इम्पेरियल फर्निचरको नयाँ आउटलेट धापासीमा खुल्यो, फर्निचर खरिद गर्नेलाई पहिलो दिन १५% छुट 

बिजमाण्डू
२०७६ असोज १६ गते १४:५५ | Oct 3, 2019
इम्पेरियल फर्निचरको नयाँ आउटलेट धापासीमा खुल्यो, फर्निचर खरिद गर्नेलाई पहिलो दिन १५% छुट 


Tata
GBIME
Nepal Life

काठमाडौं। इम्पेरियल फर्निचरले धापासीमा नयाँ आउटलेट 'वुडविङ्ग फर्निचर' सञ्चालनमा ल्याएको छ। विगत २५ वर्षदेखि सञ्चालनमा रहेको कम्पनीले महाराजगञ्जपछि आजबाट धापासीमा आउटलेट विस्तार गरेको हो। 

धापासी आउटलेटबाट आजै फर्निचर खरिद गर्ने ग्राहकहरुले १५ प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ।

इम्पेरियल फर्निचरले मुख्यतः इन्टेरियर सम्बन्धि ‘वुडवर्क’ को काम गर्दै आएको छ। हाइएन्ड ग्राहकहरुलक्षित इम्पेरियल फर्निचरले काठका विभिन्न फर्निचर सामग्री बिक्री गर्दै आएको कम्पनीका प्रबन्ध निर्देशक प्रकाश राणाले बताए। 

‘झ्याल, ढोकादेखि कोठामा आवश्यक पर्ने काठका इन्टेरियर सामग्री इम्पेरियलमा पाइन्छ’, राणाले भने।

अहिले दुई किसिमका ग्राहकले इम्पेरियलको प्रडक्ट छान्ने गरेको राणाले बताए। एउटा भिक्टोरियन क्लासिकल फर्निचर बुझेका र अर्को भिक्टोरियन क्लासिकल डिजाइनका सामग्री देखेपछि मात्रै मनपराउने ग्राहक रहेको राणाले बताए। 

कम्पनीले मध्यम आय भएका ग्राहकलाईसमेत लक्षित गरेर सेमी क्लासिकल फर्निचर बिक्री गरिरहेको जनाएको छ।