रेमिट्ली र सिटी एक्सप्रेसबीच सम्झौंता, अमेरिका र यूरोपबाट नेपालीले मोबाइलबाटै पैसा पठाउन सक्न??

बिजमाण्डू
२०७६ भदौ २६ गते १०:४८ | Sep 12, 2019

काठमाडौं। अमेरिकाको ख्यातिप्राप्त रेमिटेन्स कम्पनी रेमिट्ली र  सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटेन्स सम्झौंता भएको छ।

Tata
GBIME

कम्पनीका अनुसार अमेरिका, युरोप, क्यानडामा रहने नेपालीले रेमिट्लीको मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै आफन्तलाई मोबाइलबाट पैसा पठाउन सक्नेछ।ती देशबाट पठाएको पैसा सिटी एक्सप्रेससँग आवद्ध सात हजार भन्दा बढी एजेन्टबाट सजिलै भूक्तानी लिन सकिने कम्पनीले जनाएको छ।

सम्झौतामा सिटीका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पनहाईम्रले हस्ताक्षर गरे।