‘निर्वाचित भएपछि हामी काम गर्छौं, विजयी नहुने साथीहरु आफ्नो व्यवसाय गर्नुहुन्छ’ : अञ्जन श्रेष्ठ

बिजमाण्डू
२०७७ मंसिर ११ गते १६:५७ | Nov 26, 2020

Tata
GBIME
NLIC

हाम्रो चुनावको तयारी अघिल्लो वर्षको भदौबाटै सुरु भएको हो। हामीले बाहिर भनेका थिएनौं। यो चुनावको तयारी कहिलेबाट भएको थियो भने जब बरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई विधान संशोधन गरेर अध्यक्षमा जान नदिने प्रयास भयो- त्यसबेलादेखि हामी चुनावका लागि लागेका थियौं। हामी यस्तो गलत अभ्यासमा लाग्नु हुँदैन भन्नेमा एकमत थियौं। त्यसैले शेखर गोल्छालाई सहयोग गर्न हाम्रो अहिलेको समूह बनेको हो।

—-

पोखरामा लक्ष्मी मिठाई पसलबाट व्यवसायिक यात्रा सुरु गरेको लक्ष्मी समूह अहिले देशकै ठूलो व्यवसायिक घरानामा स्थापित छ। २०३० सालमा सुरु भएको मिठाई पसलसँगै दोस्रो पुस्ताका अञ्जन श्रेष्ठले पोलिथिन उद्योग स्थापना गरे। प्रजातन्त्र स्थापनासँगै आएको सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गरेपछि यो समूहले २०६० सालमा सुजल डेरीमार्फत औद्योगिक क्षेत्रमा प्रवेश गर्‍यो। दुग्ध विकास संस्थान (डीडीसी) को पोखरा शाखा किनेर डेरी उद्योगमा हात हालेर पाउडर मिल्कदेखि कन्फेक्सनरी उत्पादन थाल्यो। २०६६ सालमा हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता बनेपछि यो समूहको व्यवसायिक विस्तार फराकिलो बन्यो। पछिल्लो समयमा समृद्धि स्टील स्थापना गरिसकेको यो समूहले हस्पिटालिटी र खाद्यान्न लगायतका उद्योगमा समेत हात हाल्दैछ। 

यस समूहलाई नेतृत्वदायी भूमिका खेलिरहेका श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघमा समेत करिब डेढ दशकदेखि सक्रिय छन्। उनी १६ वर्ष महासंघको कार्यसमितिदेखि विभिन्न समितिमा रहेर काम गरिसकेका छन्। उद्योग समितिको सभापति, दुई कार्यकाल राजस्व समितिको सह-सभापति भएर र करिब नौ वर्ष रोजगारदाता परिषद्को सदस्य भएर श्रेष्ठले काम गरेका छन्। 

महासंघको विभिन्न समितिमा बसेर महत्वपूर्ण योगदान गरेका उनी अहिले वस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी दिएका छन्। उनै श्रेष्ठलाई बिजमाण्डूले सोध्यो – महासंघ चुनावको ‘अन्तिम आवर’ तिर हामी छौं। जिल्लानगर पछाडिको शक्तिशाली क्षेत्र हो- वस्तुगत। अहिलेको अन्तिम आवरमा आफ्नो अवस्था कस्तो पाउनु भएको छ? 
मैले वस्तुगत संघका अध्यक्षहरुसँग निरन्तर छलफल गरिरहेको छु। सम्भव भएसम्म भेटेर कुराकानी गरेको छु। कोभिडका कारण उहाँहरुसँग प्रत्यक्ष भेट हुन नसक्दा भर्चुअल कुराकानी पनि गरेको छु। वस्तुगत संघहरुले भोग्नु परेको समस्याहरु, चुनौतीका बारेमा मलाई एकदमै जानकारी छ। यसका लागि हामीले विभिन्न कार्यक्रम/अन्तरक्रिया पनि गरेका छौं। उत्पादन, सेवा, व्यापार र कृषि क्षेत्र छुट्याएर कार्यक्रम गरेका छौं। त्यसैले यहाँभित्रको समस्या मलाई राम्रोसँग थाहा छ र समाधान कसरी गर्ने भन्ने पनि मलाई जानकारी छ। 

त्यसैले निर्वाचनको मुखमा हामीले समस्या र अगाडि बढ्ने बाटोबारे किताब पनि निकालेका छौं। यो किताब मात्र होइन, आगामी दिनमा हामी हिँड्ने बाटोको आधारपत्र पनि हो। व्यवसायिक वातावरणका लागि, लगानी सुरक्षाका लागि के कस्तो नीति लागू गर्न सरकारलाई सुझाव दिन सक्छौं भन्ने खालको सोच किताबमा छ। निर्वाचनका लागि भनेरै म र मेरो समूहले एक वर्ष अगाडिबाटै तयारी सुरु गरेको थियो। हामीले भेटघाट र छलफल गरेका हौं। सबैसँग भेटघाट गर्दा उहाँहरुले एक किसिमको ऊर्जा दिनु भएको छ। त्यस कारणले निर्वाचनमा म विजय हुन्छु भन्नेमा विश्वस्त छु। 

अब त जोडघटाउ सकियो होला। तपाईँको चुनावी पल्ला कस्तो देखिन्छ?
आजको दिनमा आएर जोडघटाउन गर्दा म सुविधाजनक मतले जित्छु। यसमा म विश्वस्त छु।

अहिलेको चुनावमा वस्तुगत चुनाव सबैभन्दा बढी कठिन र प्रतिस्पर्धा देखिएको छ भनिन्छ। यो पदलाई दुवै समूहले अलिक बढी प्रतिष्ठाको विषय पनि बनाएको जस्तो देखिन्छ। कतिको कठिन देख्दै हुनुहुन्छ?
म मेरो प्रतिद्वन्दीका बारेमा बोल्दिन। उहाँको जे छ, त्यो छ। मैले आफ्नो कुरा गर्ने हो। व्यवसायमा मैले ३० वर्ष बिताएको छु। विद्यार्थी हुँदादेखि म आफैंले उद्योग खोलेर सुरु गरेको व्यवसायिक यात्रा तीन दशक पुगेको छ। २०४६ सालमा मैले उद्योग खोलेर सञ्चालन गरेको हो। हाम्रो लक्ष्मी ग्रुपलाई मैले अगाडि बढाएँ। पारिवारिक संगठनलाई व्यवसायिक बनाएर प्रतिष्ठित स्थानमा पुर्‍याएको छु। अर्थात् यहाँ मैले आफ्नो नेतृत्व क्षमता देखाएको छु। १२ वर्षदेखि महासंघको कार्यसमिति सदस्यका रूपमा उपस्थित छु। १६ वर्ष अगाडिबाट महासंघको विभिन्न समितिमा आबद्ध छु।

यो अवधिमा मैले धेरै नीति निर्माण गर्न भूमिका खेलेको छु। नीति तर्जुमा गर्न र कार्यान्वयन गर्न योगदान गरेको छु। रोजगारदाता परिषदमा बसेर श्रम ऐन तर्जुमा होस् या सामाजिक सुरक्षा ऐन निर्माण होस्। यसमा मैले आफ्नो सक्दो योगदान गरेको छु। उद्योग समितिको सभापतिका रूपमा पनि मैले काम गरेको छु। राजस्व समितिको उपसभापति हुँदा पनि भन्सार र कर प्रशासन सुधारमा मैले सरकारसँग मिलेर काम गरेको छु।

औद्योगिक ब्यवसायिक ऐन र  नियमावली ल्याउन सहयोग गरेको छु। वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनका लागि पनि मैले काम गरेको छु। मैले हाम्रो राष्ट्रिय उद्योग प्रतिष्ठानलाई जोगाउन नीतिगत लबिङ गरेको छु जसमा हामी सफल पनि भयौं। राष्ट्रिय उद्योगको संरक्षण गर्न सक्रिय भूमिका खेलेको छु। गुणस्तर मापदण्ड बनाउनका लागि धेरै काम गरेको छु। यसको अर्थ हो, मैले नेतृत्वलाई न्याय गरेको छु। मेरो उमेद्वारी एकदमै सशक्त छ। र, बलियो ऊर्जा लिएर म आएको छु। 

जहाँसम्म रह्यो उहाँ बहालवाला उपाध्यक्ष भन्ने कुरा- पदमा भएर कसले कति काम गर्‍यो भनेर हेर्नुपर्छ होला। इतिहास हेर्दा पदमा बसेकाहरु जहिले अर्को पटक हारेको देखिन्छ। त्यो कुरा महासंघको इतिहासले देखाउँछ। पदमा हुँदैमा एड्भान्टेज हुन्छ भन्ने होइन। नयाँ आउने मान्छे ऊर्जावान् र सशक्त भएर आउँछ। 

—-

तपाइँको यो एजेन्डा भयो। तर महासंघको चुनावमा तपाइँको प्रतिस्पर्धीका तुलनामा तपाई अलिक फुच्चे हो भन्ने गरिएको छ। फेरि उहाँ बहालवाला वस्तुगत उपाध्यक्ष पनि हो। यसले गर्दा तपाइँलाई अलिक गाह्रो त हुँदो हो नि?
उमेरले फुच्चे भनिएको होला। तर हामीले काम गर्ने हो। मैले आफ्नो नेतृत्व क्षमता देखाइसकेको छु। व्यवसायिक होस् या चेम्बर मुभमेन्ट, दुवैतिर मैले आफ्नो क्षमता सिद्ध गरेको छु। जहाँसम्म रह्यो उहाँ बहालवाला उपाध्यक्ष भन्ने कुरा- पदमा भएर कसले कति काम गर्‍यो भनेर हेर्नुपर्छ होला। इतिहास हेर्दा पदमा बसेकाहरु जहिले अर्को पटक हारेको देखिन्छ। त्यो कुरा महासंघको इतिहासले देखाउँछ। पदमा हुँदैमा एड्भान्टेज हुन्छ भन्ने होइन। नयाँ आउने मान्छे ऊर्जावान् र सशक्त भएर आउँछ। 

अलिकति अगाडि फर्कौ। सात महिनाअगाडि फर्किँदा यदि तपाइँ वस्तुगत नभएर एसोसिएट उपाध्यक्ष भइदिएको भए तपाइँ अहिले जुन समूहमा हुनुहुन्छ आज अर्को समूहमा हुनुहुन्थ्यो पनि भनिन्छ। तपाई मध्यमार्गी मान्छे पनि हो सबैसँग मिल्न सक्ने। किन तपाइँ वस्तुगततिर आउनुभयो?
तपाइँहरुले जे सुन्नु भयो, त्यो गलत हो। किनभने हाम्रो चुनावको तयारी अघिल्लो वर्षको भदौबाटै सुरु भएको हो। हामीले बाहिर भनेका थिएनौं। यो चुनावको तयारी कहिलेबाट भएको थियो भने जब वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई विधान संशोधन गरेर अध्यक्षमा जान नदिने प्रयास भयो- त्यसबेलादेखि हामी चुनावका लागि लागेका थियौं। हामी यस्तो गलत अभ्यासमा लाग्नु हुँदैन भन्नेमा एकमत थियौं। त्यसैले शेखर गोल्छालाई सहयोग गर्न हाम्रो अहिलेको समूह बनेको हो। यो समूहले गलत नियतले विधान संशोधनलाई रोक्न पहल गर्‍यो। हामी जिल्ला जिल्ला पुग्यौं। त्यसैले म उ समूह, यो समूह भन्ने होइन। त्यसैले म सधैं शेखर गोल्छा समूहमा थिए।

वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्न नदिने गरी विधान संशोधन गर्न हुँदैन भनेर त अर्को समूह पनि लागेको थियो नि?
त्यो समूहले कति सहयोग गर्‍यो, कति सहयोग गरेन भनेर केलाउन थाल्यो भने धेरै कुरा बाहिर आउन थाल्छ। खुलेर गर्‍यो कि गरेन भन्ने पनि हो। कसले कति गरे/गरेनन् भनेर अहिले लेखाजोखा गर्ने समय होइन। म पहिलेबाट शेखर गोल्छालाई सघाउने टिममा थिएँ। अहिले पनि छु र भोलि पनि हुनेछु।

सहमति प्रयास यो बीचमा भयो। यो प्रयासमा वरिष्ठ उपाध्यक्षको तह मिलाउँदै जाँदा तपाइँलाई आएर मिलाउन सकिएन र सहमति हुन सकेन भन्ने पनि छ। हो त्यस्तै?
मलाई यो कुरा थाहा छैन। म सम्म यो बारेमा कसैले कुरा ल्याएको छैन। कसैले प्रस्ताव पनि गरेको छैन। मैले पनि पूर्व अध्यक्षहरुले सहमति प्रयास गरिरहनु भएको छ भनेर मिडियाबाटै थाहा पाएको हो। सहमति गरौं, तिम्रो के छ कुरा? भनेर कसैले पनि मलाई सोधेको छैन। बरु मलाई मिडियाका साथीहरुले मात्र सोध्नु भएको छ। 

सहमतिका लागि सबै सहमत हुनु पर्छ। एक जना मात्र सहमत भएर हुँदैन। सबैलाई सम्मान हुनु पर्छ। सम्मान हुने अवस्था भयो भने मात्रै सहमति हुने हो। त्याग गर्न सबै तयार हुनुपर्छ। एक जनाले त्याग गर्ने अर्कोले नगर्ने हो भने कसरी सहमति हुन्छ? अब पर्सी निर्वाचन हुँदैछ। अब आज आएर सहमतिको कुरा गर्नु उपयुक्त पनि हुँदैन।

तपाइँ महासंघको भावी नेतृत्वमा जाने मान्छे हो। वस्तुगतमा जित्नु भयो भने तपाई नेतृत्वमा जानु हुन्छ भन्ने छ। त्यसैले तपाइँलाई अहिले रोक्न सक्यो भने भोलि तपाइँको दाबी सकिन्छ भनेर पनि विश्लेषण भइरहेको छ। तपाइँभित्रकै समूह र बाहिरको समूह पनि यो सोच्छन् होला।

त्यसैले तपाइँ आफ्नै समूहबाट पनि जोखिममा पर्न सक्नु होला नि होइन?
म यो जोखिम देख्दिन। सबैको आ-आफ्नो विश्लेषण हो। मलाई सबैको टार्गेटमा छ भन्छन्। तर मेरो स्वभाव भनेको म जहिले पनि जोखिम उठाउने मान्छे हो। सर्वसम्मत गर्ने कुरा आउँछ। म त संस्थामा यस्तो हुनु हुँदैन निर्वाचन हुनु पर्छ, यसले नेतृत्वमा जाने मान्छेलाई थप खार्छ भन्ने मान्छे। मेरो हकमा पनि म सर्वसम्मत हुनु हुँदैन भन्छु। 

निर्वाचनले कहिले कमजोर उमेद्वारलाई पनि जिताउँछ। तर त्यसपछि सबल नेतृत्व चाहिन्छ भन्ने महसुस हुन्छ। र, भोलि राम्रो नेतृत्व आउँछ। निर्वाचनले खारिएको ब्यक्तिहरु ल्याउँछ। त्यसैले मैले निर्वाचनलाई जोखिमका रूपमा लिन्न। म सधै निर्वाचनको पक्षमा छु। मसँग जोखिम लिने क्षमता बढि छ। म आजको दिनमा जुन ठाउँमा छु त्यहाँबाट हेर्दा म आफूलाई ‘रिस्क जोन’ वा टार्गेटमा छु भन्ने मान्दिन।

तपाइँलाई वस्तुगतभन्दा एसोसिएटमा सजिलो हुन्थ्यो होला नि। तर वस्तुगतमै जानु भयो?
यो बाह्य सोचाइ होला। यो सोचमा म केही पनि भन्दिन। तर म वस्तुगत क्षेत्रको थिएँ। त्यही कार्यसमितिमा थिएँ। त्यो कार्यसमितिबाट वस्तुगतमै अगाडि जान्छु भनेर आज उठेको हो। अघिल्लो कार्य समितिमा पनि वस्तुगत उपाध्यक्षका लागि पहल गरेको थिएँ। त्यो बेला सहमतिका लागि पछाडि हटेको थिएँ। अर्को पटक आउँछु भनेर त्यो बेला छाडेको हो। त्यसैले एसोसिएटमा म उपाध्यक्ष आउँछु भनेर सोच्नु गलत विश्लेषण हो। जोसुकैले विश्लेषण गरे पनि त्यो एकदमै गलत विश्लेषण थियो। 

निर्वाचन पछाडि लफडामा जाँदैन। हामी एक हुन्छौं। जो जितेर आउँछ त्यो टिमले काम गर्छ। जसले हार्छ, उ आफ्नो व्यवसाय गर्छ। जो साथीहरु निर्वाचनमा विजयी हुँदैनन् उनीहरुले आफ्नो व्यवसाय गर्छन्।

—-

वस्तुगतको निर्वाचनमा सरकारको चरित्र, उम्मेदवारको पृष्ठभूमि हेर्दा राजनीतिक रूपमा पनि तपाइँको जितमा प्रभाव पर्न सक्दैन?
मैले यो विश्लेषण गरेको छैन। मलाई के लाग्छ भने महासंघ विशुद्ध व्यवसायिक संगठन हो। प्रष्ट रूपमा विधानमा लेखिएको छ- राजनीतिक पार्टीको सदस्य हो भने उसले यहाँ लड्न पाउँदैन। 

महासंघका मतदाताहरु विवेकशील छन्। जो सक्षम र सशक्त छ, भोलिका दिनमा नेतृत्व लिन सक्छ उसलाई उहाँहरुले छान्नु हुन्छ। अहिले कोभिडले अर्थतन्त्र डामाडोल छ। यसले अझै कति असर गर्छ भन्ने कसैलाई थाहा छैन। यो चुनौती चिर्न सक्ने ब्यक्ति अहिले चाहिएको छ। जोसँग उद्योग व्यवसायमा लामो अनुभव छ उसले त्यो गर्न सक्छ। जोसँग ऊर्जा छ त्यो उर्जा ब्यवसायीहरुले चिन्नु हुन्छ। अरुको कुरा म जान्दिन तर मलाई साथीहरुले विश्वास गर्नु भएको छ। वर्षदिनको अवधिमा भेटेका साथीहरु सबैले मलाई अगाडि बढ्न प्रेरित गर्नु भएको छ। यो ऊर्जा बोकेर म चुनाव उठेको हो। अर्को पक्षमा के कहाँ भइरहेको छ भन्ने भन्दा पनि मेरो आफ्नै पक्ष सबल छ। 

वस्तुगतमै उजुरबाजुर भयो, सकियो पनि। के थियो त्यो, के भयो?
हो, उजुरबाजुर थियो। उजुरबाजुरका बारेमा जुन निर्णय भयो त्यसले भोलिका दिनमा विकृति ल्याउँछ। यो कुरा निर्वाचन आयोगले मनन् गर्नु पर्ने थियो। त्यो गरिएन। यो पटकको निर्वाचनमा जुन उजुर भयो त्यसको सुनुवाइ भएन। त्यसले भोलि दिनमा महासंघमा विकृति ल्याउँछ। यो मेरो चिन्ता हो।

निर्वाचनपछि यो लफडामा जान्छ भन्ने हो?
निर्वाचन पछाडि लफडामा जाँदैन। हामी एक हुन्छौं। जो जितेर आउँछ त्यो टिमले काम गर्छ। जसले हार्छ, उ आफ्नो व्यवसाय गर्छ। जो साथीहरु निर्वाचनमा विजयी हुँदैनन् उनीहरुले आफ्नो व्यवसाय गर्छन्। अबको दिन चुनौतीपूर्ण छ। अर्थतन्त्र कमजोर छ। यसलाई उकास्न निजी क्षेत्रको भूमिका ठूलो छ। लगानी बढाउनु पर्ने आवश्यकता छ। सरकारले मात्र केही गर्न सक्दैन। उसँग सीमित स्रोत र साधन छ। अबको दिनमा सरकारी उपस्थिति भनेको अभिभावकीय मात्र हो। नियमन र सहजीकरण गर्ने हो। अब गर्ने निजी क्षेत्रले नै हो। यसको लागि हामीले काम गर्नुपर्ने हुन्छ। त्यो काम अब आउने टिमले गर्छ। 

शेखर गोल्छाको टिमले तीन वटा उद्देश्य राखेको छ। १० प्रतिशत आर्थिक वृद्धि हासिल हुने गरी आर्थिक क्रियाकलाप गर्ने र रोजगारी वृद्धि गर्ने हो। अहिले रोजगारीको समस्या छ। कोरोनाका कारणले रोजगारी गुमेको छ। विदेशबाट मान्छेहरु फर्किरहेका छन्। प्रत्येक वर्ष ४/५ लाख जनशक्ति श्रम बजारमा आउँछ। र, अर्को भनेको हाम्रो व्यापार घाटालाई न्यूनीकरण गर्नु पर्नेछ। 

हाम्रो १० वर्षे भिजनमा यो कुरा छ। यो काम अबको हाम्रो टिमले गर्छ। शेखर गोल्छा १४ गतेबाट अध्यक्ष हुनु हुन्छ। हामी निर्वाचित भएर जान्छौं। भर्खरै सार्वजनिक भएको किताबलाई आधारपत्र बनाएका छौं। अब हामी त्यसभित्रको काम गर्ने हो। निर्वाचित नभएका साथीहरुले अब व्यापार गर्ने हो।