मंसिर १५ र २४ गते उपत्यकामा सवारीमा जोर बिजोर प्रणाली, सवारी चलाएमा कारवाही हुने

बिजमाण्डू
२०७६ मंसिर १३ गते ०९:२६ | Nov 29, 2019

Tata
GBIME
Nepal Life

काठमाडौँ। १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ट्राफिक व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उद्घाटन र अन्त्यका दिन उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ।

सार्वजनिक र निजी दुबै सवारी साधनको हकमा यो नियम लागू हुनेछ।

ट्राफिक प्रहरीका अनुसार मंसिर १५ बिजोर नम्बर भएका सवारी साधनमात्र चल्न पाउनेछन्। उक्त दिन जोर नम्बरका सवारी साधन रिङरोडभित्र चल्न पाउने छैनन्। यस्तै, २४ गते जोर नम्बर भएका सवारी साधनमात्र चल्नेछन्। 

जोर बिजोरको गणना अन्तिम अंकबाट निर्धारण हुनेछ।