एनसेल प्रिपेड ग्राहकका लागि साप्ताहिक मेरो प्लान, सस्तोमा डेटा र भ्वाइस सेवा पाउने

बिजमाण्डू
२०७६ पुष २८ गते २१:३५ | Jan 13, 2020
एनसेल प्रिपेड ग्राहकका लागि साप्ताहिक मेरो प्लान, सस्तोमा डेटा र भ्वाइस सेवा पाउने

Tata
GBIME
Nepal Life

काठमाडौं। एनसेलले प्रिपेड ग्राहकका लागि साप्ताहिक मेरो प्लान ल्याएको छ। योजना अन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र  भ्वाइस सेवा पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो आकर्षक योजना मंगलबार देखि लागू हुनेछ । कम्पनीका अनुसार दुई साप्ताहिक प्याकहरु २ जीबी प्लान र ६ जीबी प्लान ल्याएको छ। दुई जीबी प्लान अन्तर्गत ग्राहकले करसहित ९५ रूपैयाँ ७७ पैसामा दुई जीबी डेटा भोलुम पाउने कम्पनीले जनाएको छ। एनसेल नेटवर्क भित्र कर सहितमात्र एक रूपैयाँ २८ पैसा प्रति मिनेटमा भ्वाइस सेवा पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ६ जीबी प्लानअन्तर्गत ग्राहकले करसहित १ सय ९१ रुपैयाँ ५४ पैसामा ६ जीबी (४ जीबी + २ जीबी भिडियो डेटा) पाउने छन्। प्याक अन्तर्गतको भिडियो डेटा युट्युब, आइफ्ल्क्सि, एनसेलको भिडियो पोर्टल तथा गुगल चलाउन पाउने कम्पनीले जनाएको छ।

डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफैं डेटा बन्द हुन्छ । ग्राहकले  एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्लान लिन सक्ने कम्पनीले जनाएको छ।