बम्पर बोनसले एनएमबिको शेयरमा उछाल, ५५ हजार कित्तासम्मको डिल, शेयरधनीले पैसा कुम्ल्याए

बिजमाण्डू
२०७६ कात्तिक २५ गते १४:२७ | Nov 11, 2019


काठमाडौं। एनएमबि बैंकले लाभांश घोषणा गरेसँगै दोस्रो बजारमा उछाल आएको छ।

Tata
GBIME

विगत ६ महिनादेखि कारोबार रोक्का हुँदै आएको एनएमबिले कारोबार खुला गरेको तीन दिनमै बम्बर लाभांश घोषणा गरेपछि लगानीकर्ताको आकर्षण देखिएको हो।

बैंकले २१ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश घोषणा गरे पछि कारोबारमा उत्साह देखिएको हो।

मार्केट डेप्थमा एनएमबिको माग मात्रै एक लाख २० हजार कित्ता भन्दामाथि छ। त्यस्तै सप्लाइतर्फ ३३ हजार कित्ता भन्दा माथि छ।

बैंकको ५५ हजार कित्तासम्मको लागि डिल भएको छ। सोमबार मात्रै ११ सय भन्दा धेरैवटा कारोबार म्याच भएको छ। बैंकको झण्डै तीन लाख कित्ताको कारोबार भएको छ।

लगानीकर्तालाई लाभांशले आकर्षित गर्दा ७.८७ प्रतिशतले मूल्य बढेको छ। कम्पनीका शेयरधनीहरले एकै दिन प्रतिकित्ता २८ रुपैयाँ सम्मले कमाइ गरेका छन्।

घट्दो बजारमा एनएमबि बैंकका शेयरधनीहरुले शेयर बेचेर पैसा बनाएका छन्। अन्य कम्पनीको शेयर बिक्री गर्दा पनि खरिद गर्ने भेटिँदैनन्।
शेयर खरिद गर्नेले घटाएर मात्रै खरिद गर्न खोज्ने अवस्थामा एनएमबि बैंकका शेयरधनीहरुले राम्रो पैसा बनाएका हुन्।