होटल र जलविद्युतको सेयरमा लगानीकर्ता आकर्षित, कारोबार रकम १ अर्ब ८४ करोडमा सीमित

बिजमाण्डू
२०७७ भदौ ३१ गते १५:४६ | Sep 16, 2020
होटल र जलविद्युतको सेयरमा लगानीकर्ता आकर्षित, कारोबार रकम १ अर्ब ८४ करोडमा सीमित

Tata
GBIME
Nepal Life

काठमाडौं। बुधवार लगानीकर्ताहरु होटल र जलविद्युत कम्पनीहरुको सेयरका आकर्षित भएका छन्।

कोरोना भाइरस संक्रमण बढेसँगै नेपाल सरकारले गरेको निषेधाज्ञा खुकुलो  गर्ने र होटल व्यवसाय पनि संचालनमा आउने भएकाले लगानीकर्ताहरु त्यसतर्फ  आकर्षित भएको इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए।  कोरोनाले  होटल कम्पनीहरुको व्यवसाय थलिएपछि सेयर मुल्यमा पनि घटेको थियो।

त्यस्तै, जलविद्युत कम्पनीहरुको सेयर मुल्य लामो समयदेखि अण्डरभ्यालुमा आएकाले मुल्य बढेको उनले बताए। केही दिनदेखि जलविद्युत कम्पनीहरुको सेयर मुल्य बढ्दै गएको र कतिपय कम्पनीहरुले विद्युत विक्री गरी लाभांश समेत दिन सक्ने अवस्थामा पुगिसकेका छन्।

बुधवार  सेयर बजार ५ दशमलव ३६ अंक बढेर १५ सय ४१ दशमलब ४० विन्दुमा बन्द भएको छ। १५ सय ३७ दशमलव ३५ विन्दुबाट सुरु भएको सेयर बजार कारोबार भएको आधा घण्टामा नै घटेर १५ सय ३० दशमलव ६८ विन्दुमा ओर्लिएको थियो। यस दिनकै न्युनतम विन्दुमा पुगेपछि सुचक करिब तीन घण्टामा १५ सय ४३ दशमलव ६९ विन्दुसम्म पुगेको थियो। तर लगानीकर्ताहरु नाफा बुक गर्न लागेपछि सुचक सो विन्दुभन्दा तल आएर १५ सय ४१ द्यशमलव ४० विन्दुमा बन्द भएको छ। 

बुधबार १९४ कम्पनीको ६३ लाख ९० हजार ८३ कित्ता सेयरको १ अर्ब ८४ करोड ५६ लाख बराबरको सेयर कारोबार भएको छ। मंगलवारको तुलनामा बुधवार कारोबार रकम घटेको छ। मंगलवार २ अर्व ११ करोड ९९ लाख बराबरको सेयर कारोबार भएको थियो। बुधवार चार कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। घलेम्दी हाइडोपावर कम्पनी, बरुण हाइडोपावर, सिनर्जी पावर डेभलपमेन्ट र एनआरएन लघुवित्तको सेयर मुल्य १० प्रतिशत बढेको छ।

साथै, रिलायन्स लाइफ इन्स्योरेन्स, युनाइटेड मोदी हाइड्रो, छ्याङदी हाइडोपावर, सोल्टी होटलको सेयर मुल्य साढे ९ प्रतिशत माथि बढेको छ। सेयर मुल्य घट्नेमा सबैभन्दा बढी म्युचुअल फण्डका सेयर रहेका छन्। नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ९ करोड ६१ लाखको सेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४६ लाख ७७ हजारको सेयर कारोबार भएको छ।