थोमस कुकसँग इन्टायर ट्राभलको सहकार्य, नेपालीले शुलभ मूल्यमा विदेश घुम्न पाउने

बिजमाण्डू
२०६९ माघ ५ गते ००:०० | Jan 18, 2013
थोमस कुकसँग इन्टायर ट्राभलको सहकार्य, नेपालीले शुलभ मूल्यमा विदेश घुम्न पाउने


काठमाडौं । भारतीय ट्राभल एजेन्सी थोमस कुक इन्डियाका लागि इन्टायर ट्राभल एण्ड टुर्स गोल्ड सर्कल पाटनर बन्ने सम्झौता गरेको छ । यो सम्झौतापछि इन्टायर ट्राभलले नेपाली नागरिकलाई शुलभ र सहज रुपमा विदेशको भ्रमण गराउने कम्पनीले विहिवार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
सम्झौतापछि इन्टायर ट्राभल्सले नेपाली नागरिक लक्षित गरेर अमेरिका, क्यानडा, युरोप, अष्ट्रेलिया, अफ्रिका र एशियाको भ्रमण प्याकेज सञ्चालन गर्ने भएको छ । कम्पनीले होलिडे टुर, कर्पोरेट टुर, प्याकेज पर्सनल टुर, अनिमुन प्याकेज लगायतका सेवा प्रदान गर्ने कम्पनीका प्रवन्ध निर्देशक सूर्यध्वज न्यौपानेले जानकारी दिए ।

Tata
GBIME
Nepal Life