गोर्खा बु्रअरीले ५४ मा बेच्ने रेडबुल ३८मा बेच्दै विराटनगरको कम्पनी, मुद्धाको तयारीमा गोर्खा

बिजमाण्डू
२०६९ साउन २५ गते ००:०० | Aug 9, 2012
गोर्खा बु्रअरीले ५४ मा बेच्ने रेडबुल ३८मा बेच्दै विराटनगरको कम्पनी, मुद्धाको तयारीमा गोर्खा

काठमाडौं । नेपालमा सबैभन्दा बढी बिक्री हुने इनर्जी ड्रिक्स ‘रेडबुल’को बिक्रीमा विवाद सुरु भएको छ । वार्षिक ५० प्रतिशतका दरले बिक्री बढिरहेको रेडबुलको नेपालको अधिकृत बिक्रेता गोर्खा बुअ्ररी हो, तर यो कम्पनीलाई थाहै नदिई विराटनगरको विजयदीप इन्टरनेशल र श्री अन कन्र्सनले पनि रेडबुलको बिक्री थालेपछि विवाद भएको हो ।
विजयदीप र श्री अनले गोर्खा बुअ्ररीको भन्दा प्रति कार्टुन ३७० रुपैयाँ सस्तोमा रेडबुल विक्री गरिरहेका छन् । विजयदीप र श्री अनले एक कार्टुन(२४ वटा)को नौ सय १० रुपैयाँमा बिक्री गरेका छन् भने त्यही रेडबुललाई गोर्खा बुअ्ररीले १२ सय ८० रुपैयाँमा बिक्री गरिरहेको छ ।
विजयदीप र श्री अनसँग खुद्रा विक्रेताले खरिद गर्दा एउटा क्यानको मूल्य साढे ३७ रुपैयाँ पर्छ भने गोर्खा बु्रअरीले विक्री गर्ने प्रतिक्यानको ५३ रुपैयाँ ५० पैसा पर्छ ।
विजयदीपले साउन २० गते सूचना प्रकासित गरेर थाइल्यान्डमा उत्पादित रेडबुलको एक कार्टुनको ९ सय १० रुपैयाँमा विक्री गरिने जानकारी दिएको थियो । यसले गोर्खा बु्रअरी नराम्रोसँग झस्किएको छ । विजयदीप र श्री अनको विज्ञापन देख्नासाथ गोर्खा बुअ्ररीले रेडबुल ल्याउने कम्पनीको सोधखोज सुरु गरेको थियो ।
बु्रअरीले विजयदीपले कसरी रेडबुल ल्यायो भनेर छानविन गरिरहेको छ भने कानूनी लडाईका लागि वकिलहरुसँग परामर्श गरिरहेको स्रोतले जानकारी दियो । एउटा कम्पनीलाई अधिकृत बिक्रेता नियुक्त गरेपछि अर्को कम्पनीलाई अधिकृत विक्रेता नियुक्त गर्न पाईंदैन । यही आधारमा गोर्खा कानुनी लडाईमा जान लागेको हो, स्रोतले भन्यो । गोर्खा बुअ्ररीले सन् २०१० को सेप्टेम्बरमा रेडबुलको अधिकृत बिक्रेता नियुक्त गरेको थियो । यसअघि विभिन्न फर्मले आफुखुशी रेडबुल ल्याएर बिक्री गर्दै आएका थिए ।
मूल्य २० प्रतिशतले बढ्यो
गोर्खा बुअ्ररीले डलरको मूल्यवृद्धिलाई कारण देखाउँदै रेडबुलको मूल्य बढाएको छ । असारदेखि लागु हुने गरी रेडबुलको मूल्य प्रति कार्टुन १२ सय ८० पु¥याइएको हो । पहिला रेडबुलको मूल्य प्रतिकार्टुन एक हजार ७० रुपैयाँ थियो । पहिला ५० रुपैयाँ उपभोक्ताले पाउने रेडबुल अहिले ६० रुपैयाँ पुगेको छ ।
माग बढ्दै गएपछि एकाएक कम्पनीले रेडबुलको मूल्य बढाएको हो । एक वर्षको अवधिमै रेडबुलको माग ५० प्रतिशतले बढेको छ । माग बढ्दै गएपछि केही समयमा रेडबुल पु¥याउन कम्पनीलाई हम्मे हम्मे परेको थियो ।

Tata
GBIME
Nepal Life



सेयर खरिद रसिद लगेर वेपत्ता भए प्रधान, करोडौं रुपैयाँको सेटलमेन्ट रोकियो

बिजमाण्डू
२०६९ साउन २५ गते ००:०० | Aug 9, 2012
सेयर खरिद रसिद लगेर वेपत्ता भए प्रधान, करोडौं रुपैयाँको सेटलमेन्ट रोकियो

काठमाडौं । सेयर बजारका ठूला खेलाडीका रुपमा चिनिएका निर्मल प्रधानले करोडौं रुपैयाँ बराबरको सेयर आफ्नो नाममा खरिद गरे पनि  दलाल कम्पनीलाई रकम भुक्तानी गरेका छैनन् । प्रधानसँग एभरेष्ट, नेशनल हाइड्रो, एनसीसी, नेपाल बंगलादेश र युनियन फाइनान्समा ठुलो मात्रामा सेयर छ । उनले वित्तीय संकट झेल्दै गएपछि पछिल्लो दिनमा सेयर बजारमा म्याचिङ गरिरहेका छन् ।
म्याचिङ गरेर किनेको सेयरको थुप्रै रकम उनले ब्रोकर नम्वर ४० को क्रियटिभ सेक्युरिटिज, ब्रोकर नम्वर १० को प्रज्ञान सेक्युरिटिज, ब्रोकर नम्वर ८ को आशुतोष ब्रोकरेज एण्ड सेक्युरिटिज, ब्रोकर नम्वर ६ को अग्रवाल सेक्युरिटिज, ब्रोकर नम्वर २५ को स्वेता सेक्युरिटिजलाई भुक्तानी गर्न बाँकी छ ।
यसमध्ये क्रियटिभ सेक्युरिटिज सेयर खरिद बिक्रीका क्रममा एउटा प्रमाणपत्र नम्बर दर्ता गरि राफसाफमा अर्कै नम्बरको प्रमाणपत्र लगेपछि  बुधवार स्टकको कारवाहीमा परेको कम्पनी हो ।
नेप्से सम्बद्ध स्रोतका अनुसार प्रधानले सेयर म्याचिङ गरेका ब्रोकर कम्पनीले दुई सात वितीसक्दा पनि सेयर प्रमाणपत्र र नगदको अभावमा सेटलमेन्ट गर्न सकेका छैनन् । प्रधानले त्यसको सट्टा म्याचिङ गरेको रसिद देखाउँदै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने गरेको स्रोतले जानकारी दियो । प्रधान पछिल्लो समयमा बाणिज्य बैंकबाट लिएको ‘मार्जिन’ ऋणका कारण समस्यामा छन् ।
प्रधानले म्याचिङ गराएपछि सेयर खरिद गरेको रसिद आफ्नै ठूलो लगानी भएको युनियन फाइनान्समा धरौटी राखि ऋण लिने गरेका छन् । उनले फाइनान्सबाट लिएको ऋण वाणिज्य बैंकको ऋण तिरेर सेयर प्रमाण पत्र निकाल्न थालेका छन् । बाणिज्य बैंकमा रहेको धितो लिलामी हुने अवस्था आएको हुनाले उनले त्यताको ऋण हतारमा तिरेका हुन । ऋण लिएको रकमबाट नै सेटलमेन्ट गर्ने गरेका प्रधान ठुलो रकम ऋणमा खर्चनुपरेपछि उनले सेटलमेन्ट गर्न नसकेको स्रोतले जानकारी दियो ।

Tata
GBIME
Nepal Life