ग्लोबल आइएमई बैंक र रुपाकोट रिर्सोटबीच सम्झौंता, ग्लोबलका कार्ड लिएका ग्राहकलाई १५% छुट

बिजमाण्डू
२०७६ मंसिर १६ गते १९:४९ | Dec 2, 2019
ग्लोबल आइएमई बैंक र रुपाकोट रिर्सोटबीच सम्झौंता, ग्लोबलका कार्ड लिएका ग्राहकलाई १५% छुट

Tata
GBIME

काठमाडौं। ग्लोबल आइएमई बैंक र रुपाकोट रिर्सोटबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा ग्लोबलकी बजार तथा व्यवसाय प्रवर्द्धन विभाग प्रमुख शान्ता शिवाकोटी र रुपाकोटका सेल्स म्यानेजर पियुस लामाले हस्ताक्षर गरे।

सम्झौतापछि ग्लोबलको डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहक तथा कर्मचारीले रिर्सोटले उपलब्ध गराउने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।