प्रभु इन्स्योरेन्स र चरक मेडिकेयरबीच सम्झौता, नगद नभएपनि उपचार हुने

बिजमाण्डू
२०७६ बैशाख ३१ गते १५:११ | May 14, 2019
प्रभु इन्स्योरेन्स र चरक मेडिकेयरबीच सम्झौता, नगद नभएपनि उपचार हुने

Tata
GBIME

काठमाडौं। प्रभु इन्स्योरेन्स लिमिटेड र चरक मेमोरियल मेडिकेयर हस्पिटल प्रालि बिच नगद रहित सेवा सम्बन्धि सम्झौता भएको छ। 

सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र चरक मेमोरियलका अध्यक्ष डा. बद्री पौडेलले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट बीमा गराउने ग्राहकहरुले चरक मेमोरियल हस्पिटलमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमालेखको सिमासम्म नगद रहित  सुविधा प्राप्त गर्न सक्नेछन्।