ हजार ९३७ वर्गफिटको छ।

'पहिले राम्रै पृष्ठभूमिको मान्छे हो। जग्गा जमिनमा केन्द्रित हुँदा समस्या भएको हो,' बैंक स्रोतले भन्यो, 'यो निकै पुरानो ऋण हो।' बैंकले १६/१७ वर्ष अगाडि यो ऋण प्रवाह गरेको थियो।

यद्यपि मल्ल अहिले कर्जा तिर्न नसकेपछि बैंकको कालोसूचीमा छन्। उनी सात वर्षअघि नै कालोसूचीमा परेका थिए। 

यसअघि पनि अन्य बैंकले मल्लको अन्य सम्पत्ति लिलाम गरेको थियो। उनको गाडीसमेत लिलामीमा परेको थियो। 

यसैगरी बैंकले बीएन सुपरमार्केट प्रालिका सञ्चालक वीरेन्द्र थापा र निशा थापाको सम्पत्ति पनि लिलामी प्रक्रिया अगाडि बढाएको छ।

बैंकले ५१ करोड २६ लाख ९० हजार रुपैयाँ उठाउन बाँकी छ। उनले पनि ब्यवसायिक भवन निर्माणका लागि ऋण लिएका थिए। यो पनि पुरानो ऋण हो। बैंकले यी ऋणहरुको नोक्सानी ब्यवस्थापन गरेर अप-लेखन गरिसकेकोछ ।

काठमाडौंका विभिन्न स्थानमा रहेको आठ वटा कित्ता बैंकले लिलाम गर्दैछ। यसमध्ये दुई वटामा घर छन्। एउटा घर १७ सय २६ वर्ग फिटको छ भने अर्को १९ हजार २३७ वर्ग फिटको छ। वडा नम्बर १८ र र ३२ मा गरेर कुल ५५ आना जति जग्गा छ।


Share this Story

   

Bulbul Bulbul[ 2021-01-13 10:00:02 ]
थुक्क मुला पाजी,बुज्रुकहरु हो! नाम कृषि बिकास बैङ्क रे, रिण धनाड्य हरुलाइ गगनचुम्बी महल बनाउन दिएको रे!अनि कृषि मा क्रान्ती के भुत्रोले हुन्छ त,कृषि बिकास बैङ्क को पैसाभरी आसेपासे हरुलाइ महल खडागर्न सम्पतिभन्दा बढी रिण प्रवाह गर्ने अनि घन्टाको कृषि क्रान्ती हुन्छ?,अनि हाम्रो देशका किसानबर्ग बिचरा कसरी अघाडी बढुन्?,एउटा किसानलाइ एक मुरि मल किन्न महिनौ कुर्नु पर्छ,एउटा गाइभैसी किन्न रिण सापटी गर्न सरकारी निकायमा धाउदा धाउदा भैंसी किन्ने पैसो खर्छ भैसक्छ कहि कतै बाट रिण पाउदैन, अनि यी नाथे कर्मचारिले यी ठुला चोरहरुलाइ रिणलगानी गरि राज्यको ढुकुटी हिना मिना अभियोगमा यो बैङ्कका रिणप्रबाह गर्ने कर्मचारिलाइ पनि हदैसम्म को कार्बाही हुनुपर्छ!!


Kubo Sky[ 2021-01-12 10:47:37 ]
ऋण गरेर दरवार मा सुत्नु भन्दा आफनै छाप्रो मा एकदम मिठो निन्द्रा लाग्छ ! रात मा निन्द्रा एकदमै राम्रो लागेको मान्छे सुखि र स्वस्थ छ भन्ने जानौं है

मेरो साथि को बुबा ले पनि पोखरा लेकसाईड मा होटल बनाउदा 7 करोड जती ऋण लिएका , अहिले यस्तो बिजोग भएका छन रे कि राति ३० मिनट पनि सुत्न सक्दैनन रे , अब भन्नुहोस कि शरिर को के हालत भयो होला । झन यो कोरोना ले त अहिलै लेकसाईड मा ऋण गरेर बनाएका होटल मालिकहरू को त हेभि बिजोग बनाईदिएको छ । आत्महत्या गर्न मात्र बांकि छन धेरै का - तितो तर एकदमै सत्य तथ्य

मानिस लाई हरेक बिहान ५ /७ घन्टा शारिरिक ब्यायम , योगा आदि गर्न पाईने समय , पौष्टिक र स्वस्थ खानाहरू , परिवार संग रमझम गर्न सकिन्छ र पुग्छ भने यंहा भन्दा माथि केही पनि चांहिदैन । 🌳🙏👯🏃‍♀️🏋🏻‍♀️🧘🏻🍎🥑🌲


Plunga Pakashc[ 2021-01-13 09:43:20 ]
यूरोपियन मुलुकमा पनि पहिले यसरी नै बैंक,साहूमाहाजनले जनताको घर,जग्गा लिलाम गर्दै गए यस्तो गर्दै जाँदा अन्त्यमा जनताको सबै घर जग्गा बैंक , साहुमाजनको कब्जामा भए पछि सरकारले सबै बैंक,जग्गा,जमिन राष्ट्रियकरण गर्न बाध्यता भएर गरे नेपाल मा पनि भविष्यमा यहि हालत हुन्छ,हुनेछ।


Birendra Ghale[ 2021-01-13 12:08:10 ]
हिन्दी र अंग्रेजी शब्द मिलाएर एउटा सत्य शब्द बन्छ "लो - न" अर्थात् "नलिउ " बैंकबाट सकेसम्म पैसा नलिउ ।


Milan CN[ 2021-01-13 11:10:05 ]
कृषिमा लगानि गर्नुपर्ने ऋण अन्तै परेछ खुच्चिङ।


Madhukar Pandey[ 2021-01-12 09:46:13 ]
सम्पत्ति भएर पनि सदुपयोग न हुदा मान्छे कंगाल हुदा रेछ्न।


Ambika Kandel[ 2021-01-14 09:40:58 ]
ईनिहरुलाई पनि घोप्ल्याक्क घोप्ट्याउने मन थियो होला घोप्ट्यायो/ मुला साग्ले////
झुपडी घर होस बरु
सान्तिले निद्रा आउस
त्यो नै सबै भन्दा सुखी
को जिन्दगी हो!! yes


Prem Bist[ 2021-01-14 08:23:12 ]
ani hamro desh ma vayeka kishan le kina aatmahatya nagarun krishi ma hunu parne kharcha gagan chumbi mahal ra hotel banauna ma xa thuuu.....ka. krishi bikash bank ko ghin lagdho kam.


Sanjay Lama[ 2021-01-13 02:51:55 ]
नाम मात्रको कृषि बिकाश बैंक रिण र लगानी सबै साउ महाजनहरुमाथी 😠😠😠


Rajen Adhikari[ 2021-01-13 11:05:17 ]
भिमसेन थापा??


Eshor Thulung[ 2021-01-14 04:34:46 ]
Hosiyar hai purba San...r mantri+swas.....h man....I......hola


Rich Man[ 2021-01-13 02:02:43 ]
बैंक हरु सरकारले पालेको गुन्डा हुन सकिन्न यिनिहरुसग


Binod Timsina[ 2021-01-16 09:55:54 ]
Sushila Adhikari Timsina kindim?


Krishna Kris Aryal[ 2021-01-13 03:16:13 ]
मेराे पनि school पढदा काे जुता निलामि मा छ


Saw Meep[ 2021-01-14 02:53:55 ]
Ma kinxhhu 10 lakh ma


Siddh Nath Pandey[ 2021-01-14 02:32:22 ]
Good


Lumbini Cattring[ 2021-01-14 04:46:19 ]
सबै को तेहि हो ठूलो वयापारि हरुको


प्रमोद मेहता[ 2021-01-14 03:50:21 ]
kirshi biskash bank le kishan lai ta rin didey naa.ani thula thula ghar banauna rin dinxaa....


Surya Dawadi[ 2021-01-14 02:19:55 ]


Rajendra Rai[ 2021-01-13 01:51:06 ]
nepal ma lagani kati jokhim xa....? Kunai niti xaina xaina aaja 8% liyako rin 1year ma 14 % pugxa ...covid le hotal business dherai garo xa othana.


Sherpa Pasang[ 2021-01-12 10:57:59 ]
Yo abastama bank le lilami houna chance dinu ramro ho ani loan pani behos nai hune gari diyechha ta kathai


Jindagi Garoxa Malai[ 2021-01-12 08:53:14 ]
Nepalka bank vaneko sabai chor fataha matrai ho mc harulai comison k k sanai aago lagayara dhosta parnu parne


Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell