राष्ट्र बैंकले पीएसओ र पीएसपीको नयाँ लाइसेन्स रोक्यो, ग्राहक ३ लाख नभए लाइसेन्स खारेज 

बिजमाण्डू
२०७७ साउन ४ गते १६:२४ | Jul 19, 2020
राष्ट्र बैंकले पीएसओ र पीएसपीको नयाँ लाइसेन्स रोक्यो, ग्राहक ३ लाख नभए लाइसेन्स खारेज 

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) तथा भुक्तानी सेवा प्रदायक (पीएसपी) को लाइसेन्स आइतबारबाट स्थगन गरेको छ।

सैद्धातिक सहमति प्रदान गरिएका संस्थावाहेक नयाँ अनुमतिपत्र प्रदान गर्ने काम रोकिएको राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै लाइसेन्समा रोक लगाउने जनाएको थियो। मौद्रिक नीतिमा भएको ब्यवस्था अनुसार राष्ट्र बैंकले आइतबार लाइसेन्स बन्द गरिदिएको हो।

राष्ट्र बैंकले पीएसपीको रुपमा अनुमति पाएका संस्थाले २०७८ असार मसान्तसम्ममा कम्तिमा ३ लाख ग्राहक नपुर्याएमा र मासिक औषत कारोबार संखेया कम्तिमा ६ लाख नपुगेमा संस्थाको अनुमति खारेज गर्ने पनि मौद्रिक नीतिमा ब्यवस्था गरेको छ।

राष्ट्र बैकले क्युआर कोडमार्फत हुने भुक्तानीलाई ब्यवस्थित गर्न मार्गदर्शन जारी गर्ने पनि जनाएको छ।