नयाँ नक्साअनुसार निसान छाप फेरिने, मन्त्रिपरिषद्ले गर्‍यो संविधान संशोधनको निर्णय

बिजमाण्डू
२०७७ जेठ ९ गते १४:५९ | May 22, 2020

Tata
GBIME

काठमाडौं। सरकारले संविधान संशोधनको प्रस्ताव प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

नयाँ नक्सा कार्यान्वयनका गर्न संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको हो।

सरकारले अतिक्रमित भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नक्सा बिहीवार सार्वजनिक गरिसकेको छ।