एनएमबि बैंकले सिनियर म्यानेजर सहित १८६ जना माग्यो, अनुभवै नभएकालाई पनि अवसर

बिजमाण्डू
२०७६ कात्तिक २७ गते १०:२३ | Nov 13, 2019


काठमाडौं। एनएमबि बैंकले एकै पटक १ सय ८६ जनाको लागि जागिर खुला गरेको छ। बैंकले व्यवस्थापन तहमा एकजना वरिष्ठ प्रवन्धक पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ती गर्ने तयारी गरेको छ।

Tata
GBIME

बाणिज्य बैंकमा न्युनतम १० वर्षको कार्यानुभव भएकाले आवेदन दिन सक्ने छन्।

अफिसर तथा सिनियर अफिसर तहका १५ जना ब्रान्च म्यानेजरको विज्ञापन खुलेको छ। न्युनतम ५ वर्षको कार्यानुभव भएका व्यक्तिले आवदेन दिन सक्ने छन्।

रिलेसनसिप म्यानेजर पदमा २० जना, विजनेस डेभलपमेन्ट एक्जुकेटिभमा १० जना, लिगल अफिसरमा दुई जना, सेक्युरिटी विभागमा दुई जना, चार्टर्ड एकाउन्टेन्ट ६ जना, प्रोजेक्ट फाइनान्समा दुई जना, सफ्टवेयर डेभलपरमा तीन जना कर्मचारी माग गरिएको छ। उक्त पदहरुमा तोकिएको न्युनतम योग्यता र कार्यानुभव हुनु पर्नेछ।

एमबिए गरेका तर अनुभव नभएका २५ जनाको लागि म्यानेजमेन्ट ट्रेनीको रुपमा भित्र्याउने भएको छ। त्यस्तै जुनियर असिस्टेन्टतर्फ एक सयजना कर्मचारी माग गरेको छ। यस पदका लागि न्युनतम स्नातक गरेको हुनु पर्छ।

अनुभव आवश्यक पर्ने पदका लागि बैंकले अन्तर्वाताबाट छनोट गर्नेछ भने अनुभव आवश्यक नपर्ने पदका लागि लिखित र अन्तर्वाता दुबैमा समावेश हुनु पर्नेछ। योग्यता पुगेका नेपाली नागरिकले मंसिर ११ गतेसम्म अनलाईनबाटै आवेदन दिन सक्ने छन्।