बैंक वित्तीय संस्था मर्जरपछि शेयर कारोबारमा एक बर्षको सर्त, क-कसले कारोबार गर्न पाउँदैनन्?

बिजमाण्डू
२०७६ कात्तिक २६ गते १८:५१ | Nov 12, 2019
बैंक वित्तीय संस्था मर्जरपछि शेयर कारोबारमा एक बर्षको सर्त, क-कसले कारोबार गर्न पाउँदैनन्?

Tata
GBIME

काठमाडौं। नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्ति कार्यमा संलग्न संस्थाको शेयर कारोबार सम्बन्धि ब्यवस्थामा संशोधन गरेको छ। 

सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव, व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्ति पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म शेयर कारोबार गर्न रोक लगाइएको छ।

सम्बन्धित संस्था वा सहायक कम्पनीको शेयर आफ्नो, परिवारको सदस्य वा अन्य कुनै पनि व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन, गर्न दिन धितोबन्धक राख्न, राख्न लगाउन वा दान बकस लिन, दिन हस्तान्तरण गर्न वा लेनदेन गर्न नपाइने ब्यवस्था राष्ट्र बैंकले गरेको छ।

तर, गाभिने संस्थाका हकमा भने केही खुकुलो गरिएको छ। विलय भएर जाने संस्थाकाहरु सेवाबाट अलग भएपछि प्रचलित कानुनको अधिनमा रही राष्ट्र बैंकको स्वीकृतिमा शेयर बिक्री गर्न पाइने छ।