मोबाइलबाटै डाक्टर, इन्जिनियर र नर्सको अनलाइन तयारी कक्षाका लागि स्याटसम विकल्प

बिजमाण्डू
२०७७ जेठ ९ गते १५:०७ | May 22, 2020
मोबाइलबाटै डाक्टर, इन्जिनियर र नर्सको अनलाइन तयारी कक्षाका लागि स्याटसम विकल्प



काठमाडौं। निया शर्मा कक्षा १२ मा अध्यनरत छात्रा हुन्, यिनको लकडाउन डायरी अन्य टिनएजरको भन्दा अलिक भिन्न छ। 

Tata
GBIME
Nepal Life

लकडाउनमा घर बाहिर निस्कन नमिलेपछि अधिकांश समय इन्टरनेट, मोबाइल, ल्यापटप अनि टिभीमा गुजार्ने अनुपा आफ्नो एकेडेमिक अध्ययन पनि अनलाइनमार्फत नै गर्छिन्। कक्षाकोठामा शिक्षकहरुले पढाएका कुरा र पाठ्यक्रम, लेक्चर नोट्स लगायत परीक्षाका पेपर, भिडियो लेक्चर अनि टेस्टको तत्काल रिपोर्टहरु यिनले आफ्नो मोबाइल या कम्युटरमै सहज रुपमा हेर्न सक्दछिन्। 

प्रविधिसँगको यो सहकार्यले अनुपा र यिनका साथीहरुलाई धेरै सहयोग र सक्षम गरेको छ । अनुपा र उनका धेरै जना साथीहरुलाई यो प्रविधिले सहयोग मात्र गरेको नभई पढाइप्रति थप उत्साहित गरेको छ। उत्साहका साथ यसरी प्रविधिमैत्री अध्ययनका कारणले अनुपाका लागि लकडाउन एउटा बन्देज मात्र नभई अवसर पनि भएको छ।

नर्सिङको फाइनल टर्ममा अध्यनरत सम्झनालाई अब फाइनल परीक्षा सकाएपछि नर्सिङ काउन्सिलले लिने लाइसेन्स परीक्षा कसरी पास गर्ने भन्ने चटारो पनि छ। उनलाई सकेसम्म छिटै रजिष्टर्ड नर्स भएर व्यवसायिक सेवामा जाने इच्छा छ। यद्यपि नर्सिङ काउन्सिलको परीक्षामा उपयुक्त तयारी नपुगेर हरेक पटकको परीक्षामा हजारौं परीक्षार्थीहरु अनुत्तीर्ण भएको तथ्य पनि एकातिर सग्लै छ। सम्झना आजभोलि घरै बसेर लाइसेन्सिङ परीक्षाको तयारी गर्दैछिन् । 

मक परीक्षामा यिनले ८० प्रतिशतसम्म मार्क ल्याएकी बताउँदछिन्, यसरी घरै बसेर दुरुस्तै मक एक्जाम दिन मिल्ने, तत्कालै आफ्नो रिजल्ट हेर्न मिल्ने, लेक्चर नोट्सहरु हेर्न र भिडियो लेक्चर हेर्न मिल्ने भएकाले सम्झनाका लागि लकडाउन एउटा अवसर अनि नेपालको सर्वाधिक ठूलो इ-लर्निङ परिवार स्याटसम एउटा सारथी भएको छ।

काठमाण्डौ गोकर्णेश्वरस्थित नामी कलेजकी बिद्यार्थी अनुपा हरेक दिन आफूले नेटमा बिताउने समयलाई केही भागमा पढाइका लागि पनि छुट्याउने गरेकी छन्, नेट र ग्याजेटहरु सधैं नराम्रो या डिस्ट्रयाक्टिङ हुँदैन, यिनको बिचारमा । अझ यस्तो लकडाउनका बेलामा सामाजिक दूरी कायम राख्दै बस्दा यसरी अनलाइन पढ्न पाउनु, छलफल गर्न पाउनु र मक जाँचहरु दिन पाउनु त एकदमै इफेक्टीभ भएको बताउँछिन् ।

त्यस्तै विराटनगरको अर्किड कलेजमा कक्षा १२ कक्षा पूरा गरेका प्रतीक ढकाल सँधै एमबीबीएसको तयारी कक्षा लिन काठमाडौं आउन सक्दैनन, तर उनी इ-लर्निङ सिस्टमबाट हरेक दिन एमबीबीएसको बोर्ड अनुसार वीपी, आइओएम, भारतीय निट यूजी, काठमाडौं यूनिभर्सिटी लगायतका मक परीक्षाहरु दिन्छन्। आफूले नबुझेका कुराहरु छलफल गर्छन र तत्कालै अनलाइन समाधान पाउँदछन्। आफ्नो हरेक दिनको प्रगति प्रतिशत हेर्दै परीक्षामा नाम निकाल्न सक्ने सम्भावनालाई घरै बसेर नियालेका राजनको यो वर्षका एमबीबीएस प्रवेश परीक्षाहरुमा आत्मविश्वास र ज्ञान दुवै बढेको बताउछन् ।  

प्रयोग गर्ने विधि थाहा पाउन यहाँ क्लिक गर्नुस्

लकडाउनका समयमा त झन यसरी पढ्नु धेरै प्रभावकारी भएको यिनको बिचार छ, एमबीबीएस इन्ट्रान्समा धेरै कम्पिटिसन हुने भएकाले समयदेखि नै स्मार्ट तयारी गर्न पाएकोमा यस वर्ष यिनलाई नाम निकाल्ने आशा छ। यद्यपि लकडाउनले गर्दा ११ अनि १२ कक्षाका परीक्षाहरु पनि सरेको भएका कारणले एमबीबीएस र इन्जिनियरिङका प्रवेश परीक्षाहरुको मिति भने निकै पर सर्न सक्ने सम्भावना भने नभएको होइन ।

यी सबै बिद्यार्थीहरु अनि यिनका कलेजहरु नेपालको सबैभन्दा ठूलो इ-लर्निङ परिवारका सदस्यहरु हुन्, करिब ६००० भन्दा धेरै प्लस २ विज्ञान संकायका बिद्यार्थीहरु दैनिक अध्ययनरत यस अनलाइन संरचनालाई स्याटसम नाम दिइएको छ। यस प्रविधिमार्फत प्लस टु साइन्सका विद्यार्थीहरु देखि नेपाल नर्सिङ काउन्सिलले लिने नर्सिङ लाइसेन्स परीक्षाका तयारी गर्ने विद्यार्थीहरु पनि अध्ययनरत छन् । लकडाउनका समयमा बिद्यार्थीहरुको पढ्न पाउने र प्रवेश परीक्षा तयारी गर्ने चाह अनि अधिकारलाई ध्यानमा राख्दै  स्याटसमले आफ्ना सबै रजिष्टर भएका विद्यार्थीहरुलाई सिस्टम निःशुल्क उपलब्ध गराएको छ । www.satsom.com मा गएर विद्यार्थीहरुले रजिष्टर गरेर आफ्नो इमेलमा आएको सन्देशलाई भेरिफाई गरेर न्यून शुल्कमा हजारौं मल्टीपल च्वाइस प्रश्नहरु, भिडियो लेक्चर, मक परीक्षा, लेक्चर नोट्सहरु लगायत पहुँच गर्न सक्नेछन् ।

परीक्षाको तयारी बारे हेर्न यहाँ क्लिक गर्नुस्

कसरी प्रयोग गर्ने?

शैक्षिक संस्थाहरु खुल्नलाई समय लाग्छ। अबको पोष्ट कोरोना विश्वमा धेरै कुराहरु परिवर्तन हुनेवाला छन् । सयौं वर्षदेखि परिवर्तन हुन नसकेको हाम्रा शिक्षण विधिहरु, कक्षाकोठाका डेस्क बेन्च लगायत शैक्षिक संरचनाहरु, विद्यालयको स्वरुप, पुस्तकहरु अनि अभ्यासपुस्तिकाका स्वरुप र गृहकार्य बुझाउने तवरहरुसम्म अब परिवर्तन हुनेवाला छ । 

विश्व अनि समाजका संरचनाहरुले नयाँ स्वरुपमा युगान्तकारी फड्को मार्न सक्ने सम्भावनासहित कोरोना कहर सहश्राब्दीकै अहिलेसम्मको सबैभन्दा धेरै त्रास बोकेर आएको छ । अब आउँदो पुस्ताको भविष्य अनि मुख्यतया शिक्षण क्षेत्रमा केन्द्रित भएर कुरा गरौं, के लकडाउनले हाम्रो भावी पुस्ताहरुको अध्ययन अनि सपनामा पनि लकडाउन गरेको हो त ? यदि हो भने यो लकडाउन अंग्रेजीमा लकडाउन  मात्र नभई लकटाइम पनि हो। लक अर्थात भाग्य, अनि यस बन्दाबन्दीको समयले भाग्यमा पनि बन्देज गर्ने हो र ? 

मोबाइलमा घोत्लिएर बस्ने पुस्तादेखि अभिभावकहरु आजित भइसके भनेर त निकै सुनिन्छ तर के यी पुस्तालाई हामीले शैक्षिक संयन्त्रहरु अनलाइनमा दिन सकेका छौं त ? हामीले सोच्नुपर्ने बेला आएको छ, हाम्रो छोराछोरीले गेम खेल्न, भिडियो हेर्न र गीत सुन्न मात्र प्रविधिको प्रयोग गर्ने या पढ्न र नयाँ कुराहरु सिक्न पनि त्यहाँ अवसर पाउने ?

क्लिक गरेर यो पनि हेर्नुस्
कलेज बन्द नो प्रब्लम, SATSOM यहाँहरुका लागि सँधै खुल्ला छ ।

नेपालको सर्वाधिक ठूलो इ-लर्निग परिवार स्याटसमले लकडाउनको समय विद्यार्थीहरुले घरमा नै बसेर पढ्न सकुन् भनेर ५ महिनाका लागि केवल ५०० रुपैयाँमा सदस्यता उपलब्ध गराएको छ । प्लस २ विज्ञान संकायका कोर्सहरु, पाठ अनुसारका भिडियो लेक्चर, लेक्चर नोट्स, प्राक्टीस टेस्ट, टाइम टेस्ट, मक परीक्षा र अन्य थुप्रै सुविधाहरु उपलब्ध गराएको छ। 

तीन महिनाको सब्सक्रिप्सन लिनका लागि ९८४१२९५३१५ इ-सेवा नम्बरमा ५०० रुपैयाँ पठाउन सकिनेछ या सम्भव र सुरक्षित भएको खण्डमा एनआइसी बैंकको खाता नम्बर ४९४१९२८२९७०५२४०१ नयाँ बानेश्वर शाखा, कुल टुल डिजिटल मिडिया प्रालि को खातामा रु ५०० डिपोजिट गर्न सकिने कम्पनीले जनाएको छ।