कालिका लघुवित्तको सिइओमा अधिकारी नियुक्त, जिम्मेवारी दृढतापूर्वक पूरा गर्ने प्रतिबद्धता

बिजमाण्डू
२०७७ कात्तिक १ गते ०६:२९ | Oct 17, 2020
कालिका लघुवित्तको सिइओमा अधिकारी नियुक्त, जिम्मेवारी दृढतापूर्वक पूरा गर्ने प्रतिबद्धता

Tata
GBIME
Nepal Life

काठमाडौं। कालिका लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा महेन्द्र अधिकारी नियुक्त भएका छन्। पोखराका अधिकारीलाई असोज २९ गते बसेको संचालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

लगभग १३ वर्ष ग्रामीण विकास बैंकमा काम गरेका अधिकारीले विभिन्न बैंकदेखि विकास बैंकको समेत लामो बैंकिङ अनुभव बटुलेका छन्।

यस अघि उनी प्यासिफिक डेभलपमेन्ट बैंक लमजुङमा ७ वर्ष प्रमुख कार्यकारी अधिकृत र ग्लोबल आईएमई.बैंकमा लघुवित्त विभागको प्रमुख पनि भएका थिए।

अधिकारीले संस्थागत रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको तालिमहरु समेत लिएका छन् ।

वाणिज्य शास्त्रमा स्नातकोत्तर अधिकारीले सिईओमा नियुक्त भएपछि संस्थाले सुम्पिएको जिम्मेवारीलाई दृढतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता जनाए।

गत साउनदेखि नायव प्रमुख कार्यकारी अधिकृत कमलबहादुर खत्रीले सिईओका रूपमा काम गर्दै आएका थिए।