सनराइज बैंकले सुनसरीको खनारमा नयाँ शाखा संचालनमा ल्यायो

बिजमाण्डू
२०७६ मंसिर १६ गते १९:३७ | Dec 2, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। सनराइज बैंकले सुनसरीस्थित खनारमा नयाँ शाखा खोलेको छ। यो बैंकको १२६औं शाखा हो।  

इटहरी  उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी र बैंककी संचालक शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा शाखा उद्घाटन गरे। सोही कार्यक्रममा उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष भीमबहादुर पौडैल, शारदा शर्मा पुडासैनी र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा एटीएमको उद्घाटन गरे।