११ महिनामा भित्रियो १० हजार ११८ सवारी, विद्युतीय गाडी ५७४ मात्रै, घट्यो आयात

बिजमाण्डू
२०७७ असार १६ गते ११:०० | Jun 30, 2020
११ महिनामा भित्रियो १० हजार ११८ सवारी, विद्युतीय गाडी ५७४ मात्रै, घट्यो आयात


काठमाडौं। चालु वर्षको ११ महिनामा पेट्रोल-डिजेल इञ्जिनका १० हजार १ सय १८ वटा सवारी नेपालमा आयात भएको छ। यो अवधिमा ५ सय ७४ वटा विद्युतीय सवारी भित्रिएको छ।

Tata
GBIME
Nepal Life

कोभिड-१९ को महामारीले बजार प्रभावित हुँदा यो वर्ष सवारी आयातमा कमि आएको देखिएको छ। यो वर्षको चैत, बैशाख, जेठ महिनामा आयात गत वर्षको तुलनामा न्यून संख्यामा आयात भएको छ। यो अवधिमा सबैभन्दा धेरै सवारी भदौ महिनामा आयात भएको छ।

भन्सार विभागको तथ्यांक अनुसार यो महिना २१ सय ५३ वटा सवारी आयात भएको थियो। गत वर्षको ११ महिनाको तुलनामा यो वर्ष ६ हजार ७ सय ३८ वटा सवारी कम आयात भएको छ। गत वर्ष ११ महिनामा १६ हजार ५ सय १३ वटा सवारी आयात भएको थियो।

यो वर्ष चैत महिनामा न्यून संख्यामा मात्रै सवारी भित्रिएको छ। चैतमा १ सय ३ वटा डिजेल तथा पेट्रोल सवारी भित्रिएका छन् भने ८ वटा विद्युतीय सवारी भित्रिएका छन्।

यस्तै बैशाख महिनामा ४५ वटा विद्युतीय सवारी भित्रिएका छन्। जेठ महिना लागेपछि ९३ वटा विद्युतीय सवारी भित्रिसकेका छन्। यस्तै ४ सय ४३ वटा डिजेल/पेट्रोलबाट चल्ने सवारी भित्रिसकेका छन्।