सिजी हिल्समा मक युनिट तयार, एउटा घरको न्युनत्तम मूल्य एक करोड ३६ लाख रुपैयाँ

बिजमाण्डू
२०६९ पुष १९ गते ००:०० | Jan 3, 2013
सिजी हिल्समा मक युनिट तयार, एउटा घरको न्युनत्तम मूल्य एक करोड ३६ लाख रुपैयाँ


काठमाडौं । चौधरी समूहको रियलस्टेट कम्पनी सिजी डेभलपरर्सले हात्तिगौंढामा नमूना घर (मक युनिट) तयार गरेको छ । यी युनिटको उपभोक्तालाई निरीक्षण गर्न खुला गरिएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा छ । हात्तीगौंढाको सिजी हिल्समा किचनसहितका छ फरक मोडलहरु तयार भएको कम्पनीले जानकारी दिएको छ । यी मोडलको अनुभवका आधारमा बुकिङ्ग गर्न सकिने समेत कम्पनीले जानकारी दिएको छ ।
सिजि हाउजिङ्गमा एउटा घरको न्युनत्तम मूल्य एक करोड ३६ लाख रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ । नेपाली बजारमा नौलो लाग्ने आर्किटेक्टसहितका यी घरको प्रतिस्क्वायर फिट साढे छ हजार रुपैयाँ मूल्य राखिएको छ । कम्पनीले घरको अवलोकन गर्न र ढिला नगरी बुक गर्न समेत उपभोक्तासँग आग्रह गरेको छ । चौधरी समूहका महाप्रवन्धक आशिष शर्माले परियोजना पुरा गर्न कम्पनी प्रतिवद्ध रहेको बताउँदै सिजी डेभलपर्सले एउटा छाप छाड्ने बताए ।

Tata
GBIME
Nepal Life