अबदेखि टेलिकमका ग्राहकले आफ्नै नामको सिम बोक्नुपर्ने, सोध्यो ‘सिम कसको नाममा दर्ता छ?’

बिजमाण्डू
२०७६ कात्तिक २६ गते १६:३५ | Nov 12, 2019


काठमाडौं। के तपाईं अरुको नामको सिम राखेर मोबाइल प्रयोग गरिरहनुभएको छ? सुरक्षा लगायतका बिबिध कारण देखाउँदै नेपाल टेलिकमले  अबदेखि आफ्नै नामको सिम बोक्नुपर्ने नयाँ व्यवस्था गरेको छ।

Tata
GBIME
Nepal Life

नियामक निकाय दुरसञ्चार प्राधिकरणले अबदेखि मोबाइल नम्बरलाई नै व्यक्तिको पहिचान कोड बनाउने तयारी गरेकोले ग्राहकलाई आफ्नै नाममा दर्ता भएको सिम मात्रै प्रयोग गर्न भनेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन्।  

'पछिल्लो समय डिजिटल पेमेन्ट आईडि, अनलाईन पेमेन्ट, लगायतको प्रयोग बढेको छ। यस्ता सिस्टमसँग मोबाईल नंबर लिकं गराउँदा बिभिन्न समस्या हुनेगरेकोले आफ्नै नाममा दर्ता भएको सिम प्रयोग गर्न अनुरोध गरेका हौं।'- प्रवक्ता प्रतिभा वैद्यले भनिन्।

उनका अनुसार व्यक्तिको आफ्नै सुरक्षाको लागि पनि आफ्नै सिममात्र चलाउनु पर्ने देखिएको छ।

अरुको नाममा दर्ता भएका सिम अपराधिक गतिविधीमा प्रयोग भैरहेकाले त्यस्ता गतिविधी रोक्नको लागि पनि यो जरुरी भएको उनले बताइन्। ‘यसमा सुरक्षा नीति पनि छ कसैको सिम मिसयुज नहोस् भनेर पनि आफ्नै सिम प्रयोग गर्न भनेका छौं,’वैद्यले बिजमाण्डूसंग भनिन्।

टेलिकमले *९२२# डायल गरी आफुले बोकेको सिम कस्को नाममा दर्ता छ भनि हेर्न सकिने जनाएको छ। यदि कसैले बोकेको सिम अरुको नाममा दर्ता भएको भए टेलिकमका शाखा कार्यालय बाट आफ्नो नाममा दर्ता गराउन सकिने बताएको छ।

धेरै जनाले परिवारको एउटै सदस्यको नाममा अथवा अरु कसैको नाममा सिमकार्ड लिएर प्रयोग गरिरहेका छन्। अन्य सेवा प्रदायकहरुले ग्राहकलाई आफ्नो नाममा रहेको सिमकार्ड मात्रै प्रयोग गर्न अनुरोध गरेका छन्।