अटोमोटिभ इन्जिनियरिङ सम्बन्धि राष्ट्रिय सम्मेलन सम्पन्न, सडक सुरक्षा मुख्य प्रथमिकतामा

बिजमाण्डू
२०७६ बैशाख २९ गते १४:५६ | May 12, 2019

Tata
GBIME
Nepal Life

काठमाडौं। अटोमेटिभ इन्जिनियरिङ सम्बन्धि राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। काठमाडौं विश्वविद्यालय र नेपाल अटोमेकानिक्स व्यवसायी संघको सहआयोजना गरिएको सम्मेलन युएन रोड सेफ्टी विक २०१९ मा केन्द्रित रहेको आयोजकले जनाएका छन्। 

सडक सुरक्षा लक्षित सम्मेलनमा सांसद डा. डिला संग्रौलाले मुलुकको सडक सुरक्षामा जोड दिनका लागि कानुनी सुधार गर्नुपर्ने बताइन्। उनले युएन मिसन २०२० मा संसारभर ५० प्रतिशत सडक दुर्घटना न्यून गर्ने रहेको भन्दै यसलाई नेपालले पनि गम्भीरतापूर्वक लिनुपर्ने बताइन्। 

पूर्वाधार विकासको नाममा सडक निर्माण गर्ने काम मात्र नभइ त्यहाँ कस्ता प्रकारका सवारी साधन चलाउने, सडकको बनोट अनुसारको सवारी साधनको वजन निर्धारण गरिनुपर्ने, चालक र यात्रीलाई नियम पालना गराउनुपर्नेमा उनले जोड दिइन्। 

सम्मेलनमा भारतको सोसाइटी अफ अटोमोबाइल इन्जिनियरिङका कोषाध्यक्ष किशोर छगनलाल भोराले सेफ स्मार्ट एण्ड सस्टेनेबल मोबिलिटीमा आधारित विभिन्न भेरियन्टका गाडी पेट्रोल, डिजल, इलेक्ट्रिकमा प्रयोग हुने प्रविधिक उपकरण र त्यसको सदुपयोग सम्बन्धि जानकारी दिए। 

नासाका महासचिव गोविन्द भट्टराईले सडक सुरक्षा व्यवस्थापनका लागि रोड डिजाइनिङ, सेफर रोड, सेफर भेइकल, सेफ रोड युजरलगायतका विषयमा ध्यान दिनुपर्ने बताए।