सरकारले केके कुरा सम्बोधन गर्न आवश्यक छ र हामी निजी क्षेत्रले पनि केके गर्न सक्छौं जसबाट हाम्रो देशको पनि निर्यात बढ्न सकोस्, देशले विदेशी मुद्रा आर्जन गर्न सकोस्। म लामो समयदेखि निर्यात व्यापारमा भएकाले यो पाटोमा पनि स्वाभाविक रूपमा मैले राम्रोसँग काम गर्नेछु।
—
नेपालको उत्पादनमूलक र व्यापारमा अग्रणी त्रिवेणी समूहका निर्देशक हुन् रामचन्द्र संघई। ८० वर्ष अघि स्थापित यो समूहले नेपालमा पहिलो सिमेन्ट उद्योग विश्वकर्मा पनि स्थापना गरेको थियो भने क्लिंकरमा आधारित स्वदेशी लगानीको सबैभन्दा ठूलो घोराही सिमेन्ट पनि यही समूहले स्थापना गरेको थियो। समूहले नेपालकै सबैभन्दा बढी विक्रि हुने टोकला चिया, अमृत तेल, त्रिवेणी धागो, सिद्धार्थ ग्यास, बिग मुभिज लगायतका दर्जन भन्दा बढी उद्योगमा लगानी गरेको छ।
यो समूहको एनआइसी एशिया, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल लाइफ इन्सुरेन्स, सिटी सेन्टर, बिगमार्ट लगायतका दर्जनौं कम्पनीमा लगानी छ। उनी अहिले एनआईसी एशिया बैंकका सञ्चालक समिति सदस्य समेत छन्। त्रिवेणी समूहले होमग्रोन ब्राण्ड यसुदादेखि दर्जन बहुराष्ट्रिय इलेक्ट्रोनिक्स ब्राण्डको डिलरसीप समेत लिएको छ। यो समूह अन्तर्गत करिब १६ हजार कर्मचारी कार्यरत छन्।
संघईले एशोसिएटतर्फबाट उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। औद्योगिक/व्यवसायिक क्षेत्रमा चिरपरिचित समूहका निर्देशक भएका संघईले महासंघमा चार कार्यकाल बिताइसकेका छन्। रविभक्त श्रेष्ठ अध्यक्ष हुँदा कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए। त्यसयता उनले चार जना अध्यक्षको नेतृत्वमा कार्यसमिति सदस्य भएर जिम्मेवारी बहन गरिसकेका छन्।
महासंघको रोजगारदाता परिषदमा संघईले उपसभापतिको जिम्मेवारीसमेत निभाइसकेका छन्। औद्योगिक र व्यवसायिक क्षेत्रका समस्या नजिकबाट नियालेका संघईलाई बिजमाण्डूले सोध्यो- महासंघको राजनीतिमा लामो समयदेखि सक्रिय आकांक्षीहरुबीच तपाईं सदस्यबाट एकैचोटी एसोसिएट उपाध्यक्षमा आउन खोज्दै हुनुहुन्छ। यो महत्त्वाकांक्षा वा अब नेतृत्वमा आउनुपर्छ भन्ने आत्मविश्वासको आधार के हो ?
म यसअघि एफएनसीसीआईको कार्यसमिति सदस्य थिएँ। तर कार्यसमितिमा लगभग १६ वर्षदेखि बसेर काम गर्दै आएको छु। यति लामो समयदेखि संस्थामा सक्रिय भएपछि नेतृत्वमा आउने चाहना स्वभाविक रूपमा हुन्छ। अर्कोतर्फ, नेतृत्व भनेको पद मात्र नभएर संस्थालाई माथि लैजाने गरी समय दिने पनि कुरा हो।
यसअघिसम्म आफ्नै उद्योग व्यवसायमा धेरै समय दिनुपर्ने अवस्था र भूमिकामा रहेकाले म नेतृत्व पदका लागि अघि सरेको थिइँन। तर अब आएर संस्थाका लागि प्रशस्त समय दिन सक्छु र नेतृत्वदायी काम पनि गर्न सक्छु भनेर नै अहिले उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ।
आज म आफ्नै उद्योग व्यवसायमा संलग्न छु। हाम्रो समूहका उद्योग व्यवसायले करिब-करिब १५-१६ हजार जनालाई रोजगारी दिएका छन्। यसैले मलाई उद्योग व्यवसाय संचालनदेखि श्रमिकसँगको सम्बन्धसम्मका सबै पक्षको राम्रो अनुभव छ। यसकारण मलाई लाग्छ म यो (उपाध्यक्षको) पदमा बसेर राम्रो काम गर्न सक्छु, र गर्छु पनि।
होइन होइन, त्यस्तो केही पनि छैन। फेरि यो समूह भन्ने कुरा चुनावका लागि मात्र न हो। नत्र उता पनि मेरा उद्यमी व्यवसायी साथीहरु नै छन्।आज मात्र होइन, २०-३० सालदेखि हामी एक अर्कालाई चिन्छौं। यसकारण एकआपसमा कुरा चलेको हुन सक्छ। तर म किशोर प्रधान समूहमा कहिल्यै गएको छैन। पहिला उता थिएँ, पछि यता आएँ भन्ने आरोप मिथ्या हो। म आफ्नो इच्छाले एसोसिएट उपाध्यक्षमा उठ्ने निर्णय गरेको हुँ। र, यसमा चन्द्र ढकालजी वरिष्ठ उपाध्यक्षका लागि उपयुक्त देखेर मैले उहाँको समूहबाट उठ्न रुचाएको हो।
—
उद्योग व्यवसायमा तपाईंसँग लामो अनुभव छ। अर्कोतर्फ तपाईंका प्रतिस्पर्धी युवा छन्। तपाईं लो प्रोफाइलमा बस्न रुचाउने स्वभावको भएकाले चुनावका लागि कति सहज देख्नुहुन्छ?
कुनै पनि चुनावमा प्रतिस्पर्धा स्वाभाविक रूपमा हुन्छ नै। यो प्रतिस्पर्धामा लो-प्रोफाइलमा बस्न रुचाउने कुनै पनि उद्योगी व्यवसायी मैले उम्मेदवारी दिएको पद (उपाध्यक्ष) मा आउनु हुँदैन भन्ने म ठान्दिन। मलाई लाग्छ – अहिले म जुन (व्यवसायिक) अवस्थामा छु, आफ्नै उद्योग व्यवसायमा आइपर्ने समस्याहरुलाई मात्र नभएर जुन किसिमले मैले रोजगार क्षेत्रका श्रमसम्बन्धी मुद्दा समाधानमा भूमिका निर्वाह गरिरहेको छु, त्यसले पनि मेरो दाबेदारीको प्रत्युत्तर दिन्छ।
अझ निर्यात क्षेत्रमा मेरो महत्पूर्ण भूमिका छ। हाम्रो आफ्नै त्रिवेणी समूहबाट चार-पाँच किसिमका वस्तुहरु निर्यात गर्दै आएका छौं। निर्यातमै धागोबाट मैले गत वर्ष सीआईपी (महत्त्वपूर्ण व्यवसायिक व्यक्तित्व) अवार्ड प्राप्त गरेको थिएँ।
त्यसअघि पनि दाल निर्यातबाट हामीले सरकारको त्यो सम्मान पाएका थियौं। यी कारणहरुले पनि निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संस्थाको उपाध्यक्षका लागि म उपयुक्त हकदार हुँ निसंकोच भन्न सक्छु।
एशोसिएट उपाध्यक्षका दुवै उम्मेदवारलाई जित्नका लागि ज्ञानेन्द्रलाल प्रधान समूहको भोट निर्णायक रहने देखिन्छ। यसैले तपाईं पनि अहिले उक्त समूहको भोट फकाउने एक्सरसाइजमा हुनुहुन्छ भन्ने सुनिन्छ नि ?
निर्णायक भोट कसको छ भन्ने विषयमा अहिले नै केही भन्न सकिने अवस्था छैन। म चुनावी रणनीतिमा छु। मलाई लाग्छ, देशभरका उद्योगी व्यवसायीहरुले म र मेरो पृष्ठभूमिमाथि विश्वास गरेर मलाई भोट दिनु हुनेछ। उहाँहरुले भोट दिने उम्मेदवारबारे निर्णय लिँदा मेरो काम, मेरो अनुभव र मैले देशभित्र गरेको योगदानलाई मूल्यांकन गर्नुहुनेछ भन्ने मेरो विश्वास छ। यस अर्थमा चुनाव जित्नेमा म ढुक्क पनि छु।
तपाईंलाई एउटा आरोप के छ भने – तपाईं पहिला अर्को समूहमा गएर चन्द्र ढकाल समूहमा आउनुभयो भन्छन्। के भन्नुहुन्छ यस विषयमा ?
होइन होइन, त्यस्तो केही पनि छैन। फेरि यो समूह भन्ने कुरा चुनावका लागि मात्र न हो। नत्र उता पनि मेरा उद्यमी व्यवसायी साथीहरु नै छन्।आज मात्र होइन, २०-३० सालदेखि हामी एक अर्कालाई चिन्छौं। यसकारण एकआपसमा कुरा चलेको हुन सक्छ। तर म किशोर प्रधान समूहमा कहिल्यै गएको छैन। पहिला उता थिएँ, पछि यता आएँ भन्ने आरोप मिथ्या हो। म आफ्नो इच्छाले एसोसिएट उपाध्यक्षमा उठ्ने निर्णय गरेको हुँ। र, यसमा चन्द्र ढकालजी वरिष्ठ उपाध्यक्षका लागि उपयुक्त देखेर मैले उहाँको समूहबाट उठ्न रुचाएको हो।
हुन त चुनावमा मतदाता नै निर्णायक हुन्छन्। तैपनि चुनाव मुखमै आइपुगेकाले र भोटको जोडघटाउमै सक्रिय रहनुभएकाले आफ्नो जीतका आधारहरु पक्कै केही आकलन गर्नुभएको होला ?
देशमा विविधिकरणसहितको उद्योग व्यापार गरेको मान्छे म। त्रिवेणी समूहबाट उत्पादनमूलक, सेवामूलक र कृषिसम्बन्धी उद्योग, रिटेल चेन व्यवसाय, निर्यात लगायत थुप्रै क्षेत्रका व्यवसायको यति ठूलो सञ्जाल लिएर मैले सफलतापूर्वक काम गरिरहेको छु। यसकारण पनि उम्मेदवारी दिएको पदका लागि म डिजर्भ गर्छु भन्ने लाग्छ।
एसोसिएट उपाध्यक्षमा आउनुभयो भने महासंघमा गर्ने योगदानका तपाईंका कार्ययोजनाहरु के छन् ?
महासंघभित्र सुधारका लागि स्पेस सधैं छ। त्यसका लागि बाटो भइरहन्छ। त्यहाँको सचिवालय पनि सुधार गर्नुपर्ने हुन्छ। नयाँ प्रविधिहरु प्रयोग गरेर पनि कतिपय प्रशासनिक सुधार त गर्न सकिएला। तर केही खास सुधारका लागि भने नेतृत्व र नेतृत्वपंक्तिमा हुने पदाधिकारीहरु नै महत्वपूर्ण हुन्छन्। त्यसका लागि म काम गर्नेछु।
सरकार र उद्योगी व्यवसायीहरुबीच श्रमिकको पारिश्रमिकको विषयलाई लिएर जहिल्यै पनि सौहार्दपूर्ण र सर्वमान्य विन्दुको सहमति र सहकार्यको आवश्यकता सधैं रहने गरेको छ। श्रमसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का विभिन्न प्रावधान वा सर्तहरु पनि अनुशरण गर्दै अघि बढ्नुपर्ने हुन्छ। यसमा पनि मैले आफ्नो अनुभवलाई उपयोग गरेर योगदान गर्नेछु।
आज व्यापार घाटा कम गर्न निर्यात बढाउनुपर्ने आवश्यकता सरकार र निजी क्षेत्र दुवैले स्विकारेको छ। यसका लागि निर्यात बढाउनेतर्फ कसरी लाग्न सक्छौं। त्यसका लागि कहाँ कहाँ केके पूर्ति गर्नुपर्छ।
सरकारले केके कुरा सम्बोधन गर्न आवश्यक छ र हामी निजी क्षेत्रले पनि केके गर्न सक्छौं जसबाट हाम्रो देशको पनि निर्यात बढ्न सकोस्, देशले विदेशी मुद्रा आर्जन गर्न सकोस्। म लामो समयदेखि निर्यात व्यापारमा भएकाले यो पाटोमा पनि स्वाभाविक रूपमा मैले राम्रोसँग काम गर्नेछु।