नबिल बैंकको निक्षेपको व्याज बढ्यो, कर्जामा पनि दवाव, नबिल सिईओको अन्तर्वार्ता आइतवार

बिजमाण्डू
२०७० बैशाख १४ गते ००:०० | Apr 27, 2013

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले बैंक तथा वित्तीय संस्थामा तलरताको चाप बढ्दै गएको बताएका छन् । बिजमाण्डूलाई दिएको लामो एक अन्तर्वातामा उनले भने, तलरता कम भएपछि एक वर्षे मुद्दतीको व्याज बढिसकेको छ तर निक्षेपमा बढेको व्याज अहिलेसम्म हामीले कर्जामा ‘पास’ गरेका छैनौं ।  तरलता अझ कम भयो भने हामी यसलाई लामो समय थेगर बस्न सक्दैनौं ।
उनले भने एक वर्षको निक्षेपमा हामीले दिने व्याज दर दुई महिनाको तुलनामा अहिले एक–साढे एक प्रतिशत विन्दुले बढेको छ, तर त्यो ‘बर्डेन’ अझै पनि आफूहरुले थेगिरहेको उनले बताए । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नबिलको वृद्धिदर दोस्रो त्रैमास हाराहारीमा रहेको बताए । उनले भने, तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छैन्, त्यसको विस्तृत विवरण म अहिले नै भन्न सक्दिन्, जहाँसम्म बैंकको परर्फमेन्सको विषय छ, त्यो राम्रो छ, जुन ट्रेण्ड दोस्रो त्रैमासमा थियो, अहिले पनि त्यही हाराहारीमा छ । उनले गतवर्ष भएको वृद्धिलाई यो वर्ष पनि कायम राख्न आफूहरु निरन्तर प्रयत्नशील रहेको बताए ।
उनले भने नबिलमा खर्च  नियन्त्रणमा छ, र आम्दानीको वृद्धि राम्रो छ, व्याज आम्दानी, शुल्क आम्दानी र विनिमयको आम्दानी सबै क्षेत्रमा बैंकले राम्रो वृद्धि  गरिरहेको छ । बैंकलाई अलिकति असर गर्ने निष्किृय कर्जा हो, त्यसको अवस्था नाफालाई घटाउने हिसावको त छैन तर हामीले सोचेभन्दा अलि माथि छ र हामी त्यसलाई घटाउन प्रयत्नशील छौं । उनले नबिलबाट यो वर्ष पनि सेयरधनीले रुचाएको लाभांस प्राप्त गर्ने बताए । उनले भने, २५/२६ वर्षको हाम्रो ‘डिभिडेन्ट हिस्ट्री’ छ । अहिलेसम्म लगानीकर्ताले रुचाएको प्रतिफल नबिलबाट पाएका छन्, यो वर्षको ‘परफमेन्स’ले पनि यही कुरा देखाउँछ ।

Tata
GBIME
Nepal Life

नबिल बैंकको अवस्था, सम्भावना र कम्पनीसँग जोडिएका विविध विषयमा प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीको लामो अन्तर्वार्ता बिजमाण्डूमा आइतवार प्रकासित हुँदैछ् । बिजमाण्डू लग इन गर्दै गर्नुहोला ।