
काठमाडौं । काठमाडौंमा नवीरकणीय उर्जाको प्रदर्शनी सुरु भएको छ, यही बेला राष्ट्र बैंकले आफ्नो दुई मुख्य कार्यालयलाई ‘सोलार सिस्टम’मा ढाल्ने तयारी गरेको छ । राष्ट्र बैंकले बालुवाटारस्थित प्रधान कार्यालय र थापाथलीस्थित बैकिङ्ग कार्यालयलाई लोडसेडिङ मुक्त बनाउन यही बेला लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकमा गभर्नर कार्यालयसहित २० वटा विभाग छन्, ती हरेक कार्यालय र विभागमा कम्तिमा पनि दुईवटा कम्प्युटरसहित फ्याक्स मेशिन र बत्ती बल्ने गरी सोलार सिस्टम जडानको तयारी भैरहेको छ, राष्ट्र बैंक स्रोतले बतायो । राष्ट्र बैंकले सोलार सिस्टमका लागि अहिले बिडिङ डकुमेन्ट तयार गर्न कोटेशन आव्हान गरिरहेको छ, केही साता भित्रै बोलपत्र आव्हान हुन्छ, राष्ट्र बैंक स्रोतले भन्यो । आगामी केही महिनापछि राष्ट्र बैंक लोडसेडिङ्गमुक्त हुनेछ ।
राष्ट्र बैंकलाई लोडसेडिङ्ग मुक्त बनाउन कम्तिमा पनि पाँच÷सात करोड रुपैयाँ खर्च हुने स्रोतले बतायो । राष्ट्र बैंकले आफ्ना राजधानी बाहिरका कार्यालयलाई पनि नवीकरणीय उर्जामा प्रोत्साहन गर्न थालेको छ । गभर्नर डा. युवराज खतिवडाले जिल्लास्थित कार्यालयालाई सम्भव भए सोलार सिस्टमको प्रस्ताव तयार गरेर केन्द्रमा पठाउन आग्रह गरेका छन् ।
उता आइतवार नेपाल सरकारले सन् २०१७ सम्ममा मुलुकका सबै घरमा स्वच्छ ऊर्जा प्रविधि पु¥याई ‘घरभित्रको धुवाँमुक्त’ गर्ने औपचारिक घोषणा गरेको छ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले नवीकरणीय ऊर्जा सप्ताहको उद्घाटन गर्दै आगामी पाँच वर्षभित्र देशका सबै घरमा खाना पकाउन सुधारिएको चुल्होलगायत अन्य स्वच्छ ऊर्जा पु¥याउने घोषणा गरे ।
प्रधानमन्त्री डा भट्टराईले सौर्य बत्ती र वायोग्यास बालेर सप्ताहको उद्घाटन गर्दै आफ्नो देशमा खपत मात्र होइन, सार्क क्षेत्रमा विद्युत् निर्यात गर्न पुग्ने अथाह जलस्रोत भए पनि समयमै त्यसको सदुपयोग गर्न नसक्दा अहिले विद्युत्को सङ्कट भएको बताए । विद्युत् उत्पादन भएको सय वर्ष पुगेको भए पनि नेपालले अहिलेसम्म सात सय मेगावाट मात्र विद्युत् उत्पादन गर्नु अत्यन्त न्यून प्रगति भएको उनले बताए ।
सरकार र विदेशी दातृ समुदायले नवीकरणीय ऊर्जाको प्रवद्र्धनका लागि सहयोग पु¥याउँदै आएकाले यसका माध्यमबाट बढीभन्दा बढी जनतालाई स्वच्छ ऊर्जामार्फत सेवा पु¥याउन आवश्यक रहेको बताउँदै प्रधानमन्त्रीले ऊर्जा सङ्कट रहेको अवस्थामा यससम्बन्धी प्रयोग सूचना र सचेतना बढाउन सप्ताहले महत्वपूर्ण योगदान पु¥याउने बताए । विज्ञान, प्रविधि तथा वातावरण मन्त्री डा केशवमान शाक्यले मुलुकले ठूलो ऊर्जा सङ्कट ब्यहोर्नु परिरहेको अवस्थामा ऊर्जा क्षेत्रलाई सर्वसुलभ, दिगो र प्रभावकारी बनाउन नवीकरणीय ऊर्जा महत्वपूर्ण सावित हुने बताए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले मुलुकका ५० प्रतिशत जनतामा विद्युत्को पहुँच पुगेको भएतापनि लोडसेडिङका कारण उनीहरूले समस्या झेल्नु परिरहेको बताउँदै पाँच वर्षभित्र सबै जनतामा धुवाँरहित ऊर्जा पु¥याउने महत्वकाङ्क्षी योजनालाई सफल तुल्याउन सबैको सहयोग आवश्यक भएको बताए ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक प्राडा गोविन्दराज पोखरेलले मुलुकमा स्वच्छ ऊर्जा प्रवद्र्धनका लागि एकीकृत नवीकरणीय ऊर्जा नीतिको खाँचो बताए । नेपाल सरकार र विभिन्न दातृ राष्ट्रहरूको सहयोगमा सञ्चालित राष्ट्रिय ग्रामीण नवीकरणीय ऊर्जा कार्यक्रमले ग्रामीण जनताको ऊर्जामा पहुँच बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । सप्ताहकै अवसरमा विद्युतीय सवारी साधनको ¥यालीसमेत आयोजना गरिने भएको छ ।