मैले आउने अध्यक्षलाई पूर्ण रूपमा सहयोग गर्दै उहाँको कार्यकाल सफल बनाउन निर्वतमानको हैसियतले चाहिने सहयोग गर्छु। म दाबाका साथ भन्छु- ‘मेरो सरकारी, गैरसरकारी र जिल्लाहरुसँग राम्रो सम्बन्ध छ।’ त्यस कारण पनि संस्था र उहाँलाइ सफल बनाउन मेरो पूर्ण रूपमा सहयोग रहन्छ।
+++
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा आफ्नो तीन वर्षे कार्यकालको अन्तिम समयमा छिन्। निजी क्षेत्रको सबैभन्दा ठूलो संजाल भएको महासंघको इतिहासमा उनी पहिलो महिला अध्यक्ष हुन्। विधान संशोधन जस्तो सबैभन्दा जटिल कामको व्यवस्थापन गरेर महासंघलाइ विभाजन हुनबाट रोकेकी राणामाथि महासंघ कमजोर बनाएको र व्यवसायिक मुद्दा उठाउन नसकेको आरोपहरु लाग्ने गरेको छ। उनै राणासँग बिजमाण्डूका सम्पादक विज्ञान अधिकारीले सोधे- तपाइँ आफ्नो कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ?’
तीन वर्षको यो कार्यकाल एफएनसीसीआईका लागि चुनौतीपूर्ण त थियो नै सँगसँगै यसले सम्भावना पनि देखायो भन्ने मलाई लागेको छ। मेरो पूर्व अध्यक्षहरुले सुरु गरेको कामलाई निरन्तरता दिने मात्रै होइन यो अवधिमा थुप्रै नयाँ कामहरु भएका छन्। राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा महासंघको कामलाइ अझै स्ट्रेन्थेन गर्ने, महासंघको उचाइलाई अझै अगाडि बढाउने काम भएको छ। अन्तर्राष्ट्रिय फोरममा एफएनसिसीआइलाई सशक्त रूपमा उभ्याउन थुप्रै देशमा डेलिगेट्सका रूपमा भिजिटहरु भएका छन्।
आफ्नो कार्यकाललाइ समीक्षा गर्दा कति सफल र कति असफल पाउनुभयो ?
म कार्यसमिति हुँदादेखि नै कतिपय व्यवसायिक समस्या र मुद्दा उठिरहेका थिए। त्यो निरन्तर जाने विषय हुन्। समस्या आइरहेका हुन्छन्, त्यसलाइ सम्बोधन गर्न सरकारी क्षेत्र र निकायमा पहल गरिरहेका हुन्छौं। त्यसमा केही मुद्दालाइ सरकारले सम्बोधन पनि गरेको छ।
सम्बोधन भएका विषयमा सफलता प्राप्त पनि भएको छ। यो अवधिमा केही नयाँ चुनौतीहरु पनि आए। देश प्रादेशिक संरचना गएपछि करका समस्यादेखि अन्य थुप्रै नयाँ समस्या देखिए। ती समस्या समाधानका लागि हामीले पहल गर्यौं, अहिले पनि गरिरहेका छौं।
संस्थालाई सफल बनाउने कुरामा म व्याक्तिभन्दा पनि टीममा विश्वास गर्छु। त्यसकारण मैले आफ्नो काम टीममा विभाजन गरेँ। जस्तो म निर्वाचित भएर आएपछि पदाधिकारीहरुलाई विभिन्न जिम्मेवारी दिएँ।
उद्योग वाणिज्य महासंघमा विभिन्न १६ वटा समितिहरू छन्। त्यसमा सभापतिको रूपमा काम गर्नेहरु पनि महासंघको काम कारवाहीमा जिम्मेवार हुनुहुन्छ। मैले सबैलाइ जिम्मा दिएर कामको विकेन्द्रीकरण गरे। र, कामलाइ अगाडि बढाएँ।
त्यो तपाइँको समीक्षा भयो। तर तपाइँको कार्यकाल विधान संशोधनमै रुमलियो भन्ने पनि छन्। र त्यही विधान संशोधनकै मुद्दामा अल्झिँदा एफएनसिसीआइले आफ्ना एजेण्डा उठाउनै सकेन भन्ने प्रश्न पनि उठे ?
उद्योग वाणिज्य महासंघ भनेको ऐतिहासिक संस्था हो। विभिन्न राजनीतिक परिवर्तनमा समेत महासंघको ठूलो भूमिका छ। प्रजातन्त्र र लोकतन्त्र ल्याउनका लागि समेत महासंघको भूमिका थियो। राजनीतिक स्थिरता भयो भने मात्रै आर्थिक समृद्धि हुन सक्छ।
र, आर्थिक एजेण्डा उठ्छ भन्ने विश्वासमा हामीले परिवर्तनमा साथ दिएका हौं। एउटा ठूलो संस्थामा राजनीति अलिकति हुन्छ पनि। विधान संशोधन पनि भइरहेको हुन्छ। विधान भनेको समय सापेक्ष हुनुपर्छ पनि। कहिले १० वर्षसम्म पनि गर्न नपर्ला भने कहिले हरेक वर्ष गर्नुपर्ने आवश्यकता देखिन्छ।
मुलुक संघीयतामा गएपछि हाम्रो विधानलाइ पनि संशोधन गर्न अति नै जरुरी थियो। त्यतिबेला विधान संशोधन गर्दा धेरै कुराहरु छुटेका पनि थिए। प्रादेशिक संरचनामा गर्नुपर्ने काम र त्यहाँ भएका नगर/जिल्ला उद्योग वाणिज्य संघलाइ समेट्नुपर्ने प्रावधानका कुरामा विधान संशोधन गर्नुपर्ने आवश्यकता अहिले पनि छ।
विधान संशोधनको केही बुँदाले नकारात्मक सन्देश दियो होला, तर केही बुँदाले संस्थालाइ कसरी बलियो बनाउन सकिन्छ भन्नेमा हामीले धेरै छलफल गर्थ्यौं। विधान संशोधनमै अल्झिएर संस्था अघि नबढेको होइन, थुप्रै कामहरु यो कार्यकालमा भएका छन्। विदेशसँग आर्थिक सम्बन्ध बलियो बनाउने कुरा, परियोजनाका कुरा, नयाँ कार्यक्रम पनि आएका छन्। कतिपय कुरा सरकारसँग गर्दा सम्बोधन पनि भएको छ। कतिपय राम्रा नीतिहरु पनि आएका छन्। त्यो भनेका क्रमबद्ध रूपमा चलिरहने पनि हो। सरकारसँगको सहकार्य पनि राम्रो भएको जस्तो मलाइ लाग्छ।
अस्तिसम्म अलिकति निर्विरोधको सम्भावना देखेको थिएँ। निर्वाचनको घोषणा पनि भएको थिएन र आफ्नो स्वघोषणा मात्रै गरिएको थियो। सामूहिक घोषणा हुनुभन्दा अघि केही सम्भावना थियो। तर अहिले चाँही सम्भावना कम भएको त छ। तर मेरो प्रयास भने अन्तिमसम्म पनि मिलेर जानुपर्छ भन्ने नै हुन्छ।
+++
तपाइँको कार्यकालमा बहालवाला कोषाध्यक्षले नै कृषि उद्यम केन्द्रमा भ्रष्टाचार भएको छ भन्दै राजीनामा दिनुभयो, त्यो मुद्दा अख्तियारसम्म पुग्यो। यसले महासंघलाई नैतिक रूपमा थप प्रेसर पार्यो होइन ?
कुनै पनि संस्थामा केही समस्या भयो भने भित्र छलफल हुन्छ। कुनै पनि व्यक्ति महासंघमा सदस्य भएर गइसकेपछि कुनै कुरामा असन्तुष्टी छ भने कार्यसमिति भित्र छलफल हुन्छ र गरिन्छ।
म पनि महासंघमा १५/१६ वर्ष बसेँ। यो अवधिमा धेरैपटक यस्ता कुराहरु उठेका पनि थिए। त्यस्ता विषयमा कार्यसमितिमै छलफल हुन्थ्यो र समाधान पनि निस्किन्थ्यो। त्यसकारण कुनै पनि सदस्य वा व्यक्तिले आफू बसेको संस्थालाइ नै कमजोर पार्नु राम्रो हुँदैन। कृषि उद्यम केन्द्र भनेको कृषिको व्यवसायिकरणका लागि स्थापना गरिएको संस्था हो।
केन्द्रमा विभिन्न गैरसरकारी संस्था र नेपाल सरकारको सहकार्यमा काम हुँदै आएको छ। यो परियोजना मेरो कार्यकालभन्दा अगाडिदेखिको हो। हामीले जिल्ला-जिल्लामा गएर ‘एक जिल्ला एक उत्पादन’ का कार्यक्रम संचालन गरेका थियौं। विभिन्न कारणले त्यहाँ केही बेरुजुहरु देखियो।
बेरुजु भ्रष्टाचार हुन सक्दैन। सरकारको पनि बेरुजु हुन्छ। कार्यक्रम नसकेसम्म रकम फर्छ्यौंट हुँदैन्, त्यही बेरुजुलाई भ्रष्टाचार भनेर ठूलो रूप बनाइयो। यो मुद्दा अख्तियारसम्म पुग्यो। त्यहाँबाट समेत हामीले क्लियरेन्स पाइसकेका छौं।
योसँगै पछिल्लोपटक एफएनसिसीआइमा पारदर्शीता भएन भन्ने मुद्दा पनि उठ्यो। साँच्चिकै पारदर्शीता छैन् ?
एफएनसिसीआइ जस्तो संस्थामा ‘ट्रान्सप्यारेन्सी’ भएन भने के होला त ! हरेक कुरा कार्यसमितिमा छलफल हुन्छ। ‘अडिटिङ’ को कुराहरु पनि निस्किएको छ। हामीले यो सबै विषय साधारणसभामा राख्ने पनि गर्छौं। ‘ट्रान्सप्यारेन्सी’ नभइ यस्तो ठूलो संस्था चल्छ जस्तो लाग्दैन। ‘अडिट रिर्पोट’ साधारणसभाबाट नै अनुमोदन गरिएको हुन्छ। मेरो पालामा ‘अडिटिङ’ र ‘ट्याक्स क्लियरेन्स’ अझै राम्रो बनेको छ। त्यसमा म दाबीका साथ भन्न पनि सक्छु- ‘वित्तीय प्रतिवेदनलाइ अझै सुधारेर राम्रो बनाएको पनि छु’
अब आउने टीम मेरै टीम हो। मैले सबै मिलेर जानुपर्छ भनेर मिलाउनमै लागिरहेको छु। वरिष्ठदेखि अरु सबै पदाधिकारी मिलेर जानुपर्छ भन्ने कुरामा मेरो भूमिका अन्तिम समयसम्म पनि रहनेछ। त्यही कारण म कुनै घोषणामा गएको पनि छैन र जाँदा पनि जान्न। मैले कसरी मिलाउने भन्नेतर्फ भने पहल गर्दैछु।
+++
त्यसो भए यो मु्द्दा तपाइँको कार्यकालको अन्तिमतिर साधारणसभा आउँदै गर्दा किन उठ्यो ?
म जब वरिष्ठ उपाध्यक्षबाट अध्यक्ष भएँ, त्यो बेला महासंघलाइ अझै ‘बेटर’ बनाउँ भन्ने यही टीम थियो। संस्थागत सुधारका लागि एउटा व्यक्ति मात्रै होइन सबै जना जिम्मेवार हुनुपर्छ भनेर हामीले काम थालेको हो। म वरिष्ठ उपाध्यक्ष हुँदा मैले धेरै नै ‘एक्टिभ’ भएर काम गरेँ। परियोजनाहरु लिएर आएँ।
त्यसपछि अध्यक्ष भएपछि मैले कार्य विभाजनहरु गरें। पहिलो कार्यसमिति बैठकमै वरिष्ठ उपाध्यक्षलाइ विज्ञ समूह गठन गर्नुस भनेर जिम्मा दिएँ। ‘ह्युमन रिर्सोस’ हेर्नुस भनेर जिम्मा दिएँ। वस्तुगतका लागि त्यसकै उपाध्यक्षलाइ जिम्मा दिएँ। जिल्लातर्फको पनि जिल्लाकै उपाध्यक्षलाइ जिम्मा दिएँ भने एशोसिएटको जिम्मा पनि एशोसिएटको उपाध्यक्षलाइ दिएको हो।
अहिलेको वरिष्ठ उपाध्यक्षलाई हामीले ‘डायनामिक’ देखेर विश्वास गरेर हाम्रो टीममा राखेका थियौं। त्यही भएर ‘एचआर’ र ‘थिंक ट्यांक’ बनाउने जिम्मा पहिलो बैठकबाट उहाँलाई दिएको कुरा माइन्युटमा नै छ। मेरो बुझाइ के छ भने नेतृत्व लिने व्यक्तिले आफ्नै संस्थाको बारेमा कुरा काट्यो भने त्यसले संस्थालाई हित गर्ला ? व्यक्तिलाई हित गर्ला ?
एफएनसिसीआइको एउटा ‘अर्गनाइजेशन’ स्ट्रक्चर’ छ, त्यसमा सामूहिक नेतृत्वको कुरा होला। तर सबैले आ-आफ्नो भूमिकालाइ ग्रहण नगरेर सबै समस्याको पोको तपाइँको जिम्मेवारीमा थोपर्ने काम भइरहेको छ। यसलाइ कसरी हेरिरहनुभएको छ ?
म टीम वर्कमा विश्वास गर्छु। सबैले आफ्नो/आफ्नो काम गर्यो भने सफल हुन्छ। एउटा परिवारमा सबैले आआफ्नो काम गर्यो भने त्यो परिवारको भविष्य पनि राम्रो हुन्छ। त्यस्तै गरेर संघसंस्थामा पनि जो-जसलाइ जे जिम्मा दिइएको छ, त्यो जिम्मेवारी पूरा गर्नुपर्ने कर्तब्य पनि हुन्छ। मेरो पालामा कति समितिले एकदमै राम्रोसँग काम गरेको पनि छ। कतिपय व्यक्तिले समितिमा नरहेर पनि एक्स्ट्रा काम गरेका छन्। कतिपय समितिले एकपटक पनि बैठक गर्न पनि सकेनन्। त्यसैले सबै राम्रो कामको जस महासंघका पदाधिकारीको हुन्छ, कहीँ कतै केही खराब भएका छन भने त्यसको जिम्मेवारी पनि सामुहिक हुनुपर्छ।
मेरो अनुभव के हो भने वरिष्ठ उपाध्यक्ष जो भविष्यको कन्फर्म अध्यक्ष हो, उ अझै जिम्मेवार हुनुपर्छ। मेरो बेलामा वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने निश्चित पनि थिएन। तर अध्यक्षमा पुग्नका लागि काम गर्नुपर्छ भनेर मैले पनि काम गरेकी हुँ। अहिलेको वरिष्ठ उपाध्यक्ष भनेको भोलिको अध्यक्ष भएकाले उहाँसँग पनि ठूलो जिम्मेवारी छ।
त्यसपछि मात्रै अरु पदाधिकारी र समितिका सदस्यहरुको भूमिका हुन्छ। संस्थालाइ राम्रो गर्न अध्यक्षको मात्रै होइन सम्पूर्ण कार्यसमितिको महत्वपूर्ण योगदान हुनुपर्छ।
हामीले वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुँदा राजनीति हुँदैन भन्ने जुन सोच राखेका थियौं। र, चुनावमा चलखेल हुँदैन कि भन्ने सोचेका थियौं। तर त्यो कताकता ठीक होइन कि जस्तो पनि मलाइ ‘फिल’ भएको छ।
+++
महासंघलाई डोनर र सरकारले पनि पत्याउन छोड्यो भन्ने आरोप लागेको छ ?
म महासंघको उपाध्यक्ष हुँदादेखि नै ‘एक्टिभ’ थिएँ। किनभने म कार्यसमिति हुँदादेखि नै आफ्नो भूमिका हुन्छ भन्ने जानकारी थिएँ। कुनै पनि ‘पोजिसन’मा बसेपछि त्यसको ‘जस्टिफाइ’ गर्नुपर्छ। कार्यसमितिमा पहिलो महिला चुनाब लडेर आएको हो।
मैले त्यो बेलामा अधिकतम मतले जितेँ पनि। त्यो बेलामा मैले महिला समिति हेर्थेँ। महिला समितिको सभापतिमा ठूलै ‘प्रोजेक्ट’ ल्याएर कार्यक्रम समेत गरेँ। त्यही कामले गर्दा सबैले उपाध्यक्षमा जिताउनु पनि भयो। त्यसपछि म वरिष्ठ उपाध्यक्ष भएँ।
त्यो बेलामा अध्यक्ष बन्छु भनेर धेरै काम पनि गरेँ। कृषि उद्यम केन्द्रको अध्यक्षको रूपमा एक अर्ब रुपैयाँको ‘प्रोजेक्ट’ लिएर आएँ। ती ‘प्रोजेक्ट’हरु जिल्लामा दिएँ। त्यसमा म गर्व पनि गर्छु किनभने कृषि उद्यम केन्द्रबाहेक अरू ‘प्रोजेक्ट’ समेत मैले लिएर आएको छु। म अध्यक्ष भएपछि ४५/५० करोडको प्रोजेक्ट आएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनको नयाँ परियोजना आएको छ।
जिआइजेडको समेत प्रोजेक्ट आएको छ। सरकारी क्षेत्रमा पनि पहिला महासंघको सिधै केन्द्रमा बजेट आउँथ्यो अहिले भने प्रदेश सरकारमार्फत प्रदेशको महासंघमा पैसा जाने गरेको छ। प्रदेश नम्बर १ मा २०/२५ करोड र सुर्खेतमा भर्खरै सम्झौता भएको छ। स्वीस कोअपरेसनबाट ‘स्कील डेभलपमेन्ट’का लागि २५ करोडको प्रोजेक्ट आउँदैछ। नयाँ कार्यक्रम पनि आएको छ र पुरानोले पनि निरन्तरता पाएको छ।
अहिलेका वरिष्ठ उपाध्यक्षको एउटा ‘प्रस्पेक्टिभ’ हुन सक्ला कि म स्वभाविक अध्यक्ष थिएँ। तर विधान संशोधनको चक्करले काम गर्न पाइएन। अन्तिम समयसम्म पनि एउटा समूहको विधान संशोधन गरेर वरिष्ठलाइ अध्यक्ष बनाउन नदिने खेल थियो। त्यो परिस्थितिलाई कसरी हेर्नु हुन्छ ?
त्यो समूहमा म थिइन्। महासंघमा धेरै राजनीति भयो भनेर वरिष्ठ उपाध्यक्षलाइ स्वत: अध्यक्ष बनाउने प्रावधान ल्याइएको थियो। यो पूर्वअध्यक्ष सुरज वैद्यको पालादेखि नै उठेको विषय थियो। त्यो बेला म उपाध्यक्ष थिएँ। यसका लागि धेरै मेहनत पनि भयो। निर्वाचन सकिनेवित्तिकै राजनीति सुरु हुने परिस्थितिलाई अन्त्य गर्न वरिष्ठ उपाध्यक्षलाइ अध्यक्ष बनाउने प्रावधान ल्याइएको थियो। वरिष्ठ उपाध्यक्ष भएपछि तटस्थ भएर बस्छ। र, आफ्नो नेतृत्व सम्हाल्छ भन्ने परिकल्पना थियो।
मैले पनि १५ वर्षदेखि जिल्ला हुँदै आफ्नो भूमिका निभाएर नै अध्यक्ष भएको हो। साताको तीन दिन म जिल्लामा हुन्थे। विधान संशोधनको कुरा गर्दा उहाँ काम गर्न सक्ने व्यक्ति हो भनेर सबैले मलाई सहयोग गर्नुभएको हो। मुलुक संघीय संरचनामा गएको हुनाले हाम्रो पनि विधान संशोधन गर्नुपर्छ भन्ने कुरा साधारणसभामा उठेको हो। वरिष्ठलाइ अध्यक्ष बनाउनेभन्दा अध्यक्षमै निर्वाचन गर्नुपर्छ भन्ने पनि कुरा आयो। वरिष्ठ एक्टिभ हुँदैन कि भनेर त्यो बहस उठेको थियो।
तर त्यो विषय उठेको पहिलो दिनदेखि नै मैले अहिले हुनेवाला अध्यक्षलाइ भनेको थिएँ- म तपाइँलाइ साथ दिन्छु। तपाइँको पालामा विधान संशोधन हुँदैन। यदि भयो भने पनि सबैको इच्छाअनुसार वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने व्यवस्थाको कार्यान्वयन अर्को कार्यकालबाट गर्नुपर्छ।
किनभने हाम्रो ‘होल बडी’ भनेकै साधारणसभा हो। ‘सुप्रिमो बडी’ भनेको साधारणसभा हो। साधारणसभाबाट विधान समिति बनेको हो, यो कार्यसमितिबाट बनेको पनि होइन। जिल्ला धेरै भएकाले दुइवटा उपाध्यक्ष राख्नुपर्छ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ पनि धेरै भएकाले उनीहरुको ‘क्राइटेरिया’ परिवर्तन गर्नुपर्छ, गाउँ तहलाइ समेत ‘इन्ट्याक्ड’ राख्नका लागि विधानमा परिवर्तन गर्न आवश्यक भएकाले विधान संशोधन समिति बनेको हो।
तर जुन वरिष्ठको विवादास्पद मुद्दा थियो, त्यसमा मैले जहिले पनि तपाइँ (शेखर गोल्छा) का लागि म साथ दिन्छु भनेको थिएँ। जिल्ला, वस्तुगतको चाहना भए पनि अध्यक्षको निर्वाचन हुने गरि विधान संशोधन भएमा तपाइँ पछि मात्रै गर्नेगरि अगाडि बढाउँछु भनेको थिएँ। र, अन्तिम समयसम्म पनि म मेरो भनाइमा अडिग भएर बसेँ।
सरकारसँग ‘डाइलग’का पनि विभिन्न तरिका हुन्छन्। कहिलेकाँही सरकारसँग सडकमा आएर पनि लड्नुपर्ने हुन्छ। कहिलेकाँही टीममा ‘डाइलग’ गरेर पनि आफ्नो कुरा प्राप्त हुन्छ भने सडकमा उत्रिनुपर्छ भन्ने छैन। निजी क्षेत्रले छलफलको माध्यमबाट समाधान निकाल्नुपर्छ भन्ने मान्यता पनि राख्छ।
+++
त्यो मुद्दालाई जसरी तपाइँले ‘ट्याक्टफूल्ली डाइलुड’ गरिदिनुभयो। त्यो विषयमा तपाइँको प्रशंसा हुनुपर्ने हो। तर आजभोलि तपाइँको आलोचना भइरहेको छ ?
कुनै पनि परिवारमा बाबुआमाको आलोचना गर्नु भनेको आफ्नै आलोचना गर्नु हो। आफ्नै परिवारको आलोचना गर्नु हो। आफ्नो घर वा संस्थालाइ बलियो बनाउनु सबैको जिम्मेवारी हुन्छ।
उहाँ त एउटा काम गर्न सक्ने व्यक्तिको रूपमा लिन्छु। अब आउने अध्यक्ष ‘डायनामिक’, बोल्न सक्ने र ‘इन्स्टिच्यूसन’लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि ‘लिड’ गर्न सक्ने भनेर मैले पनि हेरेको छु। त्यसकारण म अरुको कुरा गर्नुभन्दा आफ्नो कुरा गर्छु।
बाबुआमालाई कमजोर बनायो भने आफैं कमजोर हुन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ। म सँधै भन्ने गर्छु सकारात्मक सोच राखौं। सधै सकारात्मक सोच राखेर अघि बढ्नुपर्छ। जहिले पनि म ‘नेगेटिभ’ कुरालाइ ‘पोजेटिभ’ रूपमा लिन्छु।
तर तपाइँको त्यही ‘पोजिटिभिटी’ कमजोरीका रूपमा ‘प्रिजेन्ट’ गरिएको छ। सरकारसँगको ‘डाइलग’मा वा सबैभन्दा ठूलो संजाल भएको व्यवसायिक संस्थाको अध्यक्षको ‘पोजेटिभिटी’ले काम गरेन्। सरकारसँग हामी लड्नुपर्थ्यो। सरकारसँगको भिड्न सकेन् भन्ने पनि छ नी ?
सरकारसँग ‘डाइलग’का पनि विभिन्न तरिका हुन्छन्। कहिलेकाँही सरकारसँग सडकमा आएर पनि लड्नुपर्ने हुन्छ। कहिलेकाँही टीममा ‘डाइलग’ गरेर पनि आफ्नो कुरा प्राप्त हुन्छ भने सडकमा उत्रिनुपर्छ भन्ने छैन। निजी क्षेत्रले छलफलको माध्यमबाट समाधान निकाल्नुपर्छ भन्ने मान्यता पनि राख्छ।
सरकारसँग छलफल गरेर थुप्रै समस्याको हल पनि भएको छ। भिसीटिएसको कुरामा जिल्लाबाट आन्दोलन नै भएको थियो। त्यो समस्या समाधानका लागि हामीले सम्माननीय प्रधानमन्त्रीलाई रातविरात भेटेर समिति बनाएका थियौं। र, त्यसबाट समस्या समाधान पनि भएको छ। बैंक ब्याजदर र मजदुरको न्यूनतम पारिश्रमिकको विषयलाइ वार्ताकै माध्यमबाट समाधानको प्रयास भएको छ।
अहिले पनि सामाजिक सुरक्षाको कुरालाइ ‘फेजवाइज’ गर्नुपर्छ भनिरहेका छौं। कुनै बेला सडकमा जानुपर्ने अवस्था रहँदा पूर्वअध्यक्षहरुले त्यो पनि गर्नु भएको थियो। तर अहिले हामीले वार्ताका माध्यमबाट हाम्रा मुद्दालाइ सम्बोधन गरिरहेका छौं।
तर यही कुरालाइ कतिपयले कमजोरीका रूपमा ब्याख्या गरेर एफएनसिसीआई कमजोर भयो। त्यही भएर प्रतिस्पर्धी संस्था नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श बलियो भयो भन्ने तर्क गर्छन् ?
प्रजातन्त्र र लोकतन्त्रमा संस्थाहरु आउँछन् त्यसलाइ रोक्न सकिदैन्। तर उद्योग वाणिज्य महासंघलाइ कुनै पनि संघ, संस्थासँग म दाँज्न चाहन्न। किनभने नेपालमा सरकार र द्वन्द्वरत पक्षसँग वार्ता हुन नसक्ने अवस्थामा महासंघमा बोलाएर वार्ता गराइएको पनि इतिहास छ।
हरेक जिल्लाहरुमा २० वर्ष स्थानीय सरकार नहुँदा महासंघले आर्थिक रुपान्तरणमा भूमिका खेलेको छ, स्थायी सरकार ल्याउन भूमिका खेलेको छ, संविधान ल्याउनका लागि खेलेको भूमिकाले गर्दा महासंघको छुट्टै पहिचान पनि छ।
बाबुआमालाई कमजोर बनायो भने आफैं कमजोर हुन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ। म सँधै भन्ने गर्छु सकारात्मक सोच राखौं। सधै सकारात्मक सोच राखेर अघि बढ्नुपर्छ। जहिले पनि म ‘नेगेटिभ’ कुरालाइ ‘पोजेटिभ’ रूपमा लिन्छु।
+++
एफनएसिसीआइ ‘मोर पोलिसी डाइलग’मा, उद्योगी व्यापारीको ‘कोर इस्यु’लाई समाधान गर्न वा ‘इन्स्टिच्युसनल मेमोरी’ बढाउने कुरामा अलि कमजोर भयो जस्तो लाग्दैन?
मलाइ त खासै त्यस्तो लाग्दैन। जुन कुरा हामीले पहिलेदेखि नै गरिरहेका छौं, त्यसलाई नै निरन्तरता दिइरहेका छौं। ‘इन्स्टिच्युसनल मेमोरी’लाई कसरी ‘बेटर’ गर्न सकिन्छ भनेर लागेका छौं।
त्यही भएर ‘एचआर’को जिम्मा वरिष्ठ उपाध्यक्षलाइ दिएको हो। सातवटा प्रदेशमा गएर आर्थिक बहस समेत गर्यौं। हरेक मुख्यमन्त्री र प्रदेश सरकारसँग हामीले सम्झौता समेत गर्यौं। कुनै प्रदेशमा आर्थिक कुरा गर्दा त्यहाँको उद्योग वाणिज्य महासंघसँग सहकार्य गर्ने सम्झौता भएको छ।
अस्ति भर्खरै मात्रै पनि सुर्खेतमा प्रदेश भवन उद्घाटन गर्यौं। मुलुक संघीय संरचना गएपछि त्यस अनुसार रुपान्तरण गरेर प्रदेशका उद्योग वाणिज्य महासंघका सभापतिहरूलाई बलियो बनाएर लगेका छौं। प्रदेशले नै आफ्नो जिल्ला-नगरका उद्योग वाणिज्य संघलाइ हेर्नुपर्छ भनेर आर्थिक र कार्य विभाजनको विकेन्द्रीकरण गरेर लगेका छौं।
विदेशमा पनि महासंघलाई बलियो बनाउने काम भएको छ। फ्रान्ससँग व्यवसायिक प्रतिनिधिमण्डल बोलाएर व्यापारिक सम्बन्ध गाँस्ने काम गर्यौं। भारतसँग हामीले ठूला कार्यक्रम पनि गर्यौं। भारत लगानी गर्नसक्ने र लगानी विस्तार गर्नसक्ने छिमेकी मुलुक पनि हो। यही बेलामा हामीले उत्तर प्रदेशको मुख्यमन्त्री भेटेर सीमा क्षेत्रको व्यापार अभिवृद्धिका लागि छलफल गर्यौं। हामी चीनमा समेत गएर लगानी प्रवर्द्धनको काम गरेका छौं। सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमणमा गएर समेत आर्थिक सम्वन्ध विस्तारका लागि काम गरेका छौं।
तपाइँको कार्यकालमा सबै भन्दा ‘क्रिटिकल’ समय र मुद्दा कुन भयो ? जुन व्यवस्थापन गर्न धेरै नै कठिन भएको थियो। त्यो मिलाउँदा संस्थाको साखलाई कायम राख्न महत्वपूर्ण भूमिका खेल्नुभयो ?
विधान संशोधनको मुद्दा नै सबैभन्दा ‘टफ’ थियो। साना मसिना कुरा पनि विधान संशोधनबाट गर्नुपर्ने थियो। विधान संशोधन नगर्दा प्रदेशलाइ समस्या परेको थियो। तर विधान संशोधनमा जुन वरिष्ठको कुरा आएको थियो, त्यो एकदमै ‘टफ’ थियो।
किनभने, थुप्रै साथीहरुले अध्यक्षमा प्रत्यक्ष निर्वाचन गर्नुपर्छ भनेका थिए। यति ठूलो संस्थामा अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुनुपर्छ भन्ने आवाजहरु आएका थिए। आफू अध्यक्ष भइसके भन्ने सोचले वरिष्ठले काम गर्दैन कि भन्ने कुराले एकदमै ‘प्रेसर’ थियो।
कार्यसमिति भित्र पनि ‘प्रेसर’ थियो भने बाहिर पनि थियो। त्यो कुरामा मलाइ विश्वास थियो, मैले प्रतिबद्धता गरेको कुरालाइ निरन्तरता दिन्छु। त्यो मिलाउन सकेको कुरामा ठूलो उपलब्धि हो जस्तो लाग्छ। यो निर्णयले गर्दा महासंघको गरिमा र साखलाइ बचाउन सकेजस्तो मलाइ लाग्छ।
तर त्यो विषय उठेको पहिलो दिनदेखि नै मैले अहिले हुनेवाला अध्यक्षलाइ भनेको थिएँ- म तपाइँलाइ साथ दिन्छु। तपाइँको पालामा विधान संशोधन हुँदैन। यदि भयो भने पनि सबैको इच्छाअनुसार वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने व्यवस्थाको कार्यान्वयन अर्को कार्यकालबाट गर्नुपर्छ।
+++
केही समयपछि तपाइँको कार्यकाल सकिँदैछ। अहिले एफएनसिसीआइमा भइरहेको राजनीतिलाई कसरी हेरिरहनुभएको छ ?
वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधानका पछाडि एफएनसिसीआइमा राजनीति नहोस् भनेर ल्याइएको थियो। मैले पाँच कार्यकाल भिन्न अध्यक्षसँग काम गरेको छु। निर्वाचन भएको भोलिपल्टदेखि चुनावको टीम बनिहाल्ने परिपाटी थियो। तीन वर्ष पछाडि को उठ्ने भनेर टीम बन्थ्यो।
राजनीति नहोस् र वरिष्ठ उपाध्यक्ष भएपछि पूर्ण रूपमा काम गर्छ र अध्यक्षको हरेक कुरालाई ‘सर्पोट’ गर्छ भन्ने सोचबाट यो प्रावधान ल्याइएको थियो। वरिष्ठ उपाध्यक्ष कुनै राजनीति नगरी बस्छ भन्ने सोच थियो। तर कताकता यसमा पनि ‘पोलिटिक्स’ छ कि जस्तो ‘फिल’ भइरहेको छ।
एफएनसिसीआइको कार्यसमितिले निर्वाचनको घोषणा गरेको छैन। तर यो घोषणा हुनुपूर्व नै प्यानल बनाएर निर्वाचनमा होमिइसकेका छन्। त्यसलाई कसरी हेर्नुभएको छ ?
हामीले वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुँदा राजनीति हुँदैन भन्ने जुन सोच राखेका थियौं। र, चुनावमा चलखेल हुँदैन कि भन्ने सोचेका थियौं। तर त्यो कताकता ठीक होइन कि जस्तो पनि मलाइ ‘फिल’ भएको छ।
यही बीचमा के प्रसंग आएको छ भने केन्द्रको चुनाव गर्नु अघि प्रदेशको चुनाव दुई महिनाअघि नै सम्पन्न हुनुपर्ने विधानमा व्यवस्था छ। त्यो व्यवस्था परिपालना भएन। त्यसकारण केन्द्रको चुनाव चैत २८ गते गर्नुहुँदैन भनेर उजुरी समेत परेको छ। यसलाइ कसरी हेरिरहनु भएको छ ?
चैत २८ गते साधारणसभा र निर्वाचन दुवै हुनुपर्छ भन्नेमा म छु। हाम्रो विधानमा केन्द्रको निर्वाचनको अगाडि प्रदेशको हुनुपर्छ भन्ने छ।
तर एउटा बुँदामा के छ भने कथमंकदाचित केही भयो भने त्यसको एक महिना पछि गर्ने भन्ने पनि छ। तर मैले विधानअनुसार सातैवटा प्रदेशलाइ साधारणसभा र निर्वाचन गर्नुस् भनेर चिठ्ठी काटेर पठाइसकेको अवस्था छ। तर त्यो चुनाव रोक्ने मनसायले मुद्दा हाल्ने संस्थाका लागि पनि राम्रो हुँदैन। राम्रोसँग निर्वाचन गरेर नयाँ कार्यसमितिलाइ पद हस्तान्तरण गर्दा नै राम्रो हुन्छ।
अब चुनाव नजिकै छ। चुनावका लागि दुइवटा खेमामा बाँडिइसकेको छ। एउटा समूहले औपचारिक घोषणा गरिसकेको छ, अर्को गर्ने तयारीमा छ। यो चुनावमा तपाइँको भूमिका के रहन्छ ?
अब आउने टीम मेरै टीम हो। मैले सबै मिलेर जानुपर्छ भनेर मिलाउनमै लागिरहेको छु। वरिष्ठदेखि अरु सबै पदाधिकारी मिलेर जानुपर्छ भन्ने कुरामा मेरो भूमिका अन्तिम समयसम्म पनि रहनेछ। त्यही कारण म कुनै घोषणामा गएको पनि छैन र जाँदा पनि जान्न। मैले कसरी मिलाउने भन्नेतर्फ भने पहल गर्दैछु।
कुनै पनि संस्थामा केही समस्या भयो भने भित्र छलफल हुन्छ। कुनै पनि व्यक्ति महासंघमा सदस्य भएर गइसकेपछि कुनै कुरामा असन्तुष्टी छ भने कार्यसमिति भित्र छलफल हुन्छ र गरिन्छ।
+++
‘युनाइटेड’ एफएनसिसीआइको पक्षमा तपाइँ लागिरहनु भएको छ त्यसो भए ?
म महासंघ गएदेखि नै ‘युनाइटेड’ एफएनसिसीआइको पक्षमा छु। मलाइ कतिपयले ‘ब्लेम’ पनि गरेका छन्, दुई जनालाइ मिलाउन कति धेरै कोशिश गर्नुहुन्छ भनेर।
उपाध्यक्ष हुँदा एउटामा बस्नुपर्यो भन्ने पनि दबाब मलाइ आउने गरेको थियो। कार्यकाल दुई वर्षको गरे पनि हुन्छ, तर मिलेर जानुपर्छ भन्ने मान्यतामा म छु। यो गर्दा सबैले नेतृत्वमा पुग्न पाउँछ भन्दै आएको पनि छु। त्यही भएर अहिले हरेक पदमा मिलाउने कोशिश भइरहेको छ।
चुनावको घोषणा भइसकेको अवस्थामा पदाधिकारी निर्विरोध बन्ने सम्भावना कतिको देख्नुहुन्छ ?
अस्तिसम्म अलिकति सम्भावना देखेको थिएँ। निर्वाचनको घोषणा पनि भएको थिएन र आफ्नो स्वघोषणा मात्रै गरिएको थियो।
सामूहिक घोषणा हुनुभन्दा अघि केही सम्भावना थियो। तर अहिले चाँही सम्भावना कम भएको त छ। तर मेरो प्रयास भने अन्तिमसम्म पनि मिलेर जानुपर्छ भन्ने नै हुन्छ।
त्यसो भए कुनै पनि खेमाको मञ्चमा तपाइँको उपस्थिति हुँदैन ?
मेरो कुनै पनि मञ्चमा उपस्थिति हुँदैन र हुनु पनि हुँदैन।
एफएनसीसीआइमा पूर्व अध्यक्षको भूमिकालाई लिएर सधै प्रश्न उठ्ने गर्छ। कतिपयले पूर्वअध्यक्षलाई ‘एक्स्ट्रा ब्यागेज’ भनेर भनिरहेका छन्। पूर्वअध्यक्षहरु भने हाम्रो एफएनसिसीआइमा भूमिका भएन भन्ने गर्छन्। त्यसलाई तपाइँ कुन रूपमा हेर्नुहुन्छ ?
एफएनसिसीआइमा पूर्वअध्यक्षको विभिन्न ठाउँहरु छन्। सबैभन्दा वरिष्ठ पूर्वअध्यक्षलाई सल्लाहकार समितिको संयोजक बनाउँछौं। अहिले त्यो समितिको संयोजकमा महेशलाल प्रधान हुनुहुन्छ। नेपाल-चीन फोरममा रविभक्त श्रेष्ठ, सार्क चेम्बर अफ कमर्शमा चण्डीराज ढकाल, क्यासीमा प्रदीप श्रेष्ठ हुनुहुन्छ।
उहाँहरुले आफ्नो आफ्नो भूमिका गरिरहनुभएको छ। काम गर्न चाह्यो भने जहाँ बसेर गर्दा पनि हुन्छ। पूर्वअध्यक्षहरुको पनि आफ्नो ठाउँमा आफ्नै किसिमको भूमिका छ। महासंघलाई केही सल्लाह, सुझाव चाहियो भने सल्लाहकार समितिमार्फत सल्लाह दिन सक्ने ठाउँहरु छन्।
पूर्वअध्यक्षलाई एफएनसीसीआइको ‘एक्टिभ पोलिटिक्स’मा ल्याउनु ठीक हो कि होइन ?
उहाँहरु एक्टिभ पोलिटिक्स गर्नु हुँदैन भन्ने मेरो धारणा छ। उहाँहरुले समस्या आउँदा बसेर मिलाउनुपर्छ।
तपाइँ निर्वतमान हुँदै हुनुहुन्छ। तपाइँको भूमिका के हुन्छ ?
मैले आउने अध्यक्षलाइ पूर्ण रूपमा सहयोग गर्दै उहाँको कार्यकाल सफल बनाउन निर्वतमानको हैसियतले चाहिने सहयोग गर्छु। म दाबाका साथ भन्छु- ‘मेरो सरकारी, गैरसरकारी र जिल्लाहरुसँग राम्रो सम्बन्ध छ।’ त्यस कारण पनि संस्था र उहाँलाइ सफल बनाउन मेरो पूर्ण रूपमा सहयोग रहन्छ।