तिहार र छठमा एनसेलको डेटा बोनस योजना, किनेको प्याकमा चार गुणा बढि बोनस पाइने

बिजमाण्डू
२०७६ कात्तिक ७ गते १५:१४ | Oct 24, 2019
तिहार र छठमा एनसेलको डेटा बोनस योजना, किनेको प्याकमा चार गुणा बढि बोनस पाइने

Tata
GBIME
Nepal Life

काठमाडौं। एनसेल प्रालिले तिहार र छठ पर्वको अवशर पारेर 'फोरजीमा डेटा बोनस' योजना ल्याएको छ। यसमा चार गुणा बढि डेटाको फाईदा लिन सकिने छ। 

अफर बिहीबार (कार्तिक ८) बाट लागु भई १५ दिनसम्मका लागि संचालनमा रहने छ। यस अफर अन्तर्गत एक दिन समयावधि भएको ७५ एमबी डेटा र सात दिनको समयावधि भएको ५०० एमबीको डेटा प्याक खरिद गर्ने ग्राहकले चार गुणा बढि डेटा भोल्युमको फाईदा लिन सक्ने  विज्ञप्तिमा उल्लेख छ।

कर बाहेक १५ रुपैयाँ (कर सहित १९.१५) शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २२५ एमबी थप फोरजी डेटा पाउनेछन्। अर्थात ग्राहकले कुल ३०० एमबी डेटा पाउनेछन्। त्यसैगरी कर बाहेक ७५ रुपैयाँ (कर सहित ९५ंं.७७) शुल्कमा आउने ५०० एमबीको खरिदमा थप १५०० एमबी फोरजी डेटा बोनस स्वरुप पाउनेछन्। यसरी कुल २००० एमबी डेटा पाउने विज्ञप्तिमा उल्लेख छ।

ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ४४ ह्यास डायल गरी वा एनसेल एपबाट यो अफर एक्टिभेट गर्न सक्छन। यस अफर अन्तर्गत पाईने बोनस डेटा भोल्युम ग्राहकले फोरजी चल्ने मोबाइल सेट र सिम प्रयोग गरी फोरजी नेटवर्क संचालनमा रहेका स्थानहरुमा चलाउन सक्नेछन्।   

यस अफरबाट फाइदा लिन फोरजी सिम नभएका ग्राहकले आफुलाई नजिक पर्ने एनसेल सेन्टरमा गई आफ्नो सिमलाई फोरजी सिममासाट्न सक्नेछन् । यसको लागि १ रुपैयाँ शुल्क लाग्छ।  यस प्रक्रियामार्फत नयाँ सिम लिने ग्राहकले सातदिनको समयसिमा रहेको एक जिबी डेटा पनि पाउनेछन्। यो डेटा दिनको समयमा अर्थात बिहान ५ देखि साँझ ५ बजेको समयमा प्रयोग गर्न सक्नेछन्।