७६ हजार प्रतितोलाबाट सस्तिएन सुन, चाँदीको मूल्य पनि स्थिर रहेर ८ सय ८० मा कारोबार

बिजमाण्डू
२०७६ फागुन २ गते १२:३८ | Feb 14, 2020
७६ हजार प्रतितोलाबाट सस्तिएन सुन, चाँदीको मूल्य पनि स्थिर रहेर ८ सय ८० मा कारोबार

Tata
GBIME

काठमाडौं। साताको छैटौं दिन शुक्रबार सुनको मूल्य स्थिर रहेर प्रतितोला ७६ हजार रुपैयाँ छ। गत आइतबार, सोमबार, मंगलबार र बिहीबार गरि यो सातामा सुन प्रतितोला ७६ हजार भएको शुक्रबार चौथोपटक हो।

बुधबार भने तीन सय घटेर ७५ हजार ७ सयमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा भाउ नघटेकाले नेपाली बजारमा असर परेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। केही समययता भाउ नघट्दा नेपाली बजारमा कारोबारमा मन्दी छ।

 
त्यसैगरि चाँदीमा पनि कारोबारको अवस्था सुन जस्तै रह्यो। आइतबार, सोमबार र मंगलबार जस्तै शुक्रबार प्रतितोला ८ सय ८० रुपैयाँमा छ। गत बुधबार भने ५ रूपैयाँ घटेर ८ सय ७५ रूपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार विहानसम्म सुन प्रतिऔंस १५७८.१० डलरमा कारोबार भइरहेको थियो ।