सिटिजन्स बैंकले सहयोगी विकासलाई गाभेर २० गतेदेखि एकीकृत कारोबार गर्ने, पुँजी ९ अर्ब पुग्यो

बिजमाण्डू
२०७७ असार १६ गते ०९:२६ | Jun 30, 2020
सिटिजन्स बैंकले सहयोगी विकासलाई गाभेर २० गतेदेखि एकीकृत कारोबार गर्ने, पुँजी ९ अर्ब पुग्यो


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले सहयोगी विकास बैंकलाई प्राप्ति गरेर आगामी २० गतेबाट एकीकृत कारोबार गर्ने भएको छ। 

Tata
GBIME
Nepal Life

बैकले गत जेठ २७ गते बिशेष साधारणसभा गरी प्राप्ति गर्ने प्रस्ताव अनुमोदन गरो थियो। त्यसपछि अन्तिम स्वीकृति लिएर एकीकृत कारोबार गर्न लागेको हो।

सहयोगीको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकको ९१.७५ कित्ता सेयर दिएको छ। 

सहयोगी विलयपछि बैंकको निक्षेप ८७ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ। ऋण लगानी ७९ अर्ब ६२ करोड रुपैयाँ र शाखा संख्या १०८ वटा हुनेछ। 

चुक्ता पुँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पुँजी ९ अर्ब ८ करोड पुग्ने छ।