तोलामा ५ सय बढ्दै सुन तोलाको ९६ हजार ३०० रूपैयाँ, अन्तर्राष्ट्रिय बजारमै लगातार उक्लियो

बिजमाण्डू
२०७७ साउन ११ गते ११:१६ | Jul 26, 2020
तोलामा ५ सय बढ्दै सुन तोलाको ९६ हजार ३०० रूपैयाँ, अन्तर्राष्ट्रिय बजारमै लगातार उक्लियो


Tata
GBIME
Nepal Life

काठमाडौं। दिनिदनै मूल्यवृद्धिको लगातार रेकर्डतर्फ उक्लिएको सुनको भाउ फेरि ५ सय बढेर आइतबार प्रतितोला ९६ हजार ३०० पुगेको छ।  

एकै दिन १३ सयले बढेर गत शुक्रबार तोलाको ९५ हजार ८०० पुगेको थियो। त्यसअघि बिहीबार ९४ हजार ५०० र बुधबार ९४ हजार थियो। सुनसँगै क्रमिक महंगिएको चाँदी भने आइतबार प्रतितोला ११ सय ५५ रूपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनभन्दा १० रुपैयाँ बढेर गत शुक्रबार प्रतितोला ११ सय ५० रूपैयाँमा आइपुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार बिहान सुन प्रतिऔंस १९०१.६० डलरमा कारोबार भएको छ। यसअघि गत बिहीबार बिहान प्रतिऔंस १८६९.२८ डलरमा कारोबार भएको सुन शुक्रबार बढेर १८८८.३० डलर पुगेको थियो।

बुधबार १८५७.०१ र मंगलबार १८१७.७४ डलरमा कारोबार भइरहेको थियो।यस्तै चाँदी २२.७७ डलर प्रतिऔंसमा कारोबार भएको छ। बिहीबार प्रतिऔंस २२.६८ थियो भने शुक्रबार २२.६० डलरमा कारोबार भएको छ।