सेयर बजार १.३९ अंकले घट्यो, १७२ कम्पनीको कारोबार हुँदा हिमालयन डिस्टिलरी सबैभन्दा अघि

बिजमाण्डू
२०७६ फागुन १ गते १६:०६ | Feb 13, 2020
सेयर बजार १.३९ अंकले घट्यो, १७२ कम्पनीको कारोबार हुँदा हिमालयन डिस्टिलरी सबैभन्दा अघि

Tata
GBIME
Nepal Life

काठमाडौं। कारोबारको पाँचौ दिन सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज १.३९ अंकले घटेको छ। बिहीबार सेयर बजार घटेर १३४४.५९ विन्दुमा आइपुगेको हो।

करिब १ सय ७२ कम्पनीका ३७ लाख २० हजार ९२ कित्ता सेयर १७ हजार ६ सय ९८ पटक कारोबार भएका छन्। जसबाट १ अर्ब ७७ करोड ३८ लाख ५ हजार ७ सय ४६ रूपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा आधाभन्दा बढी समूह हरियो देखिएका छन् भने बाँकी रातो देखिएका हुन्। जीवन बीमा सबैभन्दा बढी १०२ अंकले बढेको छ। र्निजीवन बीमा ५५, उत्पादनमूलक ३८, लघुवित्त २९ र व्यापार २३ अंकले बढेका छन्। वित्त र अन्य भने सामान्य अंकको सुधार देखिएको छ।

होटल ३१, विकास बैंक र बैकिङ ८/८ अंकले घटेका हुन्। जलविद्युत भने ३ अंकले ओरालो लागेको छ। करिब १२ करोड ४६ हजार ६ सय ४१ रूपैयाँसहित कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रहेको छ।

शिवम् सिमेन्ट, एशियन लाइफ इन्स्योरेन्स, सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट, एनआइसी एशिया बैंक, नेपाल इन्स्योफरेन्स, नेको इन्स्योरेन्स, स्वरोजगार लघुवित्त विकास बैंक, गुराँस लाइफ इन्स्योरेन्स र छिमेक लघुवित्त विकास बैंकले क्रमशः पछ्याएका छन् । हिमालयन डिस्टिलरीले सबैभन्दा धेरै कमाएको छ भने नेपाल हाइड्रो डेभलपर्सले सबैभन्दा धेरै गुमाएको छ।