सुनको भाउ लगातार उकालो, तोलाको तीन सय रुपैयाँ बढ्यो, तोलाको ७१ हजार ६०० रुपैयाँ पुग्यो

बिजमाण्डू
२०७६ मंसिर १५ गते १३:१० | Dec 1, 2019
सुनको भाउ लगातार उकालो, तोलाको तीन सय रुपैयाँ बढ्यो, तोलाको ७१ हजार ६०० रुपैयाँ पुग्यो

Tata
GBIME
Nepal Life

काठमाडौँ। तीन दिनदेखि अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढेको असर स्थानीय बजारमा परेको छ । स्थानीय बजारमा आइतबार प्रतितोला सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि प्रतितोला ७१ हजार ६ सय रूपैयाँ तय गरेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा तीन सय रूपैयाँले बढी हो । अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रति औंस सुनको मूल्य १४ सय ७० डलर पुगेको छ । अघिल्लो दिन १४ सय ६३ डलरमा किनबेच भएको थियो । बिहीबार प्रति औंस १४ सय ५९ डलर थियो ।

तीन दिनमा प्रति औस सुनको मूल्य ११ डलरले बढिसकेको छ । स्थानीय बजारमा भने तीन दिनमा प्रतितोला १५ सय रूपैयाँले बढेको हो । 
सुनसँगै चाँदीको मूल्य समेत बढ्दो क्रममा देखिएको भए पनि स्थानीय बजारमा भने भाउ कुनै हेरफेर भएको छैन । स्थानीय बजारमा प्रतितोला चाँदीको मूल्य ८ सय ५५ रूपैयाँ नै कायम छ ।