शेयर मूल्य घट्दै गएपछि वैकल्पिक औजारको माग बढ्न थाल्यो, घोषणा हुन्छ कार्यान्वयन छैन

बिजमाण्डू
२०७६ कात्तिक २५ गते १४:४८ | Nov 11, 2019
शेयर मूल्य घट्दै गएपछि वैकल्पिक औजारको माग बढ्न थाल्यो, घोषणा हुन्छ कार्यान्वयन छैन


काठमाडौँ। शेयर बजार निरन्तर घट्न थालेपछि लगानीका वैकल्पिक औजारको माग हुन थालेको छ। वेलापखत बैकल्पिक औजारको माग हुँदै आएपनि त्यसको प्रयोगका लागि कुनै पहल भएको छैन। 

Tata
GBIME
Nepal Life

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नेतृत्व समाल्न आएका सबैले वैकल्पिक औजार प्रयोगमा ल्याउने घोषणा गर्ने गरेका छन्। तर कसैलेपनि कार्यान्वयनमा भने ल्याएका छैनन्। 

एक दशकअघि नेप्सेको महाप्रबन्धक बन्दा रेवतबहादुर कार्कीले डेरिभेटिभ र हकप्रदको निस्सा कारोबार गर्ने घोषणा गरेका थिए। तर उनी नियामक धितोपत्र बोर्डको अध्यक्ष बनेर बाहिरिसक्दा पनि कार्यान्वयनम ल्याउन सकेनन्। 

त्यसपछि आएका माहाप्रन्धक शंकरमान सिह, सीताराम थपलियाले पनि वैकल्पिक औजार कार्यान्वयनमा ल्याउने घोयणा गरेका थिए। हालका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलेसमेत पद समाल्दै गर्दा अन्य वैकल्पिक औजार प्रयोगमा ल्याउने घोषणा गरेका थिए। उनले त्यसका लागि रोष्टर नै तयार पारेर काम अघि बढाएका थिए। तर त्यसले अझै सार्थकता पाउन सकेको छैन। 

दोस्रो बजारमा शेयरको मात्रै कारोबार हुने गरेको छ। तर शेयर कारोबारमा लगानीकर्ताको आकर्षण घट्दै गएकाले समेत वैकल्पिक औजारको माग उठेको नेपाल स्टक हाउसका अध्यक्ष इश्वरी रिमालले बताए। उनले जसरी पनि अन्य औजारहरु ल्याउनु पर्ने बताए। 

शेयर सूचकसँगै कारोबार हुने शेयर सङ्ख्या र कारोबार रकम दुबै घटिरहेको छ। 

गत वर्ष पहिलो त्रैमासमा १५ लाख २८ हजार कित्ता शेयर ४१ अर्व रुपैयाँमा कारोबार भएका थिए। तर चालु आर्थिक वर्ष कारोबार रकम १३ अर्व रुपैयाँ घटेर २८ अर्व ४४ करोड रुपैयाँमा झरेको छ। चार करोड ६७ लाख कित्ता शेयर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम कारोबार भएको छ। यस वर्ष जम्मा १० करोड ६० लाख कित्ता मात्रै शेयर कारोबार भएको रिमालले बताए।

कारोबार रकम र शेयर सङ्ख्य दुबैमा आएको गिरावटले नयाँ औजार ल्याउने पर्ने अवस्था सृजना भएको रिमालको बताए। शेयर कारोबार कम हुँदा मूल्यमा प्रतिस्पर्धा हुँदैन। जसले गर्दा लगानीकर्ताले वास्तविक मूल्य पाउन कठिन हुन्छ। यसैले गर्दा पछिल्लो समय राम्रा कम्पनीको समेत मूल्य निकै कम भएको रिमालको भनाइ छ। 

लगानीकर्तालाई वैकल्पिक औजारको रूपमा 'इन्ट्रा डे कारोबार' र ' सर्ट सेल' लगायत डेरिभेटिभ सुरु गर्नु पर्ने उनको भनाई छ। ईन्ट्रा डेमा एकै दिन शेयर खरिद गरेर बिक्री गर्न सकिन्छ। सर्ट सेलमा लगानीकर्ताले आफूसँग नभएको शेयर समेत बिक्री गर्न सक्छन्। जसले कारोबार रकम र शेयरको 'फ्रिक्वेन्सी' बढाउन टेवा पुर्याउँछ। 

मिति

रु १० लाखमा

 शेयर कित्ता (हजारमा)

२०७५ साउन

5427.81

19091.06

२०७५ भदौ

13310.74

47031.5

२०७५ असोज

22922.53

86739.28

जम्मा

41661.08

152861.84

जम्मा कारोबार रकम

41661080000

152861840

     

२०७६ साउन

8881.28

32277.08

२०७६ भदौ

16570.61

61823.67

२०७६ असोज

2988.26

11986.54

जम्मा

28440.15

106087.29

जम्मा कारोबार रकम

28440150000

106087290