लिवर्टीको सेयर नेप्सेमा सूचीकृत, पहिलो कारोबारका लागि १०० देखि ३०० रुपैयाँ तोकियो मूल्य रेञ्ज

बिजमाण्डू
२०७७ असोज २ गते १२:३४ | Sep 18, 2020
लिवर्टीको सेयर नेप्सेमा सूचीकृत, पहिलो कारोबारका लागि १०० देखि ३०० रुपैयाँ तोकियो मूल्य रेञ्ज


Tata
GBIME
Nepal Life

काठमाडौं। लिबर्टी इनर्जीको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ। सर्वसाधारणलाई सेयर जारी गरेको एक महिनापछि लिवर्टीको सेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएको हो। 

नेप्सेले पहिलो कारोबारका लागि एक सयदेखि तीन सय रुपैयाँसम्मको मूल्य रेन्ज तोकेको लिबर्टीको १ करोड ५० लाख कित्ता सेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकृत गरेको छ। कुनै पनि कम्पनीको पहिलो कारोबार मूल्य उक्त कम्पनीको नेट वर्थको तीन गुणासम्म तोकिने गरेको छ।

नेप्सेमा सूचीकृत भएसँगै लगानीकर्ताले आगामी आइतबारदेखि यसको सेयरको दोस्रो बजारमा कारोबार गर्न सक्ने भएका छन्। नेप्सेले कम्पनीको सेयर कारोबारको लागि 'एलइसी' सिम्बल लेटर दिएको  छ।

लिबर्टीले प्रभु क्यापिटललाई कम्पनीको सेयर रजिष्ट्रार नियुक्त गरेको छ। प्रभुले लिबर्टीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिला तथा खारेज गर्ने, नामसारी गर्ने लगायतका सेयरधनीहरुको लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण काम कारबाही गर्नेछ।

कम्पनीहरुले संस्थापक र सर्वसाधारण दुवैलाई बिक्री गरेको सेयर नेप्सेले एकैपटक सूचीकृत गर्ने गरेको छ। कम्पनीले संस्थापकलाई एक करोड १२ लाख ५० हजार कित्ता, स्थानीयलाई १५ लाख कित्ता र सर्वसाधारण (कम्पनीका कर्मचारीसमेत गरी) लाई २२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो। लिबर्टीले ३ देखि ७ भदौसम्म सर्वसाधारणका लागि कुल ३५ लाख ६४ हजार ९ सय ३० कित्ता सेयर निष्कासन गरेको थियो।