समाज र लिबर्टीको सेयर जारी गरेको एक महिनापछि नेप्सेमा सूचीकृत हुँदै, सोमबारदेखि कारोबार हुने

बिजमाण्डू
२०७७ भदौ ३१ गते १२:३१ | Sep 16, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं । सर्वसाधारणलाई सेयर जारी गरेको एक महिनापछि समाज लघुवित्त र लिवर्टी इनर्जीको सेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकृत हुने भएको छ । यी दुई कम्पनीले बिक्री गरेको साधारण सेयरको सूचीकरण असोज पहिलो सातामा हुने नेपाल स्टक एक्सचेञ्ज ( नेप्सेले) जानकारी दिएको छ । 

दुवै कम्पनीले सेयर सूचीकरण प्रक्रिया अघि बढाउन निवेदन दिएको नेप्सेले जानकारी दिएको छ । नेप्सेको धितोपत्र सूचीकरण विभागका अनुसार, दुवै कम्पनीको सेयर सूचीकरणका लागि विवरण आएकाले प्रक्रिया अगाडि बढिसकेको र आउने सोमबार (असोज ५) सम्ममा सूचीकरण भइ दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।  

कम्पनीहरुले संस्थापक र सर्वसाधारण दुवैलाई बिक्री गरेको सेयर नेप्सेले एकैपटक सूचीकृत गर्ने गरेको छ । कम्पनीले संस्थापकलाई एक करोड १२ लाख ५० हजार कित्ता, स्थानीयलाई १५ लाख कित्ता र सर्वसाधारण (कम्पनीका कर्मचारीसमेत गरी) लाई २२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो । यसअनुसार लिवर्टी इनर्जीको कुल एक करोड ५० लाख कित्ता सेयर सूचीकरण हुनेछ ।

कम्पनीले ३ देखि ७ भदौसम्म सर्वसाधारणका लागि कुल ३५ लाख ६४ हजार ९ सय ३० कित्ता सेयर निष्काशन गरेको थियो । 

साथै, समाज लघुवित्तको पनि दुई लाख कित्ता सेयर नेप्सेमा सूचीकरण हुन लागेको हो । लघुवित्तले संस्थापकलाई एक लाख १४ हजार कित्ता र सर्वसाधारणतर्फ ८६ हजार कित्ता सेयर बिक्री गरेको छ । 

लघुवित्तले कुल साधारण सेयरमध्ये ८० हजार ७ सय कित्ता सर्वसाधारणलाई ४ देखि ८ भदौसम्म बिक्री गरेको थियो । सेयर बिक्रीपछि यसको कुल चुक्ता पुँजी २ करोड रुपैयाँ पुगेको छ ।

समाजको प्रतिसेयर नेटवर्थ १०२.३६ र लिवर्टीको १०५.७४ छ । नेप्सेले कम्पनीहरुले दोस्रो बजारमा पहिलो पकटकको कारोबारको लागि नेटर्वथको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गरेको छ ।