साल्ट ट्रेडिङले भ्यानबाट टोल टोलमा इन्डक्सन चुलो र स्यानिटाइजर बेच्दै, २६ सय ५० मै चुलो पाइने



काठमाडौं। खाद्य कम्पनीको स्टक सकिएपछि बजारको माग धान्न साल्ट ट्रेडिङ कर्पोरेसनले इन्डक्सन चुलो बेच्न थालेको छ।

सरकारी कम्पनी  कर्पोरेसनले लकडाउनको समयमा उपभोक्ताको माग अनुसार दैनिक उपभोग्य सामानका साथै इन्डक्सन चुलो समेत बिक्री गरिरहेको जनाएको छ। सुरुका दिनमा उपत्यकाभित्र बिक्री गरिरहेको खाद्यान्न यतिबेला उपत्यका बाहिर पनि बिक्री भइरहेको छ ।

कोरोना भाइरसका कारण गत महिना बजारमा ग्यास अभाव हुँदा उपभोक्ताहरु इन्डक्सन चुलोप्रति आकर्षित भएका थिए।  खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग स्टक भएका चुलो सबै बिक्री भएपछि पनि उपभोक्ताबाट लगातार माग आइरहेको थियो।

Sipradee
Sanima Bank
Riddisiddi Cement

लकडाउनको समय भएका कारण बजार बन्द भएपछि साल्ट ट्रेडिङले माग बढी भएको ठाउँमा लगेर बिक्री-वितरण गर्न लागेको कर्पोरेशनका सहायक महाप्रबन्धक पकंज जोशीले बताए ।

हाल कर्पोरेशनमा दैनिक रूपमा आउटलेट र घुम्ती सेवाबाट खाद्यान्न, इन्डक्सन, स्यानिटाइजर  र ग्यास बिक्री गरिरहेको छ । हाल बिक्री गर्न लागेको इन्डक्सन चुलो यसअघि खाद्य कम्पनीले बिक्री गरेको भन्दा सस्तो रहेको सहायक महाप्रबन्धक जोशीले जानकारी दिए ।इन्डक्सन  चुलोको २६ सय ५० रुपैयाँमा बिक्री गरिरहेको उनले बताए। इन्डक्सन चुलोका लागि आवश्यक प्रेसर कुकर, कराही र सस प्यान समेतको सेट पनि बिक्रीमा राखिएको छ।  

कर्पोरेशन २ सय ५० रुपैयाँमा १ सय ५० एमएलको स्यानिटाइजर बिक्री गरिरहेको छ । 'यतिबेला यहीँ उत्पादन भएको स्यानिटाइजर बिक्री गरिरहेका  छौं । केहि दिनमा विदेशबाट समेत आयात गर्ने योजना छ,' उनले भने।  कोरोना भाइरसको सक्रमण बढ्न थालेपछि स्यानिटाइजरको माग आउन थालेको पाइएको छ।

पछिल्लो समय कर्पोरेशनमार्फत हुने बिक्री बढेको छ। साल्ट ट्रेडिङले लकडाउनको अवधिभर खाद्यान्नमा १० प्रतिशत छुट दिएर बिक्री गरिरहेको छ । तीनवटा भ्यानबाट घुम्ती सेवामार्फत बिक्री गर्दै आएको छ । लकडाउनका कारण खाद्यान्नको अर्डर बढ्न थालेको छ ।

मोबाइल भ्यानप्रति उपभोक्ताहरु सकारात्मक भएको कर्पोरेशनका बजार प्रबन्धक प्रज्वल प्रधानले बताए । उनका अनुसार एउटा भ्यानबाट दैनिक १ लाख सम्मको कारोबार हुने गरेको छ।  

आउटलेट र घुम्ती सेवाबाट दैनिक १२ लाखभन्दा बढीको व्यापार हुने गरेको पनि प्रधानले जानकारी दिए । 'यतिबेला राहतका लागि र खाना बनाएर खुवाउनका लागि संघ, क्लव तथा समुहबाट खाद्यान किन्न आउने गरेको छन् । धेरै परिमाणमा लैजाने हुनाले उनीहरुको लागि छुट्टै मूल्य तोकिएको छ,' उनले भने।


Share this Story

   

Ben Dhakal[ 2020-05-26 04:21:14 ]
बिजुलीको खपत बद्ने सामान धेरै प्रयोगमा ल्याउनु पर्यो । ग्यास बिस्तारै बिस्तारै प्रतिस्थापन गर्न तर्फ उन्मुख रहौ । नेपालको भलो हुनेछ ।


Narayan Dahal[ 2020-05-26 02:31:44 ]
बिराटनगरमा पनि बेच्दै छ कि काठमाडौं मा मात्र हो । नेपाल भनेको काठमाडौं मात्र त पक्कै पनि नहुनु पर्ने हो । तर परम्परागत रुढीवादी सोचले अहिलेसम्म दरो जरा गाडेको सहजै अनुभुति गर्न सकिन्छ ।


Anup Joshi[ 2020-05-25 11:04:30 ]
How can I get one induction cooktop in pokhara?


Dilbahadur Malla[ 2020-05-26 06:04:36 ]
Swoyambhu ma kaile bikri hunxa?


Shreejan Maharjan[ 2020-05-28 02:18:43 ]
Hamro patan ko tole tole ma auxa dal chini noon chamal aata leyera


Suresh Dhungana[ 2020-05-28 11:57:07 ]
भक्तपुरमा कहिले?


DB Silwal[ 2020-05-29 11:48:54 ]
One for me in Ktm. Where should we be present?


Bimal Bhattarai Bimal[ 2020-05-25 11:50:05 ]
हेर नेपालि फेसबुकमै राष्ट्रियता देखाउछन,फेसबुकमै अर्काको आशट्रियता पनि देखाई हाल्छन,धन्य नेपालि


Ritu Gautam[ 2020-05-26 09:13:10 ]
भुँइचालोको बेला अनुदानमा आएको चुलो अहिले आएर बिक्री हुँदैछ जनता के भएका खोजी खोजी किन्ने ल ल सरकारलाई जनता ले धनी न बनाएँ कस्ले बनाउँछ त 🙏🙏🙏


Deepak Ghimire[ 2020-05-28 04:05:10 ]
Bakbas garxa salt tradings ma jada ta xaina sakiyo vanxa Tol tol ma re


Madan Ghimire[ 2020-05-25 10:30:36 ]
वुटबल तिर पनि बेचने परयो


Harry Bista[ 2020-05-28 11:14:34 ]
डल्लु आवास यरिया तिर नि आइदिये हुन्थ्यो नि ।


Krishna Babu Shrestha[ 2020-05-28 03:00:34 ]
कलंकी तिर पनि आइ पुग्छ होला?मलाई पनि इन्डक्सन चाहीएको थियो


Yubaraj Paudyal[ 2020-05-25 11:49:47 ]
कुन टाेल टाेल हाे ? हामिले पनि पाए हुन्थ्याे


Ratna Shrestha[ 2020-05-26 10:14:14 ]
kasari pauna sakincha ?


Purna Pulami Magar[ 2020-05-27 03:12:06 ]
खानु खाए छ हामीले ४००० मा किनेको।अब काहाँ रिपोर्ट गर्ने हो?सरकारि संस्थाको यो मनपरि कालावाजरलाई।


Urmila Panday Tewari[ 2020-05-25 11:37:26 ]
kamalpokhari tira kaile aauchha near city center


Kamal Chapagain[ 2020-05-26 07:13:30 ]
Sinamangal ma pani xa yesto subida??


कोटबारी को ठुलो काले[ 2020-05-28 12:07:30 ]
चाईना ले भूकम्प को वेला अनुदानमा उपलब्ध ८० हजार पिस बाकी नेशनल ट्रेडिङ कम्पनी को भण्डार बाट आएका हो यो सब


Bishwo Raj Adhikari[ 2020-05-26 10:21:40 ]
Please let us know where is available


Rabin Shrestha[ 2020-05-25 03:28:07 ]
बौद्ध तिर कहिले आउने हो,जानकारीको लागी अनुरोघ गर्दछु ।


Tek Raj Sedain[ 2020-05-25 10:50:04 ]
मलाइ पनि चाहियको छ।


Bikas Shrestha[ 2020-05-25 12:37:18 ]
मलाइ पनि चाहियको छ।


Khushiram Dhauniya[ 2020-05-26 09:57:52 ]
नागार्जुन १० मा कहिले हाे ?


Raju Bajracharya[ 2020-05-25 11:54:53 ]
पातन मा कैले आउन्छ?


Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell