वुद्ध एयरका वीरेन्द्र बस्नेतले दुई हजार ५ सय बिघामा अत्याधुनिक खेती गर्ने, राइस मिल पनि राख्दै




विराटनगर। बुद्ध एयरले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल कृषि कम्पनी मार्फत् संचालन गरिरहेको आधुनिक र व्यावसायिक खेती २५ सय बिघा पुर्याउने भएको छ। कम्पनीले २४ सय टनको अत्याधुनिक राइस मिल स्थापना गर्ने लक्ष्य राखेको छ।

कम्पनीले २०६९ सालदेखि मोरङको बेलबारी गाउँपालिकामा ३५ बिघा क्षेत्रफलमा अत्याधुनिक खेती गरिरहेको छ।‘अब हामी यस कम्पनीमा यहाँका किसानलाई पनि आबद्ध गर्छौं’, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने, ‘यसै वर्ष हामीले स्थानीय कृषकलाई सहभागी गराएर थप १५ बिघा खेतमा अत्याधुनिक खेती गरेका छौँ। किसानहरू हाम्रो अभियानबाट प्रोत्साहित र खुशी हुनुहुन्छ।’

TATA
SANIMA new
Jagdamba Steel

उनका अनुसार कम्पनीले किसानलाई धान र तोरीकालागि हाइब्रिड बीउ उपलब्ध गराउँछ। कम्पनीकै अनुरोधमा मेगा बैङ्कले चालु आवदेखि बेलबारीमा शाखा खोल्ने भएको छ। बैङ्कले महिला कृषककानाममा पुरुषलाई ६ र महिलाका नाममा ७ प्रतिशत ब्याजदरमा ओडी ऋण उपलब्ध गराउने छ।

‘हाम्रो मुख्य उद्देश्य बर्सेनि धान, चामल र तोरीको आयातमा गरिने ६० अर्ब बराबरको पैठारीलाई थोरै भएपनि प्रतिस्थापन गर्नु हो’, बस्नेतले  भने, ‘यसका लागि उत्पादकत्व बढाउनु जरुरी छ। किसानले आफ्नो उत्पादनको जायज मूल्य पाउनु आवश्यक छ। अहिले त, सरकारले तोकेको समर्थन मूल्यपनिकिसानले नपाएको अवस्था छ। त्यसैले हामीले खेतीभएकै ठाउँमा राइस मिल खोल्न लागेका हौँ। आरजू राइस मिलका नाममा हामीले उद्योग दर्ता गरिसकेका छौँ।’

किसानलाई बालीको समेत वीमा गराइदिने र राइस मिलमार्फत् उनीहरूको उत्पादन खेतमै गएर खरिद गर्ने योजना रहेको पनि बस्नेतले बताए।किसानलाई आधुनिक खेती गर्न लगाएर जोत्ने, सम्याउने, हिलो बनाउने, धान र तोरी रोप्ने, गोड्ने, काट्ने र दाउनी गर्ने यन्त्र र उपकरणहरू सहुलियतमूल्यमाकम्पनीले उपलब्ध गराउने छ।साथै तीनै तहका सरकारसँग समन्वय गरेर सहुलियत मूल्यमा विषादी र मल वीउको प्रबन्ध गर्ने योजना पनि छ।

उनले जिरा मसिनो जातका धानका विभिन्न प्रजातिको अनुसन्धान र परीक्षण आफ्नो कम्पनीले गरिरहेको जानकारी दिए।‘मोटो चामल त धेरैजसो रक्सी बनाउन प्रयोग गरिँदो रहेछ, नेपालीले धेरै उपभोग गर्ने चामल जिरा मसिनो रहेछ’, उनले भने, ‘त्यसैले हामीले कुन प्रजातिको जिरा मसिना धानको उत्पादन यहाँ बढी हुन्छ भनेर परीक्षण गरिरहेका छौँ। त्यसपछि विभिन्न पारखीलाई चामल दिएर यसको स्वादको पनि परीक्षण गर्नेछौँ।’

नेपालमा एक जनाले एक वर्षमा १ सय १५ किलो चामलको उपभोग गरिरहेको र यो सास फेरेको जस्तै अवस्था भएको चर्चा गर्दै उनले उपभोक्ताले खाने चामलको मूल्य घट्नै पर्ने जिकिर गरे।कम्पनीले विभिन्न ३० प्रजातिका बास्मती धानका बीउको परीक्षण गरिरहेको छ।
चैते धान, फेरि बर्खे धान र त्यसपछि तोरी गरी खेतबाट एक वर्षमा ३ बाली उठाउने योजना अनुसार खेती भइरहेको उनले उल्लेख गरे।

कम्पनीले पहिलो सङ्गठित र व्यावसायिक खेती मोरङकै बुढीगङ्गा गाउँपालिकाको गोकुवाबाट २० वर्षअघि सुरु गरेको थियो। तर त्यहाँका किसानसँग कम्पनीको तालमेल मिल्न सकेन। त्यसपछि कम्पनीले सुनसरीको छिटाहा र चिमडीमा सहकारी संस्थामार्फत् खेती सुरु गर्यो। सुनसरीमापनि सहकारीका केही सीमित सञ्चालक मात्रले फाइदा लिएको अनुभव भयो।

‘हामी बेलबारी आयौँ’, बस्नेतले अनुभव सुनाउँदै भने, ‘यहाँ हाम्रो पुख्र्यौली खेती छ । यहाँका स्थानीय बासिन्दासँग म सानैदेखि भिजेको छु। यहाँका करिब २ सय युवाले बुद्ध एअरमा जागिर पाएका छन्। त्यसैले यस ठाउँमा हामी सफल हुन्छौँ भन्ने विश्वास छ।’चालु आर्थिक वर्षमै थप किसानलाई कम्पनीमा आबद्ध गराएर २ सय बिघामा खेती गर्ने र १ हजार टन धानको उत्पादन गर्ने कम्पनीको लक्ष्य छ। यसलाई बर्सेनि बढाउँदै लग्ने उनले बताए।

कम्पनीले देशका मुख्य शहरमा चामलको अनलाइन व्यापार पनि गर्नेछ। फोन गरेको वा अनलाइनमा माग गरेको निश्चित समयभित्रै उपभोक्ताका घरमा चामल पुर्याउने लक्ष्य राखेर कम्पनीले काम गरिरहेको छ।आरजू राइस मिलमा चामल परीक्षण गर्ने प्रयोगशाला पनि राखिनेछ।‘भारतबाट पैठारी हुने चामलमा आर्सेनिकको मात्रा धेरै भएको पाइएको छ किनभने त्यहाँको बोरिङको पानीमा आर्सेनिकको मात्रा धेरै छ’, उनले भने, ‘बेलबारीमा त प्राकृतिक खोला र पैनीकै पानीले सिँचाइ पुगिरहेको छ। त्यसैले यहाँको चामल आर्सेनिक मुक्त हुनेछ।
कम्पनीले तोरीको जगटे र धानको पराललाई खेतमै छाडेर कम्पोस्ट मलका लागि कुहाउने गरेको छ।

‘गाउँगाउँमा पशुपालन गर्ने परम्परा हट्दै गएको छ त्यसैले लार, पराल र तोरीको जगटे फाल्तू हुन थालेको छ’, प्रबन्ध निर्देशक बस्नेतले भने, ‘भारतका विभिन्न ठाउँमा भएजस्तै यहाँपनि खेतखेतमा किसानले लार, पराल र जगटे आगो लगाउने गर्नुहुन्छ। यसबाट खेतको उर्वराशक्ति नबढ्ने र पर्यावरणमा पनि असर पुग्ने हुन्छ । त्यसैले हामीले मेसिनबाटै मल्चिङ प्रविधिबाट लार, पराल र जगटे खेतमै सानोसानो टुक्रा बनाएर त्यहीँ कुहाउने गर्छौं । यसबाट खेतमा पर्याप्त फस्फोरस र पोटास प्राप्त हुन्छ। रासायनिक मलको प्रयोग पनि कम हुन्छ।’


Share this Story

   

वुद्ध एयरका वीरेन्द्र बस्नेतले दुई हजार ५ सय बिघामा अत्याधुनिक खेती गर्ने, राइस मिल पनि राख्दै को लागी ६ प्रतिक्रिया(हरु)

Raj kant Jha[ 2019-12-03 02:06:13 ]
very much encouraging step in agriculture

   हालसम्म ४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


suman acharya[ 2019-11-20 04:43:37 ]
Appreciable initiatives but How it is qualified under CSR? This is purely a professional business.

   हालसम्म ३४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


bhabishor Pokharel[ 2019-11-18 02:40:30 ]
buddha air ka chief lai huge salute,
desh ko bop lai kehe had samma vaye ni surplus ma layauna kheleko bhumika parti ani nepal lai bisadi mukta agriculture product ma aatamnivar banna euta koshedhunga sabit garna gareko ramro kam parti

   हालसम्म ३८ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Bijay Raj Pandey[ 2019-11-16 05:44:01 ]
बुद्ध एयरका प्रबन्ध निर्देशक श्री बिरेन्द्र बस्नेतज्यूलाइ नेपाल जस्तो देशमा अत्याधुनिक कृषि फार्म सन्चालन गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु। किनभने नेपाल परमपरा देखिनै एक कृषि प्रधान देश हो। याहाका जग्गा जमिन खोला नाला त्यसै बन्जर, बाझो, पर्ती र पानी त्यसै खेरगै राखेको छ। यस्तो बेलामा नेपालमा हवाइउड्ड्यन छेत्रमा सबैभन्दा अग्रणी भुमिकामा रहेको बुद्ध एयरका प्रबन्ध निर्देशकले कृषिमा लगानी गर्नु भनेको अब नेपाले फेरि कृषि क्रान्तिबाट देश बिकास हुन लागेकोमा वाहा प्रती आभार प्रकट गर्दै अन्य ब्यापारिक घराना हरूलाइ पनि कृषिमा लगानी गरि बिकाशको बाटोमा अगाडि बढिदिन अनुरोध गर्दछु। नेपाल र नेपालिको बिकाश भनेकै कृषिबाट मात्र सम्भव छ।
बिजय राज पाण्डे,
बिराटनगर - ७ मेनरोड,
हाल मिड बानेश्वर।

   हालसम्म ५१ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


लेखनाथ पौडेल[ 2019-11-13 04:43:24 ]
सर्बप्रथम,
बिरेन्द्र बस्नेत जी लाइ धन्यबाद ।
कृषिकर्मलाई पेशाको रुपमास्वीकार गर्नु भयकोमा ।
यसबाट थपप्रेरणा र हौशला प्राप्त हुने नै छ । अर्कोकुरा जो आम नेपालिको धर्म मेहनतगरि आफ्नै गाउठाउमा उत्पादनभएका बस्तुहरुको उचित मूल्य पाउने आशा गर्न सकिन्छ । र अन्त्यमा, दलाली, भ्रस्टचारि र मागिखाने नवधनाड्यलाइ पनि पाठ मिलोस भन्ने सुभाक्छा ब्यक्त गर्दछु ।

लेखनाथ पौडेल,
हाल टोखा, काठमाडौँ

   हालसम्म ३९ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


लेखनाथ पौडेल[ 2019-11-13 04:40:00 ]
सर्बप्रथम,
बिरेन्द्र बस्नेत जी लाइ धन्यबाद ।
कृषि
कर्मलाई पेशा
को रुपमा
स्वीकार गर्नु भयकोमा ।
यसबाट थप
प्रेरणा र हौशला प्राप्त हुने नै छ । अर्कोकुरा जो आम नेपालिको धर्म मेहनतगरि आफ्नै गाउठाउमा उत्पादन
भएका बस्तुहरुको उचित मूल्य पाउने आशा गर्न सकिन्छ । र अन्त्यमा, दलाली, भ्रस्टचारि
र मागिखाने नवधनाड्यलाइ पनि पाठ मिलोस भन्ने सुभाक्छा ब्यक्त गर्दछु ।

लेखनाथ पौडेल,
हाल टोखा, काठमाडौँ

   हालसम्म ४४ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell