विदेश भ्रमणमा नेपालीले गर्ने खर्च ४१% ले घट्यो, शिक्षाका लागि मात्र २५ अर्ब ८१ करोड बाहिरियो

बिजमाण्डू
२०७७ भदौ ८ गते १७:५९ | Aug 24, 2020

Tata
GBIME

काठमाडौं। कोभिड-१९ ले आर्थिक बर्षको पछिल्लो चार महिना प्रभावित हुँदा भ्रमणका लागि बाहिरिने पैसा बचत भएको छ। 

राष्ट्र बैंकले सोमबार गत बर्षको आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै भ्रमण खर्च अघिल्लो बर्षको तुलनामा निक्कै घटेको जनाएको छ।

सेवा खाताअन्तर्गत रहन भ्रमण खर्च ४०.९ प्रतिशतले घटेर ५३ अर्ब १४ करोडमा झरेको छ। सामान्य अवस्थामा यो सालान्य बढ्ने गरेको थियो।

अघिल्लो बर्ष ८९ अर्ब ९१ करोड रुपैयाँ भ्रमण खर्चमा जान्थियो। यसपाली लकडाउन लगाउनु अघि नै राष्ट्र बैंकले बिदेशी बिनिमयको सञ्चिति घट्न नदिन सटही सुविधा २५ सय डलरबाट घटाएर १५ सय डलरमा झारेको थियो।

यसपाली बाहिरिएको भ्रमण खर्चमध्ये २५ अर्ब ८१ करोड शिक्षातर्फको खर्च हो।