
काठमाडौं । साताको अन्तिम कारोवारी दिन बिहिवार नेपाल स्टक झण्डै छ अंकले तल झरेपछि सूचक ५२० अंकको हाराहारीमा आइपुगेको छ । बैंकिङ्ग समूहको सूचक ९.३ अंकले तल झर्यो । कृषि विकास बैंकको सेयर मात्रै विहिवार १६ रुपैयाँले तल झरेपछि प्रतिकित्ता २५४ मा कारोवार भयो । बैंक अफ काठमाण्डूको सेयर मूल्य ११ रुपैयाँले तल झरेर ६८० मा कारोवार भयो । छिमेक लघुवित्त विकास बैंकको सेयर पनि विहिवार २४ रुपैयाँ तल ४०१ मा, नागरिक लगानी कोषको ३० रुपैयाँ कम १४१० मा कारोवार भयो ।
एभरेष्ट बैंकको सेयर २० रुपैयाँ कम १३७० मा, हिमालयन बैंकको १६ रुपैयाँ तल ७८९ मा, नविल बैंकको पनि ३० रुपैयाँ कम १६२० मा, नविल बैंक प्रवद्र्धक सेयर ३७ रुपैयाँ कम १०४२ मा कारोवार भयो । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर पनि ३५ रुपैयाँ कम ७८१ मा, नेपाल लाइफ इन्सुरेन्सको ७० रुपैयाँ तल १५३०, नेशनल लाइफ इन्सुरेन्सको १७ रुपैयाँ तल ५१८ मा कारोवार भयो ।
त्यसैगरी नेपाल एसबीआईको १४ रुपैयाँ तल ८३८ मा, स्ट्याण्डर्ड चार्टड बैंकको ३५ रुपैयाँ तल २००५ मा, सगरमाथा इन्सुरेन्स ३१ रुपैयाँ तल ७९४ मा कारोवार भयो । बिहिवार सोल्टी होटलको सेयर र माछापुच्छ्रे बैंकको प्रवद्र्धक सेयरको कारोवार भने राम्रैसँग बढ्यो । प्रतिकित्ता १० रुपैयाँ भएको सोल्टीको विहिवार २७ रुपैयाँले सेयर मूल्य बढेर प्रतिकित्ता २९८ पुग्यो । सोल्टीको सेयर मूल्य बढेका कारण नेप्सेमा होटल समूहको सूचक ४४.२७ अंकले बढ्यो ।
अर्कोतर्फ बिहिवार माछापुच्छ्रे बैंकको प्रवद्र्धक सेयर प्रतिकित्ता २८ रुपैयाँ बढेर ९८ रुपैयाँमा कारोवार भयो । बैंकको एक लाख ३३ हजार ८१२ कित्ता सेयर एक करोड ३१ लाख १३ हजार रुपैयाँमा विक्री भयो । यो सेयर पनि विरेन्द्र महत्तो समूहले खरिद गरेको बताइएको छ । यस अघि पनि माछापुच्छ्रेको प्रवद्र्धक सेयर महतोले खरिद गरेका थिए । बिहिवार सिटिजन्स बैंकको समेत ९० हजार कित्ता प्रवद्र्धक सेयरको विक्री भएको छ । बैंकको प्रतिकित्रा एक सय रुपैयाँमा यो सेयर कारोवार भएको हो । ९० हजार कित्ता सेयर ९० लाख रुपैयाँमा भएको थियो ।
उता बिहिवार नेपाल बैंकले पनि एनआइडीसी विकास बैंकमा भएको आफ्नो तीन हजार कित्ता सेयर विक्री गर्ने भएको छ । एनआइडीसी बैंकका सेयर अहिले प्रतिकित्ता १४५ रुपैयाँमा कारोवार भएको छ । बुधवार पनि नेपाल बंगलादेश बैंकले आफूसँग भएको नेपाल क्रेडिट एण्ड कमर्सको सेयर प्रतिकित्ता ८० रुपैयाँमा विक्री गरेको थियो । म्यानुअल टे«डिङ्ग भएको यो कारोवार ७७ लाख रुपैयाँमा भएको थियो ।