एशियन लाइफ इन्सुरेन्सले आठ प्रतिशत बोनस सेयर दिने, बोनसपछि पुँजी बढाउन हकप्रदको प्रस्ताव

बिजमाण्डू
२०६९ पुष २७ गते ००:०० | Jan 11, 2013

काठमाडौं । एशियन लाइफ इन्सुरेन्सले चुक्ता पुँजी ५० करोड पुर्याउनका लागि सेयरधनीलाई आठ प्रतिशत बोनस सेयर जारी गर्ने भएको छ । इन्सुरेन्सले बीमा समितिबाट भने बोनस सेयर वितरणको स्वीकृती पाइसकेको छ, माघ २० गते प्रस्ताव गरिएको साधरणसभाले अनुमति दिनेछ । एशियनको चुक्ता पुँजी अहिले ४५ करोड ७९ लाख रुपैयाँ छ, ८.२९७ प्रतिशत बोनस सेयर वितरण गर्दा तीन करोड ८० लाख रुपैयाँले चुक्ता पुँजी वृद्धि हुनेछ । बोनस सेयर जारी गर्नका लागि आवश्यक पर्ने कर प्रयोजनका लागि समेत कम्पनीले २० लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ ।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ४९ करोड ६० लाख रुपैयाँ पुग्नेछ । २०७० सालसम्म चुक्ता पुँजी ५० करोड रुपैयाँ पुर्याउनुपर्ने बीमा समितिको निर्देशन छ । यही व्यवस्थाका लागि कम्पनी वृद्धि भएको चुक्ता पुँजीमा पाँच प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने तयारी गरिरहेको छ । साधरणसभाबाट इन्सुरेन्सले कुनै उपयुक्ता जीवन बीमा कम्पनीसँग मर्ज गर्नका लागि समेत अख्तियारी लिने गरी एजेण्डा तयार गरेको छ । नेपाल स्टकमा कम्पनीको सेयर प्रतिकित्ता दुई सय ५० रुपैयाँमा कारोवार हुँदै आएको छ । बोनस सेयर जारी हुने सूचनाका आधारमा बुधवार र बिहिवार एशियनको सेयर ११÷११ रुपैयाँका दरले बढेको थियो ।

Tata
GBIME
Nepal Life