मेरो सेयरको नवीकरण अब इसेवाबाटै गर्न सकिने, क्यापिटल धाउनुपर्ने बाध्यताको अन्त्य

बिजमाण्डू
२०७७ साउन १८ गते १७:०२ | Aug 2, 2020

Tata
GBIME

काठमाडौं। सेयर कारोबार गर्ने तथा आइपिओमा लगानी गर्ने लगानीकर्ताले ‘मेरो सेयर’ एकाउन्ट नवीकरणको भुक्तानी इसेवाबाट गर्न सक्ने भएका छन्।

इसेवाले अनलाइनमार्फत मेरो सेयरको एकाउण्ट नवीकरण गर्ने सेवा दिन सुरु गरेको छ। यसअघि इसेवाले डिम्याट खाता नवीकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको थियो। 

योसँगै मेरो सेयरको शुल्क भुक्तानीकै लागि विभिन्न क्यापिटल कम्पनीको कार्यालयमा जानुपर्ने बाध्यताबाट लगानीकर्तालाई मुक्ति मिलेको छ।

लगानीकर्ताले रियल टाइममै आफ्नो 'मेरो सेयर' एकाउन्टको नवीकरण गर्न सकिने इसेवाका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर साजन महर्जनले बताए।  

इसेवामा नेपालमा रहेका सबै क्यापिटल, सेयर ब्रोकर आबद्ध छन्। इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो ।  इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्थाहरु सदस्य छन् ।