प्याजको मनपरी मूल्यपछि विभागको अनुगमन तीव्र, तीनकुनेको कृषिबजारबाट ४० बोरा प्याज बरामद

बिजमाण्डू
२०७७ असोज १ गते ०९:५८ | Sep 17, 2020

Tata
GBIME

काठमाडौं। भारतबाट प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको मूल्य ह्वात्तै बढेको छ।

बजारमा ब्यापारीहरुले प्याज लुकाई कृत्रिम मूल्य बढाउँदै उपभोक्तासँग चर्को मूल्य असुल्न थालेपछि अनुगमन तीव्र पारिएको छ।

आज बिहान तीनकुनेको हरितगृह तरकारी बजारमा वाणिज्य विभाग र काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको टोलीले गरेको अनुगमनमा  तीनवटा पसलहरु कारबाहीमा परेका छन्। दुई वटा पसलबाट ४० बोरा लुकाइराखेको प्याज बरामद गरिएको  समितिका सदस्य रहेका उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए।

ती दुई पसललाई कारबाही गर्ने बताइएको छ। यी दुई बाहेक अर्को एक पसलमा पनि सील गरिएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए। उक्त पसलले आलुको बोराभित्र  ठूलो परिमाणमा प्याज लुकाइराखेको थियो।