
काठमाडौं। माछापुच्छ्रे बैंकले दुबइको मस्रेक बैंकबाट एक अर्ब (एक करोड डलर) भन्दा बढी पैसा ल्याउने भएको छ। बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य पुँजी अभावलाई मध्यनजर गर्दै बैंकले यो रकम ल्याउन लागेको हो।
रकम भित्र्याउने सम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र मस्रेक बैंकका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि हेमा अधिकारीले हस्ताक्षर गरे।
बैंकले यो रकम ल्याउन राष्ट्र बैंकका निवेदन दिनेछ। राष्ट्र बैंकको स्वीकृतिपछि बैंकले यो रकम ल्याउने छ। राष्ट्र बैंकले कुल प्राथमिक पुँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाउने व्यवस्था गरेको छ।
सोही व्यवस्था टेकेर बैंकले विदेशबाट ऋण ल्याउने प्रक्रिया थालेको हो। बैंकले मस्रेकबाट ल्याएको रकम कृषि, उर्जा,पर्यटन, साना तथा मझौला व्यवसायमा लगानी गर्ने जनाएको छ।