दिब्य लघुवित्तको अध्यक्षमा जीवन भट्टराई चयन, अन्य तीन सञ्चालक पनि चुनिए

बिजमाण्डू
२०७५ फागुन ३० गते १४:०६ | Mar 14, 2019
दिब्य लघुवित्तको अध्यक्षमा जीवन भट्टराई चयन, अन्य तीन सञ्चालक पनि चुनिए

काठमाडौं। दिव्य लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षमा जीवन भट्टराई चयन भएका छन्। संस्थाको पहिलो बार्षिक साधारणसभाले सेञ्चुरी कमर्सियल बैंकको प्रतिनिधिका रुपमा भट्टराईलाई सञ्चालक हुँदै अध्यक्ष चयन गरेको हो।

Tata
GBIME

कैलाश विकास बैंकका तर्पबाट प्रकृतिराज तिमिल्सिनाका साथै महेशबहादुर बस्नेत र नचोङ गुरुङ सञ्चालक चयन भएका छन्। अध्यक्ष भट्टराईले राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलसमक्ष सपथ ग्रहण गरेका छन्। 

अधिकृत पूँजी २० करोड, जारी पूँजी ११ करोड र चुक्ता पूँजी ७ करोड ७० लाख रहेको छ। १३ वटा शाखा कार्यालयहरु संचालनमा रहेको संस्थाले चालु बर्षभित्र यसलाई बढाएर २२ पुर्याउने जनाएको छ। आगामी आर्थिक बर्ष साधारण शेयर जारी गर्ने योजना संस्थाको छ।