काठमाडौं । महतो र विनायक समूहको प्रमुख लगानी रहेको नेको इन्स्योरेन्सले ७१ प्रतिशतले ब्यवसाय विस्तार गरेको छ । एक बर्षको अवधिमा कम्पनीले बिमा शुल्क ९२ करोड रुपैयाँ पुर्याएको हो ।
कम्पनीले भर्खरै घटनास्थलमा नै दावि भुक्तानी दिने योजना ल्याएको छ । यो योजना अन्तर्गत दावीकर्तालाई क्षतिको हरहिसाव गरी तत्काल घटनास्थलमै क्षतिको भुक्तानी दिइन्छ ।
कम्पनीले जोखिम वहन गर्ने क्षमता बृद्धि गर्न एक बराबर एकका दरले हकप्रद सेयर निस्कासन गर्ने व्यवस्थापन सल्लाहकार अशोककुमार खड्काले जानकारी दिए । हकप्रद जारी गर्ने एजेन्डा २०औ बार्षिक साधारणसभाले पारित गरिसकेको छ ।
कम्पनीको हेड अफिसहित २८ शाखा कार्यालय छन् । कम्पनीले हेड अफिसका लागि नयाँ भवन खरीद गर्ने प्रकृयामा रहेको विज्ञप्तिमा जनाएको छ ।
कम्पनीले भर्खरै घटनास्थलमा नै दावि भुक्तानी दिने योजना ल्याएको छ । यो योजना अन्तर्गत दावीकर्तालाई क्षतिको हरहिसाव गरी तत्काल घटनास्थलमै क्षतिको भुक्तानी दिइन्छ ।कम्पनीले जोखिम वहन गर्ने क्षमता बृद्धि गर्न एक बराबर एकका दरले हकप्रद सेयर निस्कासन गर्ने व्यवस्थापन सल्लाहकार अशोककुमार खड्काले जानकारी दिए । हकप्रद जारी गर्ने एजेन्डा २०औ बार्षिक साधारणसभाले पारित गरिसकेको छ ।
कम्पनीको हेड अफिसहित २८ शाखा कार्यालय छन् । कम्पनीले हेड अफिसका लागि नयाँ भवन खरीद गर्ने प्रकृयामा रहेको विज्ञप्तिमा जनाएको छ ।











